Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • मिटरब्याजसम्बन्धी विधेयकमा खिचातानी
पुरानै विधेयक ल्याउँदै सरकार, एमाले भन्छ– नयाँ ल्याऊ मिटरब्याजसम्बन्धी विधेयकमा खिचातानी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असार ३१, २०८०
मिटरब्याज पीडितहरू

काठमाडौं– दिनहुँ सडकबाट पीडितहरूले आन्दोलन चर्काउँदै दबाब दिइरहेका बेला सरकारले मिटरब्याजीसम्बन्धी विधेयक फेरि ल्याउन लागेको छ । प्रमुख विपक्षी दल नेकपा एमालेले गर्दै आएको संसद् अवरोध हटेको अवस्थाबीच आज बस्ने संसद् बैठकमा विधेयक पारितसम्बन्धी प्रस्ताव पेस हुने सम्भावित कार्यसूची छ ।

संसद् सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक पारितका लागि प्रस्ताव गर्ने सम्भावना छ । गत सोमबार र शुक्रबार बसेको संसद् बैठकमा भने कार्यसूचीबाटै विधेयक पारितसम्बन्धी प्रस्ताव हटाइएको थियो । यसपछि शुक्रबार एमालेसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले विधेयक नल्याएको भन्दै सरकारको आलोचना गरेका थिए ।

रास्वपा सभापतिसमेत रहेका सांसद रवि लामिछानेले विधेयक नल्याए संसद् चल्न नदिने चेतावनी दिइसकेका छन् । सभामुख देवराज घिमिरले पनि विधेयक ल्याउन सरकारलाई निर्देशन दिएका छन् । एकातिर सभामुखको निर्देशन र अर्कातिर विपक्षी दलहरूको आलोचनाबीच आज भने कानुनमन्त्री गुरुङले विधेयकसम्बन्धी प्रस्ताव पेस गर्ने सम्भावना छ । उनले शनिबार तमु संघको बागमती प्रदेश भेलालाई सम्बोधन गर्दै विधेयक रोक्न षड्यन्त्र भइरहेको बताएका छन् । तर, जसरी पनि दुई/तीन दिनभित्रै विधेयक ल्याउने र मिटरब्याजी पीडितहरूलाई न्याय दिलाउने उनको प्रतीज्ञा छ । 

जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक दुई/तीन दिनमै पारित गर्न प्रतिबद्ध छ । किनभने, मिटरब्याजबाट पीडित भएकाहरूलाई न्याय दिनुछ ।
धनराज गुरुङ
कानुनमन्त्री

Hardik health


‘जसले जसरी षड्यन्त्र रचे पनि सरकार मिटरब्याजीसम्बन्धी प्रतिस्थापन विधेयक दुई/तीन दिनमै पारित गर्न प्रतिबद्ध छ । किनभने मिटरब्याजबाट पीडित भएकाहरूलाई न्याय दिनुछ,’ गुरुङले भने । हाल संसद्मा एमालेले यसअघि ल्याएको मिटरब्याजसम्बन्धी प्रतिस्थापन विधेयक अध्यादेशसँगै निर्जिव भइसकेको र नयाँ विधेयक प्रस्तुत गर्नुपर्ने तर्क अघि सार्दै आएको छ । सत्तारूढमध्येकै एउटा दल जनता समाजवादी पार्टी (जसपा)ले पनि नयाँ विधेयक ल्याउनुपर्नेमा जोड दिँदै आएको छ । यसलाई मन्त्री गुरुङले भने प्रतिस्थापन विधेयक प्रस्तुत गर्न नदिने षड्यन्त्रको रुपमा अथ्र्याएका छन् । 

तर, नयाँ विधेयक ल्याउने कि पुरानै विधेयकलाई अघि बढाउने भन्नेमा सत्तारुढ दलहरूबीच समझदारी भइसकेको छैन । सत्तारुढमध्येको जसपाबाहेकका दलहरू पुरानै विधेयकलाई अघि बढाउने पक्षमा छन् । निष्क्रिय भएको विधेयकमा मिटरब्याजलाई अनुचित लेनदेन भनेर परिभाषित गरेको थियो । उक्त विधेयकलाई मिटरब्याजपीडितको पक्षमा ल्याइएको भनिएको थियो । जहाँ कसैले लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेन गरेको वास्तविक रकमभन्दा बढीको लिखत तयार गर्ने, ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने, ऋणीले तिरेको रकमको भर्पाइ नदिने वा लिखत नबनाउने कार्यलाई कसूरको रूपमा प्रस्ताव गरेको छ ।

साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने, शोषण गर्ने, ऋणीको अचल सम्पत्तिको हक हस्तान्तरण गरी लिने जस्ता काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुलउपर गर्न ऋणीलाई हैरानी पु¥याएमा पनि कसूर गरेको ठहरिने प्रस्ताव विधेयकमा थियो । उक्त विधेयक भने २० असारभित्र पास गरिसक्नुपथ्र्यो । तर, प्रधानमन्त्री पुष्पकमल दाहालको विवादास्पद अभिव्यक्तिलाई लिएर त्यही दिन एमालेले संसद् अवरुद्ध गरेपछि विधेयक निष्क्रिय भयो । 

यद्यपि, प्रतिनिधिसभा नियमावलीको नियम ९९ को उपनियम (३) अनुसार भने यसअघि स्वीकृत अध्यादेशलाई प्रतिस्थापन गर्न बनेको विधेयक अगाडि बढाउन सकिने प्रावधान छ । त्यहाँ भनिएको छ, ‘अध्यादेश प्रतिस्थापन गर्ने विधेयक संविधानको धारा ११४ बमोजिमको अवधिभित्र पारित गरी राष्ट्रपतिबाट प्रमाणीकरण भइसक्नुपर्नेछ ।’

सरकार आफैंले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्ने, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुन नसकेर निस्क्रिय भएको हो ।
प्रदीप ज्ञवाली
उपमहासचिव, नेकपा एमाले 


यस आधारमा सरकारले पुरानै विधेयकलाई अघि बढाउन सक्ने सम्भावना रहेको कांग्रेसका एक जना सांसदले बताए । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पुरानै विधेयक संसद्बाट पारित हुने बताएका छन् । उनले शनिबार चितवनमा पुगेर सो कुरा बताएका हुन् ।

मिटरब्याज पीडितहरूले आन्दोलन चर्काएपछि सरकारले कानुन बनाएर माग सम्बोधन गर्ने सहमति जनाएअनुसार २० वैशाखमा मिटरब्याजीसम्बन्धी अध्यादेश ल्याएको थियो । उक्त अध्यादेश २४ वैशाखमा प्रतिनिधिसभा र राष्ट्रिय सभामा दर्ता गरिएको थियो । ५ असारमा अध्यादेश प्रतिस्थापन गर्न विधेयक दर्ता गरेको सरकारले १० असारमा राष्ट्रियसभामा विधेयक पेस गरेको थियो । 

१५ असारमा भने दफावार छलफल गरी पारित उक्त विधेयकलाई १७ असारमा प्रतिनिधिसभामा पेस गरिएको र २० असारसम्ममा पारित गर्नुपर्ने पनि थियो । तर, प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरोध गर्दा हजारौं मिटरब्याजी पीडितहरूलाई न्याय दिलाउन ल्याएको विधेयक स्वतः खारेज भयो । अध्यादेश निष्क्रिय भयो । किनभने कुनै पनि अध्यादेश संसद्मा पेस गरेको ६० दिनभित्र प्रतिस्थान विधेयक ल्याएर संघीय संसद्को दुवै सदनले पास गरिसक्नुपर्छ ।

एकातिर संसद्बाट विधेयक स्वतः निष्क्रिय भए पनि अर्कातिर सरकारले गठन गरेको जाँचबुझ आयोगमा पीडितका २४ हजार उजुरी परेका छन् । पीडितहरू ६७ जिल्लाका छन् । आयोगले भने ७७ जिल्ला प्रशासन कार्यालयमा पीडित सहायता कक्ष राखेको थियो । आयोगले यसअघि सार्वजनिक गरेको विवरणअनुसार सर्वाधिक मधेसका आठ जिल्लामा १८ हजार र पश्चिम नवलपरासीमा १९ सय गरी नौ जिल्लामामात्र करिब २० हजार उजुरी परेको छ ।

जिल्लागत आधारमा हेर्दा सबैभन्दा बढी बारामा तीन हजार ३२२ जनाको निवेदन परेको छ । काठमाडौं र रुपन्देहीमा ५०० को हाराहारीमा उजुरी परेका छन् । तर, परेका २४ हजार उजुरीमध्ये १६ सयको संख्यामा मेलमिलाप भइसकेको आयोगले जनाएको छ ।२० चैत २०७९ मा बसेको मन्त्रिपरिषद् बैठकले आयोग गठन गरेको थियो । अधिकारसम्पन्न भनिएको सोही आयोगले मिटरब्याज पीडितहरूबाट उजुरी लिएको हो ।

तत्काल नयाँ विधेयक तत्काल ल्याउ : एमाले
नेकपा एमालेले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी कसूरलाई दण्डनीय बनाउन अविलम्ब नयाँ विधेयक ल्याउन सरकारसँग माग गरेको छ ।ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा शनिबार बसेको सचिवालय बैठकले सरकारकै कारण ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रतिस्थापन विधेयक निस्क्रिय भइसकेको अवस्थामा अविलम्ब नयाँ विधेयक ल्याउन माग गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले सरकार आफैंले विधेयक प्रस्तुत गर्न ढिलाइ गर्ने, सदन सञ्चालन गर्न आवश्यक पहल नगर्नेे, विधेयकबारे सत्ता घटकभित्रै गम्भीर विवादले गर्दा विधेयकमाथि प्रतिनिधिसभामा छलफल हुन नसकेर निस्क्रिय भएको टिप्पणी गरे ।
 


प्रकाशित मिति: आइतबार, असार ३१, २०८०  ०६:१०
#मिटरब्याजी_पीडित
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन
रसुवागढी भन्सार कार्यालयद्वारा १३ अर्ब ६४ करोड ६० लाख राजस्व संकलन मंगलबार, साउन १९, २०८३
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक
जुलाईमा नेपाल भित्रिए ७१ हजार ७७५ विदेशी पर्यटक सोमबार, साउन १८, २०८३
नारायणगढ-मुग्लिन सडक सञ्चालन
नारायणगढ-मुग्लिन सडक सञ्चालन सोमबार, साउन १८, २०८३
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट
पूर्वी नाकाबाट चिया निर्यातमा गिरावट सोमबार, साउन १८, २०८३
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP