Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सत्ता गठबन्धनमा फेरि खटपट
सत्ता गठबन्धनमा फेरि खटपट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असार १८, २०८०
deuba-prachanda
-बजेट पारित हुनुपूर्व कांग्रेसइतर सत्ता गठबन्धनले समाजवादी मोर्चा गठन गर्दै खटपटको संकेत गरेका थिए -संशोधनविना कुनै पनि हालतमा बजेट पारित हुन नदिने अडानमा रहेका जसपा र एकीकृत समाजवादी कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुरबाट काठमाडौं उत्रिएसँगै ‘ब्याक’ -एमाले अध्यक्ष केपी शर्मा ओली चितवन पुगेर कांग्रेससँग सत्ता सहकार्यबारे कुनै विषयमा कुराकानी नभएको दाबी गरेको केही दिनमा दाहालले कांग्रेसमाथि असन्तुष्टि पोख्न थालेका हुन्  
काठमाडौं -  आगामी आर्थिक वर्षका लागि बजेट आएसँगै खटपट देखिएको सत्ता गठबन्धनभित्रको असन्तुष्टि फेरि बाहिरिन थालेको छ । कोशी प्रदेशमा नयाँ सरकार निर्माणको पूर्वसन्ध्यामा प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा खटपट दोहोरिएको छनक दिएका हुन् । आइतबार भक्तपुरमा नेपाल कम्युनिस्ट पार्टीका एकजना संस्थापक नारायण विलास जोशीको प्रतिमा अनावरण कार्यक्रममा पुगेर प्रधानमन्त्री दाहालले फेरि नेकपातिरै फर्किनुपर्ने धारणा राख्दै असन्तुष्टि पोखेका हुन् ।   ‘त्यतिबेला माधवजी र मैले के पनि भनेका छौं भने फेरि नेकपातिरै फर्किनुपर्दछ । फेरि पार्टीलाई एकताबद्ध गर्नुपर्छ पनि हामीले भनेका छौं,’ समाजवादी मोर्चाबारे चर्चा गर्दै वामपन्थी एकताबारे दाहालले भने । बजेट पारित हुनुपूर्व असार ४ गते माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच समाजवादी मोर्चा गठन भएको थियो । सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर रहेको बेला मोर्चा गठन गरिएको थियो । त्यतिबेला माधव नेपालको एकीकृत समाजवादी र उपेन्द्र यादवको जनता समाजवादी पार्टीले संशोधनविना बजेट पास नहुने भन्दै विरोध जनाएका थिए ।   समाजवादी मोर्चामा रहेको सत्ताधारी दुई दलले बजेटको विरोध गर्नु गठबन्धनको सरकारमा खटपट उब्जेको स्पष्ट संकेत मिलेको थियो । तर, कांग्रेस सभापति देउवा सिंगापुरबाट काठमाडौं उत्रिएसँगै असन्तुष्टि सामसुम भयो । अर्थमन्त्री डा. प्रकाशशरण महतले जेठ १५ गते संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेट संशोधनविनै मतदानबाट पारित भयो । यद्यपि, बजेट पारित मुस्किलले भएको थियो । बुधबार बजेट पारित गर्दा पक्षमा १४७ मत खस्यो भने विपक्षमा १०८ मत ।   बजेट पारित हुनुअघि समाजवादी मोर्चा बनाएर दाहालले घुर्की लगाए पनि कांग्रेस एमालेतिर नजिकिएको छनक पाएसँगै दाहाल लचक बनेका थिए । त्यतिबेला एमालेले कांग्रेसलाई मिलेर सरकार बनाउने प्रस्ताव राखे पनि देउवा आश्वस्त हुन नसकेको बताइन्छ ।देउवाले नमानेपछि एमाले अहिले पुरानै गठबन्धन ब्युँताउन माओवादीतिर लागेको आशंका कांग्रेस नेताहरुले गरेका छन् । त्यसैको संकेत प्रधानमन्त्री दाहालले आइतबार भक्तपुरमा गरे । उनले एमालेसँग मिल्दा एकपटक असफल भए पनि त्यसबाट शिक्षा लिएर अगाडि बढ्न सकिने र सफल हुनेसमेत तर्क गरे ।   ‘तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग कम्युनिस्टहरुसँग एकता ग¥यो भने छिटोभन्दा छिटो हामीले आर्थिक समृद्धितिर पनि जान सकिन्छ । समाजवादतिर पनि डो¥याउन सकिन्छ भनेको थिएँ । एकता भयो पनि । देशको सबभन्दा ठूलो शक्ति पनि भयो । अब कम्युनिस्टहरुले ४०÷५० वर्ष कति लाने हुन् शासन भन्ने भएको थियो,’ दाहालले भने, ‘तर, दुर्भाग्य हामीले त्यसलाई बचाउन सकेनौं । म अहिले कसैलाई दोषारोपन गर्न उभिएको छैन । हामी एकपटक असफल भए पनि फेरि त्यसबाट शिक्षा लिएर अगाडि बढ्ने उद्देश्य राख्नुपर्दछ ।’   दाहालले कम्युनिस्ट आन्दोलन के कारणले टिक्न सकेन भन्ने विषयमा गम्भीर समीक्षासमेत गर्नुपर्ने बताए । ‘आज हामीले फेरि एकपटक चिन्तन गर्नुप¥यो कि हिजो एकीकृत भएको कम्युनिस्ट आन्दोलन के कारणले टिक्न सकेन, त्यहाँ के त्रुटि थियो, के प्रवृत्तिका कारण हाम्रो विभाजन भयो भन्ने गम्भीर समीक्षा गरेर त्यसबाट शिक्षा लिएर अगाडि जाने जमर्को गर्नुपर्दछ ।’   बिहीबारमात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले कांग्रेससँग सरकार परिवर्तनबारे कुनै ‘लबिइङ’ नगरेको दाबी गरेका थिए चितवन पुग्ने क्रममा भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष ओलीले कांग्रेससँग आफूले सरकार गठनको कुनै प्रस्ताव नगरेको दाबी गरेका हुन् । ‘कांग्रेससँग मैले प्रस्ताव गरेको छैन, कांग्रेसले पनि मलाई प्रस्ताव गरेको छैन । तपाईं (पत्रकार)मार्फत जानकारी पाइरहेका छौं,’ नयाँ सरकार गठनबारे सोधिएको प्रश्नमा ओलीको जवाफ थियो ।   दाहाललाई माधव नेपालको साथ गठबन्धनमा खटपट रहेको आशंकालाई बल पुग्ने गरी धारणा राखेका छन् एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि । भक्तपुरको कार्यक्रममा दाहालको प्रशंसा गर्दै नेपालले जनताका दुःखहरुमा सक्दो सम्बोधन गर्ने प्रयाससमेत भइरहेको दाबी गरे ।‘जनताको जीवनमा आमूल परिवर्तन गर्ने, जनताको जीवनलाई सुखी बनाउने, यी सबै कामको जिम्मेवारी अहिले पनि कम्युनिस्ट पार्टीले नै गर्नुपर्नेछ,’ नेपालले भने, ‘त्यही कम्युनिस्ट पार्टीको नेताको रुपमा अहिले हामीले प्रधानमन्त्री पाएका छौं ।     कमरेड पुष्पकमल दाहाल प्रचण्डले यो देशको अगुवाइ गर्दै हुनुहुन्छ । उहाँले समाजवादको यात्रामा देशलाई कसरी अगाडि बढाउने हो, यस बारेमा अझै पनि गम्भीर चिन्तन मनन गरेर के गर्दाखेरि जनताका वेदना र दुःखहरुलाई सम्बोधन गर्न सकिन्छ भन्ने सन्दर्भमा उहाँले आफ्नो तर्फबाट प्रयास गर्दै हुनुहुन्छ ।’     जनमतलाई सरकारमा भित्र्याउने तयारी यसैबीच प्रधानमन्त्री दाहाल र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच भेट भएको छ । आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेर राउतले प्रधानमन्त्री दाहाललाई भेटेका हुन् । गठबन्धनमा रहे पनि केही असन्तुष्टि राख्दै सरकारबाहिरै रहेको जनमत पार्टीलाई प्रधानमन्त्री दाहालले सरकारमा सहभागी हुन आग्रह गरेको अध्यक्ष राउतले जानकारी दिए ।   अध्यक्ष राउतले भने, ‘प्रधानमन्त्रीले तपाईंहरू सरकारमा आउनुस् म मिलाउँछु भन्नुभएको छ, अब गठबन्धनका सबै दलहरूबीच सहमति बनाउनुपर्छ ।’ जनमतलाई सरकारमा ल्याउनका लागि नेपाली कांग्रेस इच्छुक नरहेको बताइएको छ । तर, दाहाल भने आफ्नै मन्त्रालय कटाएर भए पनि डा. राउतलाई खुसी बनाउनेतिर लागेको जनमत स्रोतले जनायो । माओवादीबाट सरकारमा सहभागी पर्यटनमन्त्री सुदन किराती वा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीमध्ये एक जनालाई बिदा गरेर जनमतका एक जनालाई सरकारमा भित्र्याउने दाहालले भित्री तयारी गरेका छन् ।
प्रकाशित मिति: सोमबार, असार १८, २०८०  ०७:०९
#सत्ता_गठबन्धन
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP