Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #सीता वादी
  • #सोविता गौतम
  • #गीता_चौधरी
  • #बादल’
Search Here
समाचार
  • Home
  • समाचार
  • दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज
दुई हप्तामै जडान भयो भुरुङ्गखोलामा बेलीब्रिज
बुधबार, असार २०, २०८०
bridge bell
Hardik health
म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत भुरुङ्गखोलामा दुई हप्तामै बेलीब्रिज जडान गरिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने भुरुङ्गखोलामा करिब रु ३५ लाखको लागतमा ३० मिटर लामो बेलीब्रिज जडान भएको बेनी–जोमसोम–कोरला सडक आयोजना प्रमुख जगत् प्रजापतिले बताए । सडकअन्तर्गत मुस्ताङको लेतेखोलाको बेलीब्रिजलाई भुरुङ्गखोलामा स्थानान्तरण गरिएको हो । “भुरुङ्गखोलामा हालै आएको बाढीले त्यहाँ रहेको कल्भर्ट बगाएको थियो”, उनले भने, “बर्खायाममा बाढी आउँदा पनि बेनी–जोमसोम सडकमा यातायात सञ्चालनमा समस्या आउन नदिन तत्कालै बेलीब्रिज राखिएको हो ।” असार पहिलो साता सुरु गरिएको बेलीब्रिज जडानको काम सकिएर यातायातका साधन आवतजावत गर्न थालेका अन्नपूर्ण गाउँपालिकाका कार्यपालिका सदस्य वीरबहादुर पौडेलले जानकारी दिए । “कल्भर्ट बगाएपछि भुरुङ्गखोलामा बाढी आउँदा सवारीसाधन आवतजावत अवरुद्ध हुने समस्या थियो”, उनले भने, “म्याग्दी र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्री समस्यामा परेका थिए । बेलीब्रिज सञ्चालन भएपछि सहज भएको छ ।” लेतेखोलामा पक्की पुल बनेपछि त्यहाँको बेलीब्रिजको सामान सडक डिभिजन कार्यालय पोखरा लगिएको थियो । पोखराबाट बेलीब्रिजको पाटपुर्जा ल्याएर भुरुङ्गखोलामा राखिएको हो । बेनी–जोमसोम सडक आयोजनाले हालै बेनी नगरपालिका–८ कालीपुबाट पर्वतको जलजला गाउँपालिका २ र ३ बगरफाँट जोड्ने म्याग्दी नदीमाथि ४५ मिटर लामो बेलीब्रिज जडान गरेको थियो । गत फागुनमा रु दुई करोड चार लाखमा ठेक्का सम्झौता हिमालयन विल्डर्सले जेठमै बेलीब्रिज जडानको काम सकेर यातायात सञ्चालन भइसकेको छ । बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण–३ दानास्थित रुप्सेखोलामा ४५ मिटर लामो बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेको छ । रुप्सेखोलामा बेलीब्रिज जडान र नजिकैको पहिरो हटाउन मुक्तिनाथ निर्माण सेवाले रु तीन करोड ५६ लाखमा ठेक्का सम्झौता गरेको थियो । असार महिनाभित्रै रुप्सेको बेलीब्रिजमा यातायातका साधन सञ्चालन हुने गरी तीव्रताका साथ जडानको काम भइरहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।
प्रकाशित मिति: बुधबार, असार २०, २०८०  १०:३२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP