Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #दुर्गा प्रसाईं
  • #केपी शर्मा ओली
  • #ज्योति_विकास_बैंक
  • #विश्व_टेलिभिजन_दिवस
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज२६ गतेदेखि हुँदै
दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो असोज२६ गतेदेखि हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ३, २०८०

काठमाडौं -  “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज अन्तिम साता राजधानीमा आयोजना हुने भएको छ । हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले राजधानीको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा अन्तर्राष्ट्रिय स्तरको “दोस्रो हिमालयन इन्टरनेशनल एक्स्पो २०८०” असोज २६ गते देखि २९ गतेसम्म सञ्चालन गर्न लागेको हाे  ।

साे एक्स्पोमार्फत स्थानीय हस्तकला तथा साना र मझौला उद्योगका उत्पादनको प्रवद्र्धन गर्ने र यस्ता उत्पादनलाई प्रदर्शनीमार्फत परिचित गराई विश्व बजारमा पहुँच गराई निर्यातमा सघाउने मुख्य उद्देश्य रहेको आयोजकले जनाएको छ ।

नेपाली मौलिक उत्पादनको निर्यातलाई बढाई आर्थिक समृद्धि गराउने मुख्य उद्देश्य रहेको एक्स्पोमा हस्तकलाजन्य सामग्री, अल्लो, सिस्नो, केरा, बाँस, केतुकी, भूँइकटहरलगायतका प्राकृतिक रेशाबाट बनेका कपडाका उत्पादन, विभिन्न प्रदेशका मौलिक परिकार तथा अन्य सामग्री रहने एक्स्पोका संयोजक कपिल अधिकारीले बताएका छन् ।

यसैगरी राउटे तथा चेपाङ समुदायले बनाएका काठका सामग्री, तेह्रथुमको ढाका, संखुवासभाको करुवा, भोजपुरको खुकुरी, जैविक स्रोतबाट बनेका श्रींगारको सामग्री तथा महबाट बनेका सौन्दर्य प्रसाधनका सामग्री, जैविक तथा आयुर्वेद उपचार प्रक्रियामा उपयोग गरिने प्राकृतिक औषधीय सामग्री, मसला, छोप, हस्तकलाका उत्पादनलगायतका सामग्रीमा पनि उपभोक्ताको आकर्षण देखिने अपेक्षा लिएको संयोजक अधिकारीले बताएका छन् ।

Hardik health

यसका साथै पश्मिना, स्टोन, माला, क्यूरियाको सामान, गलैंचा, गार्मेन्टका सामान, सिसा पाइपहरु, नेपाली कागज, मूर्तिकला, धातुकला, काष्ठकला, फेल्ट, गरगहनाहरू, हेण्ड मेड पेपरहरू, पेपर प्याकेजहरु, नेपाली ढाकाहरू, कार्पेट, घरेलु साना तथा ठूला उद्योगहरुबाट उत्पादित वस्तु, जडिबुटी, सजावटका सामान, पर्यटन उद्योगसँग सम्बन्धित सेवाहरु (जस्तै होटल, ट्रेकिङ, ट्राभल्स, खानपिन, टुर्स, धर्म, कला र सँस्कृतिसँग सम्बन्धित क्रियाकलाप) प्रदर्शनीका आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

इन्टरनेशनल एक्स्पोमा पाँच सय जना भन्दा बढी विदेशी क्रेताहरु (अमेरिका, क्यानडा, यूरोप, चीन, भारतलगायत अन्य देशहरुबाट) को आगमन हुने भएको छ । आयाेजकका अनुसार प्रदर्शनीमा सहभागी अवलोकनकर्ताहरुलाई डिजीटल कारोबारमा अभ्यस्त बनाउन विशेष प्याकेज  पनि ल्याइएको  छ ।

निःशुल्क रजिष्ट्रेशन गरी प्रदर्शनीस्थलमा प्रवेश गर्ने अवलोकनकर्तालाई एक सय रुपियाँको अनलाइन सपिङ भौचार उपलब्ध गराइने भएको छ । सो भौचारमार्फत अवलोकनकर्ताले इन्टरनेशनल एक्स्पोस्थलमा रहेका स्टलहरुमा सामान तथा वस्तु खरिदका लागि प्रयोग गर्न सक्ने हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीका संयोजक अधिकारीले बताए ।

अर्नसिक्का नामक डिजीटल भुक्तानी सेवा प्रदायक कम्पनीसँगको साझेदारीमा एक्स्पोको डिजीटल कारोबारमा साझेदारी गर्न लागिएको आयाेजकले जनाएकाे छ । नेपालको प्राचीन स्मारक एवं सम्पदा, मौलिक उत्पादनको संरक्षण र प्रवद्र्धनप्रति सम्बद्ध सबैमा आफ्नो उत्पादन अन्तर्राष्ट्रिय स्तरमा परिचित गराइ एक्स्पोस्थल लिएर उपयुक्त स्थानहरूमा आफ्नो संस्था, फर्म, कम्पनीको नाम र लोगो राखी व्यापार गर्न गराउन ईच्छुक सबैमा स्टल बुकिङ खुल्ला गरिएको छ ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले स्थानीय उत्पादनको लागि अन्तर्राष्ट्रिय स्तरमा परिचित एवं बिक्री वितरणका लागि अघिल्लो वर्ष आयोजना गरेको एक्स्पोमा ३५० जना विदेशी क्रेताहरुले भ्रमण गरेका थिए । जसबाट पर्यटन विकास एवं नेपाली उत्पादनले विश्व बजारमा पहिचान हुने अवसर प्राप्त गरेको थियो ।

हिमालयन इन्टरनेशनल एक्स्पो आइएनसीले यसपाली आयोजना गर्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरि एक सय स्टल रहने भएका छन् । एक्स्पोको क्रममा हस्तकला सम्बन्धी जीवन्त कलाको प्रदर्शनी, समसामयिक विषयमा गोष्ठी, क्रेता र बिक्रेताबीच अन्तरक्रिया कार्यक्रम आयोजना गरिने बताइएको छ ।

विश्वका विभिन्न देशहरुबाट क्रेताहरु भित्र्याउने र बढी भन्दा बढी नेपाली व्यापारीलाई विदेशी व्यापारीहरुसँग सम्बन्ध विस्तार गराई निर्यात बढाई आर्थिक सम्बृद्धि साथै पर्यटन विकास र प्रवद्र्धन गर्ने यो प्रदर्शनीको प्राथमिकता रहेको एक्स्पो आयोजक पक्षले जनाएको छ ।

 
 
 


प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
सार्वजनिक बस नयाँबसपार्कबाट  सञ्‍चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या
सार्वजनिक बस नयाँबसपार्कबाट  सञ्‍चालन गर्ने निर्णय कार्यान्वयनमा समस्या शुक्रबार, मंसिर ५, २०८२
बजार अनुगमन तीव्र पार्दै विभाग
बजार अनुगमन तीव्र पार्दै विभाग शुक्रबार, मंसिर ५, २०८२
घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो
घरजग्गा कारोबार ओरालो लाग्दै, राजस्व संकलन पनि घट्यो शुक्रबार, मंसिर ५, २०८२
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी
मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक छ सयलाई रोजगारी बिहीबार, मंसिर ४, २०८२
सिञ्‍जाको रनुखानामा झोलुंगे पुल निर्माण
सिञ्‍जाको रनुखानामा झोलुंगे पुल निर्माण बिहीबार, मंसिर ४, २०८२
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ बिहीबार, मंसिर ४, २०८२
भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त
भोजपुरका किसान कोदो थन्क्याउन व्यस्त बिहीबार, मंसिर ४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
एनपिएल : आज जनकपुर र काठमाडौँ भिड्दै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP