Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #जरा_उद्यान
  • #राष्ट्रिय जनमुक्ति पार्टी
Search Here
कला-मनोरञ्‍जन
  • Home
  • कला-मनोरञ्‍जन
  • चलचित्र ‘गुराँस’ वल्र्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् मेनुका प्रधान
चलचित्र ‘गुराँस’ वल्र्ड प्रिमियरका लागि चेक रिपब्लिक उडिन् मेनुका प्रधान
मंगलबार, असार १९, २०८०
Guras
Hardik health
काठमाडौं– अभिनेत्री मेनुका प्रधान चेक रिपब्लिकमा हुन गइरहेको दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा सहभागी हुन मंगलबार त्यसतर्फ प्रस्थान गरेकी छिन् । उनी अभीनित ‘गुराँस’ जुलाई ५ अर्थात् यही बुधबार वल्र्ड प्रिमियर हुँदैछ ।   मेनुकाको यो अन्तर्राष्ट्रिय फेस्टिभलमा सहभागिताको पहिलो अनुभव हो । उनले फेस्टिभलमा फिल्मको ‘युनिभसर्’ नै हुने भएकाले त्यसको हिस्सा बन्ने कुरालाई लिएर उत्साहित भएको बताएकी छिन् । ‘ मेरो त यो इन्टरनेसनल फेस्टिभलमा पहिलो अनुभव हो । त्यसैले स्वभाविक रुपमा खुसी लाग्ने नै भयो । अर्को कुरा चाहिँ म उत्सुक छु किनकि पढेको, सुनेको कुरा प्रत्यक्ष रुपमा अनुभव गर्दैछु,’ उनले उत्साहित हुँदै भनिन्, ‘ तर मलाई त्यहाँ गएर अरुभन्दा पनि धेरै भन्दा धेरै फिल्म हेर्न मन छ । अनि त गुराँस पनि हेरेको छैन, त्यो पनि हेर्न मन छ ।’ फिल्मभित्र मेनुका गुराँसको आमाको भूमिकामा छिन् । उनले आमाको भूमिका भए पनि कथा रोचक भएकाले गर्न राजी भएको बताइन् ।   ‘म त कहिले पनि फिल्म गर्दा आमा हो कि छोरी हो भनेर हेर्दिन । आफ्नो भूमिका हेर्छु । यसमा पनि मेरो भूमिका रोचक भएकैले गरेकी हुँ । एक महिना दार्जिलिङमा सुटिङ हुँदा पनि एकदमै रमाइलो भएको थियो,’ उनले सुनाइन् ।   मेनुका जुलाई १५ मा नेपाल फर्किनेछिन् । नेपाल र भारतको संयुक्त प्रस्तुतिमा बनेको चलचित्रलाई सौरभ राईले निर्देशन गरेका हुन् । फेस्टिभलमा निर्देशक राई पनि सहभागी हुनेछन् । दि कार्लाेभी भारी इन्टरनेसनल फिल्म फेस्टिभल युरोपको प्रतिष्ठित फेस्टिभल मानिन्छ ।   हराएको कुकुरको खोजीमा निस्किएकी १० वर्षीय बालिकाको आँखाबाट वाचन गरिएको चलचित्रले दार्जिलिङको बदलिँदो आर्थिक र सामाजिक सम्बन्धको कथा प्रस्तुत गर्छ । चलचित्रलाई राई स्वयंले लेखेका हुन् । उनले चलचित्रको कथा आफ्नै भोगाइमा केन्द्रित भएको बताएका छन् ।   ‘केही समय पहिले मेरो घरको पनि कुकुर यसरी नै हरायो । कुकुर हराएको कुराले आमा एकदमै चिन्तित हुनुभयो । एक दिन टाढाबाट आइरहेको कुकुरको आवाज आफ्नै जस्तो लागेर उहाँ खोज्न निस्किनु भयो । आमाको त्यो खोजाइलाई मैले बालिकामा कल्पना गरेर यो कथा तयार गरेको हुँ,’ उनले भने, ‘जसरी गुराँस जंगलमा भइकन पनि निर्दोष हुन्छ, यो कथाका चरित्र पनि त्यस्तै नै छन् ।’ ‘गुराँस’लाई लोआइक्यू प्रडक्सनसँगै रामकृष्ण पोखरेल र सञ्जय गुलाटीले निर्माण गरेका हुन् ।फिल्ममा तुलसी खवासले ‘गुराँस’को रुपमा शीर्ष भूमिका निर्वाह गरेकी छन् फिल्ममा खगेन्द्र लामिछानेको पनि अभिनय रहेको छ ।   फिल्मको प्राविधिक काम मुम्बईमा भइरहेको छ । फिल्मको छायांकन सुबल केआरले गरेका हुन् भने सम्पादन सौरभ राई र अंकिता पुरकायस्थले गरेका हुन् । अंकिता फिल्मको साउन्ड डिजाइनर पनि हुन् । उनले यसअघि नेटफ्लिक्स सिरिज ‘बेताल’, ‘टाइपराइटर’, ‘कोटा फ्याक्ट्री’ र अमेजन प्राइमबाट प्रसारण भएको ‘पञ्चायत’ मा पनि काम गरेकी छिन् ।   निर्माता रामकृष्ण पोखरेलले दि कार्लाेभी भारी युरोपको प्रतिष्ठित फेस्टिभल मानिने र त्यसमा नेपालको प्रतिनिधित्व हुने कुराले आफू उत्साहित भएको प्रतिक्रिया दिएका छन् । ‘कान्स वा बर्लिन जस्तै यो पनि युरोपका लागि प्रतिष्ठित फेस्टिभल हो । यो फेस्टिभलमा अहिलेसम्म कुनै पनि नेपाली फिल्म सहभागी भएका थिएनन् । गुराँसले खाता खोलेको छ । हामी सम्पूर्ण टिम खुसी छौँ,’उनले भने ।   उनले फिल्मको हल रिलिजको विषयमा भने अहिले नै भन्न नसक्ने जानकारी गराए । उनले भने, ‘फिल्म हलमा पनि लाग्छ तर यसका लागि समय लाग्ला ।’ पोखरेल नेपालबाट अस्करका लागि गत वर्ष सिफारिस चलचित्र ‘ऐना झ्यालको पुतली’ तथा भर्खरै प्रदर्शन भएको ‘हल्कारा’का पनि निर्माता हुन् । उनको निर्माण रहेको लघु चलचित्र ‘साइलेन्ट इको’ लघु चलचित्र विधामा अस्करमा सिफारिसमा परेको थियो भने फिल्मले भारतमा क्रिटिक्स च्वाइस अवार्ड जित्न सफल भएको थियो । कलकत्ताको सत्यजित रे फिल्म एन्ड टेलिभिजन इन्स्टिच्युटबाट डिप्लोमा गरेका निर्देश सौरभ राईले यसअघि ‘निम्तो’को निर्देशन गरेका थिए । नेदरल्यान्डको रोट्रेड्याम इन्टरनेसनल फिल्म फेस्टिभलमा छनौट हुन सफल फिल्मले मुम्बई फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको थियो । ‘गुराँस’ पनि निर्माण अगावै नेदरल्यान्डको हुबेर्ट बल्स फन्ड जित्न सफल भएको थियो भने फिल्म हङकङ फिल्म मार्टको वर्क इन प्रोग्रेस ल्याबमा पनि छनौट हुन सफल भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असार १९, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
थप कला-मनोरञ्‍जन
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP