Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ओभरपास
  • #हुलाकी_राजमार्ग
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #सेयर_बजार
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
समाचार
  • Home
  • समाचार
  • धरमरमा सरकार, प्रधानमन्त्री रोमतिर
धरमरमा सरकार, प्रधानमन्त्री रोमतिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ७, २०८०
RBB RBB

काठमाडौं – नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकार ढल्न सक्ने प्रसंग उठेको छ । बिहीबार कांग्रेस केन्द्रीय सदस्य सीतादेवी देवकोटाले सरकार फेरिनसक्ने हल्ला बजारमा व्यापक रुपमा फैलिएकोबारे सभापति शेरबहादुर देउवासँग जवाफ मागेकी हुन् । 

‘व्यापक रुपमा सरकार फेरिने हल्ला बजारमा छ । खेल सामान्य छैन, कि माओवादी सक्काउने कि नेपाली कांग्रेस,’ देवकोटाले केन्द्रीय समितिमा सभापति देउवालाई सचेत पार्दै भनिन्, ‘भ्रष्टाचारीलाई कारबाही गरेको अवस्थामा माओवादीलाई छाडेर कांग्रेसले बदनामी कमाउने खेल पनि हुन सक्छ ।’

मंगलबार सुरु भएको कांग्रेस केन्द्रीय समितिमा सुरुकै दिन उपप्रधान तथा रक्षामन्त्रीसमेत रहेका उपसभापति पूर्णबहादुर खड्काले सरकारको माहोल बिगार्ने गरी नबोल्न केन्द्रीय सदस्यहरुलाई निर्देशन दिएका थिए । ‘पार्टीको संगठन, निष्ठा र प्रभावमा हामी सरकारमा गएकाको भूमिका, हाम्रो बोली, जीवनशैली, निर्णयशैलीले असर पार्छन्, यसमा सतर्क हुन जरुरी छ,’ खड्काको भनाइ थियो ।

बजेटका कारण सरकारको बलियो खम्बा मानिएको कांग्रेसलाई सरकारमा अप्ठ्यारो परिस्थिति सिर्जना भएको उनको भनाइ छ । यसैकारणले माओवादी पनि कांग्रेससँग विश्वस्त हुन सकेको छैन । जसकारण माओवादीले एकीकृत समाजवादी र जनता समाजवादी पार्टीसँग मिलेर समाजवादी मोर्चासमेत कसेको छ । यस्तो अवस्थामा कांग्रेसको काम सत्ता गठबन्धनमा रहेकालाई मिलाएर लैजानुपर्ने खड्काको भनाइ रह्यो ।

‘बजेटमा व्यवहारतः गर्नुपर्ने परिमार्जनहरु, बजेटलाई कानुनीरुपमा मिलाउनसक्ने कुरालाई ध्यानमा राखेर बजेट कार्यान्वयन गर्नुपर्ने अवस्था छ,’ खड्काले भने, ‘तुलनात्मक रुपमा अरु दलभन्दा कांग्रेसको भूमिकाले जोडिएका दलहरुलाई विश्वासमा लिएर जानुपर्ने वातावरण बनाउनुपर्नेछ ।’

व्यापक रुपमा सरकार फेरिने हल्ला पनि बजारमा छ । खेल सामान्य छैन ।
सीतादेवी देवकोटा
केन्द्रीय सदस्य, नेका


गत पुस १० मा माओवादीले कांग्रेससँग गठबन्धन तोडेको थियो । पछि माओवादी पुनः कांग्रेस गठबन्धनमै आएपछि अहिले एमाले सत्ताबाहिर रहेको छ । एमालेले लिएको प्रदेशको नेतृत्वहरु कांग्रेसले खोसेको छ । परिस्थिति बदलिँदा अहिले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले कांग्रेससँग नजिकिएको छ ।

प्रदेश खारेजी, समानुपातिक खारेजी, धर्मनिरपेक्ष हटाउनेजस्ता विषयमा कांग्रेस र एमाले एकमत हुनसक्ने अवस्था आएमा सरकार ढल्नसक्ने कतिपयको दाबीसमेत रहेको छ । परिस्थिति यस्तै सिर्जना भए राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीकोसमेत ठूला दुई दललाई साथ हुने बताइन्छ । यस्तो अवस्थामा गठबन्धनलाई नै असर पार्नेगरी अभिव्यक्ति नदिन नेताहरुलाई खड्काले आग्रह गरेका हुन् ।

‘धेरै ठूलो मिहेनत गरेर अनुकूल स्थिति निर्माण भएको छ । यसलाई सच्याउने, सुधार गर्ने कुरामा लागौं,’ खड्काले भने, ‘तर, मेरो आग्रह छ, हाम्रा गतिविधि, हाम्रा बोलीबाट कत्ति पनि यो राजनीतिक परिस्थिति, भत्किने बिग्रिने तहमा पुग्नेगरी जान हुँदैन ।’ खड्काको बोली दाहाल नेतृत्वको सरकार धरमरमा छ भन्ने प्रस्ट उदाहरण हो । 

पछिल्लो दिनमा सरकार पनि ‘बिजनेसविहीन’ देखिन्छ । पत्नी सीताको निधनपछि शोकमा रहेका प्रधानमन्त्री दाहालसमेत बिजनेस नपाएर इटाली भ्रमणमा निस्केका छन् । असार २७ गते पत्नी गुमाएका उनी भोलि (सोमबार)बाट इटालीको रोममा सुरु हुने राष्ट्रसंघको खाद्य प्रणाली सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।

कृषिमन्त्री बेदुराम भुसालसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्रीको सहभागितालाई लिएर कतिपयले आश्चर्य मानेका छन् । दाहालले त्यहाँ ‘युनाइटेड नेसन्स फुड समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारको तर्फबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।एक त शोकमा रहेको बेला, अर्को सरकारबारे अनेक प्रश्न उठेको बेला उपप्रधान तथा रक्षामन्त्री खड्कालाई कार्यवाहक सुम्पेर दाहाल रोमतिर लागेका हुन् ।

घुमिफिरी सत्रु भनेको त कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धन तोड्न सक्ने अनेक षडयन्त्र हुन सक्दछ 
माधव नेपाल
अध्यक्ष, एकीकृत समाजवादी 

चिनियाँ चासो र अमेरिकी आउजाउको संकेत
पछिल्ला दिनहरुमा छिमेकी मुलुकका उच्चस्तरीय राजनीतिक भ्रमण जारी छ । अघिल्लो शुक्रबारमात्र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु काठमाडौं आएका थिए । लु काठमाडौं आएपछि भएको भेटवार्ता र उनको उद्देश्यबारे खासै मेलोमेसो कसैले पत्ता लगाउन सकेका छैनन् ।

यद्यपि सरकार परिवर्तनको षडयन्त्र भइरहेको पुष्टि सत्ता गठबन्धनकै एक हिस्सेदार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गरेका छन् । शनिबार काठमाडौंमा आयोजित ‘समाजवादः बहस र संघर्ष’ विषयक कार्यक्रममा अध्यक्ष नेपालले सरकार ढाल्न अनेक षडयन्त्र भइरहेको दाबी गरेका हुन् । 

‘घुमिफिरीकन सत्रु भनेको त कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धन तोड्न सक्ने अनेक षडयन्त्र हुन सक्दछ । व्यवहार सोचेजस्तो हुँदैन । सिद्धान्त सोचेजस्तो हुँदैन । यथार्थको धरातलमा टेकेर चल्नुपर्दछ । किनकि, यहाँ कम्युनिस्ट भनेकाहरुले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन्,’ नेपालले भने । नेपालले यस्तो भन्दै गर्दा काठमाडौंमा उच्चस्तरीय चिनियाँ राजनीतिक भ्रमणको तयारी चलिरहेको छ ।

चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाउले काठमाडौंमा ‘सिल्क रोडस्टर’ स्थापना गरेको हप्ता दिन नबित्दै अर्को उच्चस्तरीय टोली नेपाल आउन लागेको हो । लिउको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामला प्रमुख सरला नेपाल आइसकेकी छन् । चिनियाँ विदेश विभागकी कूटनीतिज्ञले आफ्नो नेपाली नाम सरला राखेकी छन् ।

शनिबार नेपाल आइपुगेकी सरलाले लिउको भ्रमण तालिका र भेटघाटको तालिका मिलाइरहेकी बताइएको छ । लिउले कम्युनिस्ट पार्टीका शीर्ष नेता र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटघाट गर्ने बताइएको छ । नेपालमा भारत र अमेरिकी नेताहरूको भ्रमण बाक्लिएपछि चिनियाँ नेताहरूको नेपाल आउने क्रम पनि बढेको हो । ‘खेल सामान्य छैन’ घटनाक्रम हेर्दा कतै कांग्रेस केन्द्रीय सदस्य देवकोटाले भनेझैं हुने हो कि ?


प्रकाशित मिति: आइतबार, साउन ७, २०८०  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन मंगलबार, वैशाख ३०, २०८२
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायांकन स्टुुडियो निर्माणको घोषणा मंगलबार, वैशाख ३०, २०८२
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना
सगरमाथा संवादमा १७५ विदेशी विशिष्ट पाहुना मंगलबार, वैशाख ३०, २०८२
शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित
शेख हसिनाको पार्टी निर्वाचनबाट प्रतिबन्धित मंगलबार, वैशाख ३०, २०८२
अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा
अवरुद्ध बीपी राजमार्ग सञ्चालनमा मंगलबार, वैशाख ३०, २०८२
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु
शेर्पा भाषामा बौद्ध शिक्षा पठनपाठन सुरु मंगलबार, वैशाख ३०, २०८२
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण
प्रि-बजेट छलफलका निम्ति समय निर्धारण मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
सेक्टर परिवर्तनको माग गर्दै इपिएस शाखामा धर्ना
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
श्रममन्त्री भण्डारीको जवाफ– हल्लाको पछि नलाग्नू
पहिचानपक्षधरको जनमत तान्ने दाउ
पहिचानपक्षधरको जनमत तान्ने दाउ
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
वैदेशिक रोजगार व्यवसायी संघमा गुरुङ निर्वाचित
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP