Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • कांग्रेसको साहित्य सम्मेलनमा बाबुरामदेखि प्रदीप ज्ञवालीसम्म
कांग्रेसको साहित्य सम्मेलनमा बाबुरामदेखि प्रदीप ज्ञवालीसम्म
आइतबार, भदौ २४, २०८०
  • कांग्रेस केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्ने
  • ‘अन्तर्राष्ट्रिय राजनीति र कूटनीतिमा बिपी’ शीर्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदीप ज्ञवालीलगायतसँग विमर्श
  • अन्तिम दिन मंगलबार ‘परिवारले बुझेको बिपी’ शीर्षकमा डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइरालाले अनुभव बाँड्ने

काठमाडौं– नेपाली कांग्रेसको आयोजनामा आजबाट बिपी साहित्य सम्मेलन सुरु हुँदै छ । ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बिहान ११ बजे पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

उद्घाटनअघि पत्रकार जगत नेपालले तयार पारेको ‘हाइज्याकिङ फर डेमोक्रेसी’ वृत्तचित्र प्रदर्शन हुनेछ । उद्घाटनपछि अभि सुवेदीले बिपीको साहित्य सिर्जना र जीवन दर्शन विषयमा विश्लेषण गर्नेछन् । त्यसैगरी विश्लेषकहरु सिकेलाल, कृष्ण खनाललगायतको सहभागितामा महामन्त्री ‘बिपीको दृष्टिमा बिपी’ कार्यक्रम तय भएको छ ।

महोत्सव कांग्रेस केन्द्रीय कार्यालयको आयोजना, नेपाली लेखक संघको संयोजन एवं निरन्तर शनिबार, नेपाल सांस्कृतिक संघ र फाइन आर्टको सहयोगमा हुन लागेको हो । महोत्सवको पूर्णतयारी सम्पन्न भएको महोत्सवलाई सम्पन्न गर्न गठन गरिएको मूल तयारी समितिका संयोजक एवं कांग्रेस सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए ।

दोस्रो दिन भारतबाट आइपुगेका आनन्द कुमारसँग शंकर तिवारीले साक्षात्कार गर्नेछन् । भारतीय प्राध्यापक कार्यक्रमका लागि शुक्रबार नै काठमाडौं उत्रिसकेका छन् । उनले ‘माक्र्स, गान्धी एण्ड क्वेस्ट फर डेमोक्रेटिक सोसालिजम टुडे’ शीर्षकमा आफ्नो भनाइ राख्नेछन् । सोमबार बिपीले नपाएका १५ वर्ष शीर्षकमा हरि शर्मा, विपिन अधिकारी, अच्युत वाग्ले, मञ्चला झाले महामन्त्री गगन थापाको साथमा मन्थन गर्नेछन् ।

Hardik health

त्यसपछि ‘बिपीको आख्यानमा मधेस’ शीर्षकमा सनत रेग्मी, नयनराज पाण्डे र प्रा. सञ्जीता बर्माले बहस गर्ने कार्यतालिका रहेको छ । ‘अन्तराष्ट्र्रिय राजनीति र कूटनीतिमा बिपी’ शीर्षकमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, प्रदीप ज्ञवालीलगायतसँग पत्रकार सुधीर शर्माले विमर्श गर्नेछन् ।

त्यसैगरी सोही दिन ‘युवा स्रस्टामा बिपी पठन’ विषयमा साहित्यकारहरु बुद्धिसागर, रामलाल जोशी, सरस्वती प्रतीक्षा र सुविन भट्टराईसँग पत्रकार बसन्त बस्नेतले बहस गर्नेछन् ।सोही दिन ३० जना कलाकारसहितको गजल साँझसमेत हुनेछ । तीन दिने कार्यक्रम भव्य हुने महामन्त्री थापाले बताए । ‘तीन दिन कविता वचन हुन्छ । गजल वाचन हुन्छ । तीन दिनसम्म भव्य चल्नेछ । बिपीलाई भेट्ने चाहना छ भने सानेपामा आउनुहोला,’ थापाले भने । 

अन्तिम दिन मंगलबार केदारभक्त माथेमाले बिपीको समाजवादी परिकल्पनामा शिक्षा विषयमा मन्तव्य दिने कार्यतालिका रहेको छ । सोही दिन परिवारले बुझेको बिपी शीर्षकमा डा. शेखर कोइराला, सुजाता कोइराला र डा. शशांक कोइरालाले अनुभव बाँड्नेछन् । कार्यक्रमको समापनमा कुटुम्ब ब्याण्डको विशेष प्रस्तुति रहनेछ ।
 
को हुन् बिपी, के छ साहित्यमा उनको योगदान ?
नेपालका २२औं प्रधानमन्त्री बनेका बिपी नेपाली कांग्रेसका संस्थापक नेता हुन् । नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री बिपीले २०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए । वि.सं. १९७१ भदौ २४ गते भारतको वनारसमा जन्मेका बिपीको २०३९ साउन ६ गते क्यान्सरबाट निधन भएको थियो ।

बिपीको राजनीतिमा जस्तै साहित्यमा पनि उत्तिकै योगदान रहेको छ । साहित्यमा उनलाई विश्वेश्वरप्रसाद कोइरालाको नामले चिनिन्छ । नेपाली आख्यान र आत्मसंस्मरण विधाबाट चर्चा कमाएका उनका कृतिहरु अहिले पनि बजारमा सर्वाधिक खोजी र पढिने विषय बनेको बताइन्छ । 

‘श्वेतभैरवी’ र ‘दोषी चश्मा’ विश्वेश्वरप्रसाद कोइरालाका कथासंग्रह हुन् । ‘नरेन्द्र दाइ’, ‘सुम्निमा’, ‘बाबु, आमा र छोरा’, ‘हिटलर र यहुदी’, ‘तीन घुम्ती’, ‘मोदि आइन’ उनका उपन्यास हुन् । कोइरालाका ‘जेल जर्नल’, ‘आफ्नो कथा’ जस्ता संस्मरणात्मक कृति प्रकाशित छन् । दोषी चश्मा धेरैले पढेको कथामा पर्ने साहित्यकारहरु बताउँछन् ।
 


प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ
युवा संघको अध्यक्षमा गुरुङ शुक्रबार, माघ १६, २०८२
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा शुक्रबार, माघ १६, २०८२
हिउँदे वर्षाले काँचो इँटामा क्षति
हिउँदे वर्षाले काँचो इँटामा क्षति शुक्रबार, माघ १६, २०८२
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP