Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • वैदेशिक रोजगारीका श्रमिक आबद्ध हुने क्रम बढ्दो
वैदेशिक रोजगारीका श्रमिक आबद्ध हुने क्रम बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज २, २०८०

काठमाडौं– वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकहरु सामाजिक सुरक्षा योजनामा आबद्ध हुने क्रम बढेको छ । सरकारले यो योजना सञ्चालनमा ल्याएयता हालसम्म तीन लाख २० हजारभन्दा बढी श्रमिक आबद्ध भएको सामाजिक सुरक्षा कोषले जानकारी दिएको छ । 

सरकारले गत चैत ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था गरेको थियो । सोही व्यवस्थाअनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकले श्रम स्वीकृति लिनुअगावै कोषमा अनिवार्य सूचीकृत हुनुपर्ने व्यवस्था छ । सुरक्षा योजनामा आबद्ध भएका श्रमिकमार्फत हालसम्म ५९ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम जम्मा भएको कोषले जनाएको छ ।

सरकारले सुरक्षा योजनामा सहभागिता बढाउन वैैदेशिक रोजगारी तथा स्वरोजगारीमा रहेका नेपालीलाई प्रमुख श्रम गन्तव्यका नियोगलाई समेत अनुरोध गरेका कारण योगदानकर्ता बढ्न थालेको बताइएको छ । विदेशमा रहेका श्रमिकहरुलाई समेत यस योजनामा आबद्ध गराउन जनचेतनाको काम भइरहेको कोषले उल्लेख गरेको छ ।

विदेशमा रहेका र नयाँ श्रम स्वीकृति लिएर जाने श्रमिकहरुको सुरक्षा योजनामा आबद्धता बढेसँगै योगदान रकम पनि वृद्धि हुँदै गएको कोषका प्रवक्ता विवेक पन्थीले बताए । ‘अहिलेसम्म सुरक्षा योजनामा सहभागी भएकामध्ये अधिकांश वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिन आवेदन दिएका श्रमिक रहेका छन्,’ उनले भने, ‘विदेशमा रहेका थप श्रमिकलाई योजनामा आबद्ध गराउन जनचेतनाको काम पनि सँगसँगै गरिरहेका छौं ।’ कोषमा मासिकरुपमा झण्डै १० करोड रुपैयाँको दरले योगदान भइरहेको पन्थीले बताए । 

Hardik health

योगदान रकममध्ये वृद्धावस्था सुरक्षा योजनामा ३८ करोड ५९ लाख र दुर्घटना तथा अशक्तता सुरक्षा योजना र आश्रित परिवार सुरक्षा योजनामारु २० करोड ७५ लाख पैयाँ संकलन भएको कोषले जनाएको छ । सरकारले औपचारिक क्षेत्रका श्रमिकमात्रै योजनामा समावेश गर्दै आएकोमा चैत पहिलो साताबाट वैदेशिक रोजगारीमा रहेका सबै श्रमिकलाई योजनामा सामेल गराउन सुरु गरेको थियो । सरकारले वैदेशिक रोजगारीमा रहेका र जाने तयारी गरेका श्रमिकको सुरक्षाका लागि योजनालाई अनिवार्य गरेको हो । यद्यपि, कोषमा जम्मा हुने रकमको सुरक्षाका सम्बन्धमा धेरै श्रमिक अन्योलमा रहेको कोषले जनाएको छ ।

‘योगदानकर्ताले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिने बेला र श्रम स्वीकृति नवीकरण गर्ने समयमा यस योजनामा सहभागी हुन सक्नेछन्,’ प्रवक्ता पन्थीले भने, ‘नवीकरण गर्ने बेला नभएकाहरू पनि वैदेशिक रोजगार विभाग र सामाजिक सुरक्षा कोषको सहकार्यमा तयार गरिएको अनलाइन प्रणालीमार्फत सूचीकृत हुनसक्ने व्यवस्था मिलाइएको छ ।’

वैदेशिक रोजगारीमा ४० लाख नेपाली श्रमिक रहेको अनुमान गरिए पनि २२ लाखलाई समेट्ने तयारीका साथ सामाजिक सुरक्षा योजना सञ्चालनमा ल्याइएको कोषले जनाएको छ । योजनामा आबद्ध हुन चाहने श्रमिकले मासिक न्यूनतम दुई हजार दुई रुपैयाँ योगदान गर्नुपर्नेछ भने अधिकतम २८ हजार १५५ रुपैयाँसम्म योगदान गर्न सक्नेछन् । सरकारले कोषमा छ महिनासम्मको एकमुष्ट रकम जम्मा गरे १० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । श्रमिकले न्यूनतम पारिश्रमिकको २१.३३ प्रतिशत कोषमा योगदान गर्नुपर्नेछ  । सरकारले नौ हजार ३८५ रुपैयाँ न्यूनतम पारिश्रमिक निर्धारण गरेको छ ।

सामाजिक सुरक्षा योजनामा आबद्ध भएपछि वैदेशिक रोजगारीमा रहेका श्रमिकले दुर्घटना तथा अशक्तता सुरक्षा, आश्रित परिवार सुरक्षा र वृद्धावस्था सुरक्षा सुविधा पाउनेछन् । योगदानकर्ताले आफूले जम्मा गरेको रकम र कोषले लगानी गर्ने उक्त रकमबाट प्राप्त हुने प्रतिफललाई जोडेर हुन आउने कूल योगदान रकम एकमुष्ठ लिने वा सो रकमलाई १६० ले भाग गर्दा हुन आउने रकमलाई वृद्धावस्थामा निवृत्तिभरणबापत मासिकरुपमा लिन सकिने व्यवस्था कोषले गरेको छ । यतिमात्र नभई कुनै कारण योगदानकर्ता दुर्घटनामा परे एक लाख रुपैयाँसम्म उपचार खर्च पाउनेछन् । 

त्यस्तै विदेशमा रहेका योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले निवृत्तिभरण, सन्ततिलाई शैक्षिक वृत्ति र अन्तिम संस्कार खर्च उपलब्ध गराउने कोषले जनाएको छ । त्यसैगरी जुनसुकै कारणबाट मृत्यु भए पनि न्यूनतम आधारभूत पारिश्रमिकको ४० प्रतिशतका दरले जीवनभर निवृत्तिभरण पाउने जनाइएको छ ।
 


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह
विदेशबाट फर्कने नेपालीलाई अपरिचित व्यक्तिका सुन तथा बहुमूल्य वस्तु नल्याउन आग्रह बुधबार, साउन २०, २०८३
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी
वैदेशिक रोजगार व्यवसायी संघले सरकारलाई दियो व्यवसाय बन्द गर्ने जानकारी बुधबार, साउन २०, २०८३
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित 
एकाधिकार लागू नहुने मन्त्रालयको प्रस्टीकरण, व्यवसायी अझै सशंकित  मंगलबार, साउन १९, २०८३
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक
खाडी मुलुकमा बढ्दो ‘हिट स्ट्रेस’को जोखिममा नेपाली श्रमिक सोमबार, साउन १८, २०८३
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो
राहदानीको चापका कारण कोरियन भाषा परीक्षाको आवेदन म्याद थपियो शुक्रबार, साउन १५, २०८३
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म
यसरी बनाइँदैछ ‘स्मार्ट हुलाक’, घरमै पुग्न थाले शैक्षिक प्रमाणपत्र, स्वास्थ्य परीक्षणदेखि राहदानीसम्म बिहीबार, साउन १४, २०८३
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल
प्रतिवेदन बुझाउने तयारीमा सेवा शुल्क निर्धारण कार्यदल बिहीबार, साउन १४, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP