Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जर्मन प्राज्ञ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #उत्तराखण्ड बाढी
  • #कैलाश गुरुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • सय केजी सुनको मालिक खोजी
सय केजी सुनको मालिक खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन १४, २०८०

काठमाडौं - सय केजी भनिएको सुन जफत भएको दुई हप्ता बित्नै लागेको छ । तर, सुन कसले र किन ल्यायो भन्ने विषयमा अझै भेउ पाउन सकेको छैन सरकारले । राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट बरामद गरेको सुनका कारण संसद् अवरुद्ध छ । सुन तस्करी प्रकरणकै कारण सदन अवरुद्ध भएपछि भोलि (सोमबार)सम्मका लागि सभामुख देवराज घिमिरेले सदन स्थगित गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सुन प्रकरणमा सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने बताएका छन् । शनिबार बाँकेको नेपालगञ्ज पुगेका ओलीले सेटिङविना सुन भित्र्याउन नसकिने दाबी गरे । ‘सरकारको विशेष जिम्मेवारीमा रहेका व्यक्तिको योजनाविना यति ठूलो परिमाणमा सुन भित्रन सक्दैन, एक–दुई वस्तु लिएर आउँदा पटक–पटक चेक हुने ठाउँमा कसरी फुत्त आयो,’ ओलीले भने, ‘यो सेटिङविना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ ।’ 

एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टबाट एक क्विन्टल सुन भित्रिन कसरी सम्भव हुनसक्छ ? यो सेटिङविना सम्भव छैन, सरकारले सुनकाण्डमा नैतिक जिम्मेवारी लिनुपर्छ ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

ओलीले सुन तस्करीमा सरकार अरुलाई फसाउने खेलमा लागेको आरोपसमेत लगाए । उनले मुख्य दोषीसम्म पुग्नुको साटो भरियाहरुलाई मात्र समाउनुले त्यही पुष्टि भएको तर्क गरे । नेपालगञ्जमा शनिबार सुरु भएको लुम्बिनी प्रदेशका जनप्रतिनिधिको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री ओलीले सरकारको जानकारीविना विमानस्थलबाट एक क्विन्टल सुन भित्रन सम्भव नै नहुने बताए । ‘एउटा सुइसमेत छिर्न नसक्ने एयरपोर्टबाट एक क्विन्टल सुन भित्रिन कसरी सम्भव हुन सक्छ ?,’ उनको प्रश्न थियो ।

ओलीलेझैं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको भरतपुर पुगेर सुनकाण्डमा सरकारले चित्तबुझ्दो अनुसन्धान नगरेको ठोकुवा गरे । सुनकाण्डमा सरकार भरिया समाउने र मालिक उम्काउने खेलमा लागेको लामिछानेको भनाइ रह्यो ।

‘सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ, सुनको भारी बोकेको ट्याक्सी बाटोमा समाइयो, मालिकसम्म लान्थ्यो होला नि ! कुनै गन्तव्यमा जाँदै थियो होला,’ भरतपुर विमानस्थलमा शनिबार लामिछानेले भने, ‘जसले सूचना दियो उसले ट्याक्सी बाटोसम्म मात्रै लान्छ त भनेको थिएन होला, त्यहाँदेखि कहाँसम्म पुर्‍याउँछ सबै भनेको होला । बीच बाटोमा भरिया समाउन सक्नेले मालिकसम्म किन पुगेन होला ?’

सुन काण्डमा आश्चर्य लाग्दो कुरा छ, सुनको भारी बोकेको ट्याक्सी बाटोमा समाइयो, मालिकसम्म लान्थ्यो होला नि ! कुनै गन्तव्यमा जाँदै थियो होला ।
रवि लामिछाने
सभापति, रास्वपा

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा संलग्न कसैलाई नछाड्ने बताएका छन् । शनिबार काठमाडौंको गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताए । 

वर्तमान सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उनले सुशासनविना समृद्धिको यात्राले फड्को मार्न नसक्ने बताए । ‘भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियान रोकिँदैन,’ उनले भने, ‘जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नाता सम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ ।’

मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरूद्धको अभियानमा सबैको साथ आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरे । ‘आमजनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्,’ उनले भने, ‘भ्रष्टाचारविरूद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ ।’

जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नाता सम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ ।
नारायणकाजी श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री

एक क्विन्टल सुन प्रकरणमा अहिलेसम्म के–के भयो ?
हङकङबाट नेपाल ल्याइएको तस्करीको सुन प्रकरणमा यो समाचार तयार पार्दासम्म राजस्व अनुसन्धान विभागले एक चिनियाँ र एक भारतीय नागरिकसहित १७ जनालाई नियन्त्रणमा लिइसकेको छ । पक्राउ पर्नेमा तीन जना भन्सार विभागका कर्मचारीसमेत छन् । साउन २ गते साँझ विभागले सुन नियन्त्रणमा लिएको थियो ।

सोही दिन विभागले सुन तस्करीका बिचौलिया राजेन्द्र राई र ट्याक्सी चलक अशोक लामालाई भन्सार कार्गो गेटबाट सुनसहित पक्राउ गरेको थियो । सोही दिन राति सुन आयात गर्ने कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दीलिप भुजेल पक्राउ परे भने सुन तस्करीका लागि कम्पनी खोल्न सघाउने उनका मामा रामकुमार भुजेललाई पनि विभागले पक्राउ गरेको थियो । राई मामा भाञ्जाको सहयोगमा विभागले उनीहरुलाई कम्पनी खोल्न सहजीकरण गरेका हर्कराज राई र तिब्बतीयनमूलका भारतीय नागरिक थुप्तेन छिरिङ लामालाई पनि नियन्त्रणमा लिएको थियो ।

त्यसयता गत आइतबार भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ रहेका छन् । यस्तै पक्राउ पर्नेमा भन्सार एजेन्ट यादवशंकर पराजुली, सुदर्शन गौतम र रुकमिना सुब्बा छन् । यी तीन जना एजेन्ट सुन भन्सार पास गराउन संलग्न रहेको आरोप विभागको छ । यस्तै सुन तस्करीमा संलग्न खोज्ने क्रममा विभागले बिहीबार नेपालमा सुन आयात गरेर वितरणमा संलग्न चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीनलाई पक्राउ परेको थियो । 

यस्तै सुन आयात गर्ने कम्पनीको सामान आयात गर्ने कार्गो कम्पनीका ३ जना सञ्चालकहरु राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुष्कर्राज भट्टलाई विभागले अघिल्लो शुक्रबार नै नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुमाथि अदालतबाट १० दिन म्याद थप गरी विभागले अनुसन्धान गरिरहेको छ । यो शुक्रबार सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंस्थित सोह्रखुट्टे गोदाम छापा मार्‍यो । यद्यपि, सशस्त्रले सुन भने भेटेन । गोदाममा मोटरसाइकलको ‘ब्रेक शु’ सुन गलाउने मेसिन भेटिएको सशस्त्र प्रहरीले जनाएको छ ।


प्रकाशित मिति: आइतबार, साउन १४, २०८०  ०८:३४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री
उत्तराखण्डमा नेपालीको खोजीका लागि कूटनीतिक पहल सुरु भएको छः परराष्ट्रमन्त्री शुक्रबार, साउन २३, २०८२
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध शुक्रबार, साउन २३, २०८२
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं 
हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गरौं  शुक्रबार, साउन २३, २०८२
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता
भारतको उत्तराखण्ड बाढीमा १७ नेपाली बेपत्ता शुक्रबार, साउन २३, २०८२
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा आइतबार, साउन १८, २०८२
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
प्लास्टिकजन्य फोहरले बुकीपाटन कुरुप बन्ने खतरा
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ २०८२’सम्पन्न
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP