Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #एनसेल
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #मेटलाइफ
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
Search Here
राजनीति
  • Home
  • राजनीति
  • शक्तिको आडमा ‘चलखेल’
ललितानिवासदेखि सुन तस्करी प्रकरणसम्म नेताका छोरा । बुबाको राजनीतिक शक्तिको आडमा गैरकानुनी गतिविधितर्फ उन्मुख ।  शक्तिको आडमा ‘चलखेल’
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, भदौ २०, २०८०
  •  सुनकाण्डमा पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुनसँग सिआइबीको बयान
  • पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल सिआइबीको नियन्त्रणमा
  • नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेकपा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप र पूर्वसभासद डा. इन्द्रजित राईका छोरा निरज पुुर्पक्षका लागि थुनामा, सोही प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक फरार
  • एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीन ललिता निवास र वरिष्ठ नेता ईश्वर पोखरेलका छोरा स्वराज ६० किलो सुनकाण्डमा मुछिए

काठमाडौं– तस्करीको ६० किलो सुनकाण्डमा तस्करसँग सम्बन्ध देखिएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशसँग बयान लिएको छ । सिआइबी प्रवक्ता नवराज अधिकारीका अनुसार दीपेशसँग मंगलबार करिब तीन घण्टा बयान लिएको हो । बयानमा दीपेशले के भने ? अनुसन्धानकै क्रममा रहेको भन्दै अधिकारीले खुलाउन चाहेनन् ।

‘अनुसन्धानको क्रममा छ । अहिले बयानमा भनिएको कुरा सार्वजनिक गर्न मिल्दैन,’ अधिकारीले प्रभावसँग भने ।६० किलो सुन प्रकरणमा पुनको पनि संलग्नता रहेको भन्ने आशंकामा प्रहरीले उनीसँग बयान लिएको हो । उनको तस्कर दावा छिरिङसँगको सम्बन्ध रहेका कारण यसमा जोडिएको हुनसक्ने प्रहरीको बुझाइ छ ।पुन माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु (क्रान्तिकारी) का महासचिवसमेत हुन् । अहिलेसम्म प्रहरीले सुनकाण्डमा २७ जनालाई पक्राउ गरेको छ । अझै केही फरार छन् ।

नेताका छोरा पक्राउ परे दबाबमा छुुट्न सक्छन् । छुट्छन् पनि । यसले आपराधिक कार्यमा संलग्न हुन उनीहरूमा बल मिल्छ । अहिले भएको त्यस्तै हो ।
हेमन्त मल्ल ठकुरी
पूर्वप्रहरी नायव महानिरीक्षक


गणतन्त्र नेपालको दोस्रो उपराष्ट्रपतिका छोरा दीपेशको तस्करसँग सम्बन्ध खुलेपछि उनको आलोचना भइरहेको छ । उनी सुनकाण्डमा संलग्न हुन् कि होइनन् ? सिआइबीले तथ्यसहित सार्वजनिक गर्न भने बाँकी छ । तर, बुबाको राजनीतिक हैसियतले प्राप्त शक्तिको आडमा दीपेश सुनकाण्डमा मुछिएको हुन सक्ने प्रहरीको आशंका छ ।

Hardik health

यसअघि नौ किलो तस्करीको सुनकाण्डमा माओवादीकै उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुलको बयान सिआइबीले लिएको छ । उनी सिआइबीकै नियन्त्रणमा छन् । उनले सुन तस्करहरूसँग टेलिफोन संवाद गरेको विवरणहरू सार्वजनिक भइरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जफत गरेको इलेक्ट्रिक सिगरेट (भेप) साटेर सुन बेचबिखन गर्ने समूहसँग साँठगाँठ महराको रहेको सिआइबीको दाबी छ । 

अर्को चर्चित नक्कली भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्री तथा एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक मुछिएका छन् । उनी हाल फरार छन् । उनको संलग्नता सुन काण्डमा देखिएको सिआइबीले जनाएको छ । सुरुमा त उनले आरोप खण्डन गरेका थिए । यतिसम्मकी प्रहरीलाई अनुसन्धानमा सहयोग गर्ने पनि उनको वचन थियो । तर उनी फरार भएका छन् । गम्भीर प्रकृतिको फौजदारी कसूरअन्तर्गत संगठित ठगी अपराधमा संलग्नता खुलेको उनी पनि बुबाले राजनीतिमा आर्जन गरेको शक्तिको आडमा गैरकानुनी कार्यको मुद्दामा मुछिएका हुन् । 

यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका तत्कालीन सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप मुछिएका छन् । उनी हाल पुुर्पक्षका लागि थुनामा छन् । राज्यसत्ताको वरिपरि बसेर नेपालीलाई शरणार्थी बनाई ठगी गर्ने काण्डमा उनको संलग्नता खुलेको छ । प्रहरीले बुुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दाको अभियोजन गरिसकेको छ । बुबाको राजनीतिक आडमा सन्दीप गैरकानुनी गतिविधिमा संलग्न भएको अनुसन्धान अधिकारीहरूको भनाइ छ । 

अर्को चर्चित काण्ड ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा एमाले उपाध्यक्ष विष्णु पौडेलका छोरा नवीनको संलग्नता खुलेको थियो । जग्गा सरकारलाई नै फिर्ता गरेपछि उनीविरुद्ध मुद्दा अघि बढेन । तर, सरकारी जग्गा हिनामिनाजस्तो काण्डमा उनको संलग्नता देखिएको थियो । अख्तियारले विशेष अदालतमा मुद्दा दायर गर्न सक्ने डरले हतारहतार उनले जग्गा फिर्ता गरेका थिए । 

एमालेकै वरिष्ठ नेता ईश्वर पोखरेलका छोरा स्वराज पनि ६० किलो सुनकाण्डमा जोडिएको दाबी प्रहरीको छ । तर, समाचार तयार गर्दासम्म स्वराजलाई नियन्त्रणमा लिएर सिआइबीले बयान लिएको छैन । उनका बुुबा ईश्वरले भने यसअघि नै स्वराजको सम्भावित संलग्नताबारे खण्डन गरिसकेका छन् । सिआइबीका अनुसार एमालेकै नेता तथा पूर्वसभासद डा. इन्द्रजित राईका छोरा निरजको संलग्नता नक्कली भुटानी शरणार्थी प्रकरणमा खुल्यो । काण्डमा संलग्न भएको पुुष्टि गर्ने खालका प्रमाणहरू फेला परेपछि अदालतको आदेशअनुसार उनी पनि पुर्पक्षका लागि हिरासतमा छन् । 

नेपाल प्रहरीका पूर्वप्रहरी नायव महानिरीक्षक हेमन्त मल्ल पञ्चायतकालदेखिकै अधिकांश नेताका छोराछोरी कुनै न कुनै अपराधमा संलग्न हुने गरेको बताउँछन् । उनका अनुसार बुबाले संरक्षण गर्ने आडमा धेरैजसो छोराहरू आपराधिक गतिविधिमा संलग्न हुने गर्छन् । ‘नेताका छोरा पक्राउ परे बुबाको दबाबमा छुुट्न सक्छन्,’ उनले प्रभावसँग भने, ‘छुट्छन् पनि । यसले आपराधिक कार्यमा संलग्न हुन उनीहरूमा बल मिल्छ । अहिले भएको त्यस्तै हो ।’मल्ल राजनीतिमा आपराधीकरण र अपराधमा राजनीतिकरण हुँदै गएको बताउँछन् । यसले राज्यव्यवस्थामा अराजकता सिर्जना गर्ने उनको भनाइ छ ।
 


प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०  ०८:३८
#सुनकाण्ड #नक्कली_भुटानी_शरणार्थी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नाम दर्ता गराउन मतदाता उत्साहित
नाम दर्ता गराउन मतदाता उत्साहित शुक्रबार, कात्तिक २१, २०८२
संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति होः अध्यक्ष ओली
संविधानको पालना गरी सोहीअनुसार अभ्यास गर्नु लोकतान्त्रिक पद्दति होः अध्यक्ष ओली शुक्रबार, कात्तिक २१, २०८२
नेता कार्यकर्तालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान
नेता कार्यकर्तालाई पार्टीमा फर्किन अध्यक्ष यादवको आह्वान शुक्रबार, कात्तिक २१, २०८२
पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला
पार्टीको १५औँ महाधिवेशन पुस मसान्तसम्म गरिसक्नुपर्छः नेता कोइराला शुक्रबार, कात्तिक २१, २०८२
कांग्रेस बैठकले  गर्याे विशेष महाधिवेशन गर्न मंसिर २४ मा प्रस्ताव
कांग्रेस बैठकले गर्याे विशेष महाधिवेशन गर्न मंसिर २४ मा प्रस्ताव शुक्रबार, कात्तिक २१, २०८२
रास्वपाको विस्तारित बैठक सौराहामा सुरु
रास्वपाको विस्तारित बैठक सौराहामा सुरु शुक्रबार, कात्तिक २१, २०८२
खेलकुदमन्त्री गुप्ताले दिए  स्काउटको जग्गा खाली गर्न दीपक खड्कालाई  अन्तिम चेतावनी
खेलकुदमन्त्री गुप्ताले दिए स्काउटको जग्गा खाली गर्न दीपक खड्कालाई अन्तिम चेतावनी शुक्रबार, कात्तिक २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP