Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवाकै शैली पछ्याउँदै गगन–विश्व
देउवाकै शैली पछ्याउँदै गगन–विश्व
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार १७, २०८०
gagan-biswo
- केन्द्रीय सदस्यहरुले पटक–पटक केन्द्रीय समिति माग्दा पनि न त सभापतिले सुनेका छन् न त महामन्त्रीद्वयले यसबारे आवाज उठाए -रुपान्तरण अभियानमा देउवाको शैलीसँगमात्र हैन महामन्त्रीद्वयको शैलीमाथि पनि नेता कार्यकर्ता असन्तुष्ट सुनिए - ‘आफ्ना नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने, टिकट तपाईंका भरौटेहरुलाई चाहिने, अनि शेरबहादुरलाई पनि त्यही चाहिने, गगन र शेरबहादुरमा हामीले फरक कसरी देख्ने ?’
काठमाडौं– नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवाकै छवि हो– आफ्नो गुटका जतिसुकै कमजोर भए पनि संरक्षण गर्ने । आफूइतरकोलाई जति बलियो भए पनि ठाउँ नदिने । काम गर्दा विधान मिच्ने । १३औं महाविधेशनपछि पार्टी नेतृत्वमा उदाएका देउवा आफूविरोधीलाई सकाउन खप्पिस ।     संस्थापनइतरमा डा. शशांक कोइरालादेखि रामचन्द्र पौडेलसम्मलाई तह लगाएर १४औं महाविधेशनमा पनि रजगज चलाए पार्टीमा । देउवाकै नेतृत्वका कारण २०७४ सालको निर्वाचनमा कांग्रेस निकै सानो आकारमा खुम्चियो । पछिल्लो निर्वाचनमा टिकट बाँडफाँटमा आफ्नोलाई मात्र काख राख्दा गठबन्धन गर्दा पनि कांग्रेसले खासै राम्रो जित निकाल्न सकेन । तर, देउवा घमण्ड गर्छन्– पार्टीलाई ‘नम्बर वान’ बनाएँ ।   नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा नयाँ पुस्ता दुई जना नेता निर्वाचित भए । कांग्रेसमामात्र हैन जनतामाझ नै प्रिय पात्र गगन थापा र विश्वप्रकाश शर्मा उक्त पदमा निर्वाचित भए । त्यतिबेलाबाटै धेरैले सोचेका थिए कांग्रेसमा नयाँ उत्साह छाउनेछ ।   किनभने, गुटगतरुपमा शक्तिशाली सभापति देउवाले पार्टीमा निरंकुशता लादेका थिए । आफू निकटकालाई टिकट बाँड्ने र मन्त्री बनाउने देउवाको शैलीको विरोध पार्टीमा चर्को थियो । यही चर्को विरोधकै कारण पार्टीमा गगन–विश्व उदाए ।   तर, पछिल्ला दिनहरुमा गगन–विश्वले देउवाकै शैली पछ्याउन थालेका आरोप लाग्न थालेको छ । हुन पनि कांग्रेसमा गत भदौयता केन्द्रीय समिति बैठक बस्न सकेको छैन । केन्द्रीय सदस्यहरुले पटक–पटक केन्द्रीय समिति माग्दा पनि न त सभापतिले सुनेका छन् न त महामन्त्रीद्वयले यसबारे आवाज उठाएका छन् ।   उपनिर्वाचनमा गगन तनहुँ–१ मा खटिँदा विश्वप्रकाश चितवन–२ मा कमाण्डरका रुपमा उत्रेका थिए । दुवैैले स्वर्णिम वाग्लेविरुद्ध ‘एन्टी करेन्ट स्पिच’ दिँदा राष्ट्रिय स्वतन्त्र पार्टीलाई चुनावी माहोल बनाउने थप मद्दत पुगेको थियो । जस कारण कांग्रेसले गठबन्धन गर्दा पनि दुवैै सिट गुमायो उपनिर्वाचनमा ।   उपनिर्वाचनको समीक्षाका लागि गगन–विश्वले केन्द्रीय समिति डाक्ने धेरैको अपेक्षा थियो कांग्रेसजनमा । तर, महामन्त्रीद्वयको प्रस्तुतिले अहिले कांग्रेस नेता कार्यकर्ता निराश बनेका छन् । कांग्रेसमा धेरै विभागहरु अझै अपूर्ण छन् । ती विभागमा पूर्णता दिने जिम्मेवारी महामन्त्रीहरुको हो, तर गगन–विश्वले यसबारे कुनै चासो नदिएको आरोप कांग्रेसकै नेताहरुको छ । महिला संघ र तरुण दलको तदर्थ समितिले पूर्णता पायो, यसमा पनि महामन्त्रीद्वय भागबण्डाभन्दा माथि उठ्न सकेन ।   यही विषयलाई मध्यनजर गर्दै सातवटै प्रदेशमा कांग्रेसको संस्थापनइतरले रुपान्तरण अभियान सञ्चालन गरेको थियो । सातै प्रदेशमा पुगेका रुपान्तरण अभियानमा देउवाको शैलीसँगमात्र हैन महामन्त्रीद्वयको शैलीमाथि पनि नेता कार्यकर्ता असन्तुष्ट सुनिएका थिए । ‘जिम्मेवार पदमा भएका उनीहरूले हस्तक्षेपकारी भूमिमा निर्वाह गर्न सकिरहेका छैनन् ।   सभापतिले काम गर्न नदिएको भन्दै पार्टीमा विद्रोह गर्नेसम्मको चेतावनी उनीहरूले दिइरहेका छन् । यो अभियानमा सभापतिदेखि पार्टीका जिम्मेवार युवा महामन्त्रीसम्म पनि कार्यकर्तामा आक्रोश देखिएको छ,’ अभियानमा सहभागी एक नेताले दाबी गरे ।     ‘टिकट भरौटेलाईमात्रै’ कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले दुई महामन्त्रीहरु आफू काम नगर्ने तर देउवाको विरोधमा भने खरै उत्रने बताए । देउवालाई विश्वासमा लिई पार्टीका कामहरु गर्नुपर्ने महामन्त्रीद्वय उल्टो बाटो हिँडेको राठौरको भनाइ छ ।   ‘दुई जना महामन्त्रीहरुले सभापतिलाई कन्फिडेन्समा लिएर काम गर्नुपर्नेमा चोकचोकमा बसेर विरोध गर्दै हिँड्ने काममात्रै गरे,’ नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले शनिबार आयोजना गरेको विचार गोष्ठीमा राठौरले भने । महामन्त्रीद्वयले बाहिर पार्टी नेतृत्वको विरोध गरेपनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको दाबी गरे । नेतृत्वको आलोचना गर्नेले पार्टी बनाउन सक्नुपर्ने नेता राठौरको भनाइ थियो ।   पछिल्लोपटक महामन्त्री गगन र विश्वप्रकाश एकै ठाउँमा उभिन्छन् । संसदीय दलको निर्वाचनमा विश्वप्रकाशले गगनलाई साथ दिएका थिए । सिटौला टिमबाट देउवाको साथ पाएर महामन्त्री लडेका युवा नेता प्रदीप पौडेलको पनि गगनलाई साथ थियो । पछिल्लोपटक गगनको कार्यशैलीप्रति प्रदीपसमेत असन्तुष्ट सुनिन्छन् । यतिमात्र हैन गगनमाथि दोलखाका पुराना नेता ताराबहादुर कोइरालालेसमेत प्रश्न उठाएका छन् ।   शनिबार नेपाली कांग्रेस दोलखा–काठमाडौं सम्पर्क समितिको प्रथम काठमाडौं सम्मेलनलाई सम्बोधन गर्दै नेता कोइरालाले प्रश्न गरे, ‘गगनजीको पुस्ताले कहिले रुपान्तरणको नारा दिनुहुन्छ कहिले, कहिले केको नारा दिनुहुन्छ, हामी विश्वास गर्छौं । तर, नारा र लेखेरमात्रै पार्टीभित्रको सुधार हुँदैन । शेरबहादुर प्रवृत्तिको अन्त्य हुँदैन ।’ पार्टीमा गुटगत राजनीति गर्न गगन समूह पनि पछि नरहेको उल्लेख गर्दै कोइरालाले देउवा र गगनमा केही फरक नरहेको आरोप लगाए ।   ‘शेरबहादुरले गुटबन्दी ग¥यो भने पैसाको आधारमा राजनीति ग¥यो भने तपाईंहरुले भन्नुपर्छ गुट गर्दिनँ,’ कोइरालाले भने, ‘तस्कर माफियासँग सम्बन्ध राख्दिनँ भन्नुपर्छ । श्रीमान् गगन थापाज्यू, तपाईं र शेरबहादुरमा हामीले फरक कसरी देख्ने ?’   गगनले पनि देउवाकै शैलीमा आफ्नो मान्छेलाई टिकट दिने गरेको उनको तर्क रह्यो । ‘तपाईंलाई महाधिवेशनमा आफ्ना नजिकका मान्छे केन्द्रीय सदस्य चाहिने, टिकट तपाईंका भरौटेहरुलाई चाहिने, अनि शेरबहादुरलाई पनि त्यही चाहिने, गगन र शेरबहादुरमा हामीले फरक कसरी देख्ने ?,’ कोइरालाले थप प्रश्न गरे ।   कोइरालाले अनुहार फेर्दैमा पार्टीमा रुपान्तरण नहुने धारणासमेत राखे । यसका लागि प्रवृत्ति फेरिनुपर्ने उनको मत थियो । ‘रुपान्तरण अनुहारले हुँदैन । खस्रो अनुहारको ठाउँमा चिल्लो अनुहार आउनुमात्र रुपान्तरण हैन हुँदैन । रुपान्तरण त विचारमा हुनुपर्छ । कार्यशैलीमा हुनुपर्छ । प्रवृत्तिमा हुनुपर्छ । पार्टी बनाउने योजनामा रुपान्तरण हुनुपर्छ,’ उनले भने ।   यसो त गगन विश्व दुवैैजना अर्को महाविधेशनमा नेतृत्व दाबीका लागि हरेक विभागमा आफ्नो मान्छे भर्ती गर्ने अभियानमै छन् । केन्द्रीय सदस्यदेखि चुनावी टिकटमासमेत आफ्नो भाग खोज्न थालेका छन् । पार्टीमा शक्ति आर्जन गर्न यो आवश्यक पनि देखिन्छ तर, विधानत पार्टीले दिएको जिम्मेवारीमासमेत दुई महामन्त्री चुकेको पार्टीका नेता कार्यकर्ताको आरोप छ ।   कांग्रेस बदल्ने संकल्प लिएका महामन्त्री गगन भने सबै बदलिन आवश्यक रहेको बताउँछन् । दोलखा कांग्रेसकै कार्यक्रममा गगनले आफू दाग लागेको महामन्त्री भएर बस्नुभन्दा कार्यकर्ता भएर बस्नु बेस हुने बताए । ‘कांग्रेस बदलियो भने बदलिएको कांग्रेसले देश बदल्छ हेर्नुस् । यो देश बदल्नैपर्छ ।   बदलिएको कांग्रेसले मात्रै यो काम गर्न सक्छ,’ महामन्त्री थापाले भने, ‘तर, कांग्रेस बदल्न हामी प्रत्येक बदलिन तयार हुनुपर्छ । म बदलिन तयार छु । म बदलिन तयार छ भनेको मैले पटक–पटक भनेको छु– दाग लागेको कांग्रेसको महामन्त्री हुनुभन्दा सफा कांग्रेसको कार्यकर्तामात्रै भएर बस्दा बडो मजा आउँछ । त्यो बदलिन म तयार हो ।’
प्रकाशित मिति: आइतबार, असार १७, २०८०  ०७:०७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत सोमबार, भदौ २, २०८२
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय
कोशी प्रदेशमा पहिलोपटक प्रदेश राजस्व कार्यालय सोमबार, भदौ २, २०८२
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा
जलवायुका चुनौती समाना गर्न सबै पक्षको सहकार्य आवश्यक छः परराष्ट्रमन्त्री देउवा सोमबार, भदौ २, २०८२
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट
राष्ट्रपति पौडेलसँग विदेशसचिव मिश्रीको भेट आइतबार, भदौ १, २०८२
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी
रातभर जाग्राम बसी  श्रीकृष्णजन्माष्टमी रथयात्राको तयारी आइतबार, भदौ १, २०८२
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ आइतबार, भदौ १, २०८२
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक
दुई सय ७० विद्यालयमा शैक्षिक योग्यता नपुगेका प्रधानाध्यापक शुक्रबार, साउन ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP