Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • मुद्दाको खापैखाप, सर्वोच्चमै मुद्दा फस्र्योट चिन्ताजनक
मुद्दाको खापैखाप, सर्वोच्चमै मुद्दा फस्र्योट चिन्ताजनक
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन १, २०८०

काठमाडौं– देशभरका न्यायालयबाट हुने न्याय सम्पादनको स्थिति कमजोर देखिएको छ । जिल्ला, उच्च, विशेष, न्यायाधिकरण हुँदै सर्वोच्च अदालतसम्मका न्यायिक निकायमा दर्ता भएका मुद्दामध्ये करिब आधामात्रै फस्र्योट हुनुले न्याय सम्पादनमा ढिलाइ हुने गरेको पुष्टि भएको हो ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०७८÷७९ को प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षबाट सरेर आएको एक लाख ४३ हजार ७९४ वटा र नयाँ एक लाख ८१ हजार ९०८ गरी फस्र्योट हुनुपर्ने मुद्दाको संख्या तीन लाख २५ हजार ७०२ थियो । त्यसमध्ये एक लाख ६४ हजार ६६ वटा मुद्दामात्रै फस्र्योट भयो । यो भनेको ५०.३६ प्रतिशत मुद्दा फस्र्योट भएको हो । एक लाख ६१ हजार ६६६ वटा मुद्दा फस्र्योट भएन । जुन ४९.६४ प्रतिशत हो ।


न्यायाधीशको नियुक्ति समयमै गर्न सकिरहेका छैनौं । समयमै न्यायाधीश नियुक्ति हुन नसक्दा धेरै नै समस्याहरू उत्पन्न भइरहेका छन् । त्यसमध्येमै पर्छ, मुद्दाको फस्र्योट अपेक्षित नहुनु हो ।
हरिकृष्ण कार्की
प्रधानन्यायाधीश 


उसो त १ साउन २०७९ देखि कार्यान्वयनमा रहेको न्यायापालिकाको चौथो पञ्चवर्षीय योजना २०७६–८१ मा नै मुद्दाको शीघ्र फस्र्योटमा समस्या देखिएको उल्लेख छ । जसका लागि न्यायिक निकायको मुद्दा फाँटमा हुने कामको मूल्यांकन प्रभावकारी हुनुपर्ने सुझाइएको थियो । तर, मुद्दाको फस्र्योटमा सुधार भएन । 

Hardik health

प्रधानन्यायाधीश कार्की न्यायालयहरूमा न्यायाधीश रिक्त हुनु तर नियुक्त नगरिनुलाई दोष दिन्छन् । उनले भनेका छन्, ‘न्यायाधीशको नियुक्ति समयमै गर्न सकिरहेका छैनौं । समयमै न्यायाधीश नियुक्ति हुन नसक्दा धेरै नै समस्याहरू उत्पन्न भइरहेका छन् । त्यसमध्येमै पर्छ, मुद्दाको फस्र्योट अपेक्षित नहुनु ।’

मुद्दा फस्र्योट सबैभन्दा कम सर्वोच्च अदालतमै भएको देखिएको छ । अघिल्लो आर्थिक वर्षबाट सर्वोच्चमा सर्दै आएको मुद्दा संख्या २७ हजार ४०४ वटा थियो । आर्थिक वर्ष २०७८÷०७९ मा दर्ता भएका नयाँ नौ हजार ७६५ मुद्दा गरी ३७ हजार १६९ वटा भएकोमा सात हजार ६५ वटा मुद्दा फस्र्योट भयो । जम्मा १९ प्रतिशतमात्रै मुद्दाको फस्र्योट भएको हो ।

बाँकी मुद्दाको सुनुवाइ हुन सकेन । यो तथ्यले सर्वोच्च अदालतमै न्याय सम्पादनमा अधिक विलम्ब हुने गरेको पुष्टि भएको छ । प्रधानन्यायाधीश कार्कीले भने सर्वोच्चमा दरबन्दीअनुसार न्यायाधीश नहुँदा मुद्दाको फस्र्योट पञ्चवर्षीय योजनामा निर्दिष्ट उद्देश्यअनुरुप नभएको भनेर पन्छिए ।

उनले सर्वोच्चमा हाल पाँच जना न्यायाधीश रिक्त रहेको यही ३ साउनमा अर्का एक जना न्यायाधीश र आफू यही २० साउनमा सेवानिवृत्त हुने बताए । यसो हुँदा सर्वोच्चमा सात जना न्यायाधीश नहुँदा न्यायिक प्रक्रियामा समस्या झन् बढ्ने बताएका छन् । 

उच्च अदालतहरूमा भने सर्वोच्चमा भन्दा मुद्दाको फस्र्योट तीन गुणा बढी भएको पाइएको छ । नयाँ र पुरानो गरी कूल ६६ हजार ७५० वटा मुद्दा भएकोमा ३९ हजार ७६८ वटा मुद्दा फस्र्योट भयो । फस्र्योट भएको मुद्दा ६० प्रतिशत हो । अब उच्च अदालतहरूमा २६ हजार ९८२ वटा मुद्दा बक्यौताको रुपमा रहेको छ । 

उच्च अदालतहरूमा सर्वोच्चमा भन्दा बढी ६० जना न्यायाधीश रिक्त भइसकेका छन् । यति हुँदाहुँदै पनि न्याय परिषद्को बैठक बसेर न्यायाधीश नियुक्तिको सिफारिस नगरेको भन्दै प्रधानन्यायाधीश कार्कीले चिन्ता व्यक्त गरे । ‘सर्वोच्चमा खाली हुनु एक महिनाअघि नै न्यायाधीशहरूको नियुक्ति सिफारिस हुनुपर्छ । त्यसको पनि कार्यान्वयन गर्न सकिएको छैन,’ उनले भनेका छन्, ‘उच्च अदालतमा भने तीन महिनामा नियुक्तिको सिफारिस गरिसक्नुपर्छ । तर, यो व्यवस्था लागू गर्न सकिएको छैन ।’ 

देशभरका ७७ वटा जिल्ला अदालतको मुद्दाको फस्र्योट सर्वोच्चभन्दा केही बढी भएको देखिएको छ । प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको प्रतिवेदनमा उल्लेख भएको विवरणलाई आधार मान्दा जिल्ला अदालतहरूमा रहेका नयाँ र पुराना दुई लाख १७ हजार मुद्दामध्ये एक लाख १४ हजार ४५८ वटा फस्र्योट भयो ।

५३ प्रतिशत मुद्दामात्रै फस्र्योट भएको हो । अझै एक लाख दुई हजार ५४२ वटा मुद्दा फस्र्योट हुन बाँकी छ । विशेष अदालतसँगै विभिन्न न्यायाधिकरणमा चार हजार ७८३ वटा मुद्दा थियो । दुई हजार ७४५ वटा मुद्दा (५७.३९ प्रतिशत) फस्र्योट हुँदा दुई हजार ३८ वटा मुद्दा फस्र्योट हुन सकेन ।

अतिरिक्त सेवा समय 
फस्र्योट हुन एक लाख ६१ हजार ६६६ वटा बाँकी रहेपछि हालको कार्यालय समयको अतिरिक्त काम गर्नुपर्ने अवस्था देखिएको प्रतिवेदनमा उल्लेख छ । अतिरिक्त समय भनेको बिहान र बेलुका हो । यसबेला पनि मुद्दाको काम कारबाही, फैसला वा आदेशको तयारीलगायत कार्य गर्न सकिने राष्ट्रपतिलाई बुझाएको प्रतिवेदनमा भनिएको छ ।

त्यसवापत अदालतको संवेदनशीलता, न्यायाधीशहरूको पदीय मर्यादा र जिम्मेवारीलाई मध्यनजर राखेर तलबभत्ता र सेवा सुविधा उपलब्ध गराउनुपर्ने भन्दै सरकारलाई दबाबसमेत सर्वोच्चले दिएको छ ।अर्कातिर अदालतहरूमा मुद्दाको बोझ घटाउन मेलमिलाप गर्न सकिने प्रकृतिका मुद्दाहरूमा पक्ष र विपक्षबीच मेलमिलाप प्रभावकारी ढंगले गर्नुपर्ने पनि औंल्याइएको छ । न्यायिक काम कारबाहीमा सूचना प्रविधिको प्रयोग गर्नुपर्ने अर्को जोड सर्वोच्चको छ ।


कति मुद्दा र रिट ?
देशभरका अदालतहरूमा दुई वर्ष नाघेका २७ हजार ९७१ वटा मुद्दा छन् । एक वर्षभित्र दर्ता भएका ९२ हजार ५२४ वटा, एक वर्षदेखि १८ महिनासम्मका १५ हजार ८५४ वटा र १८ महिनादेखि दुई वर्षसम्मका १२ हजार १५३ वटा मुद्दा छन् ।

दुई वर्ष नाघेका रिटहरू भने दुई हजार ७२१ वटा छन् । एक वर्षभित्रका पाँच हजार ६८ वटा, एक वर्षदेखि १८ महिनासम्मका ९३९ वटा र १८ महिनादेखि दुई वर्षसम्मका ६४७ वटा रिट छन् ।  

निवेदन, प्रतिवेदन, फुटकर निवेदन र विशेष प्रकृतिका निवेदनहरू पनि दुई वर्ष नाघिसकेका छन् । जबकि, पटकपटक सुनुवाइका लागि इजलासमा पेसी नचढेको होइन । तर, पनि फस्र्योट हुन सकिरहेको छैन । जसले गर्दा न्यायमा विलम्ब भइरहेको छ ।
 


प्रकाशित मिति: सोमबार, साउन १, २०८०  ०७:२५
#सर्वोच्च_अदालत #प्रधानन्यायाधीश_हरिकृष्ण_कार्की
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म 
पश्चिम एसिया युद्धको प्रभाव घरको चुलोदेखि सिंहदरबारसम्म  सोमबार, चैत २३, २०८२
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्दै गृहमन्त्री गुरूङ
फेवाताल जग्गा प्रकरणमा कानुनी उपचार खोज्दै गृहमन्त्री गुरूङ सोमबार, चैत २३, २०८२
ओली  र  लेखकको  रिटको सुनुवाइ हुँदै  ,निर्णय आजै आउने
ओली र लेखकको रिटको सुनुवाइ हुँदै ,निर्णय आजै आउने सोमबार, चैत २३, २०८२
कोशी प्रदेशसभाको बैठक आज बस्दै
कोशी प्रदेशसभाको बैठक आज बस्दै सोमबार, चैत २३, २०८२
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने
सरकारी कार्यालय आजदेखि बिहान ९ बजेदेखि बेलुकी ५ बजेसम्म खुल्ने सोमबार, चैत २३, २०८२
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP