Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #स्टार्टअप
Search Here
समाचार
  • Home
  • समाचार
  • सभामुखको ‘एमाले झुकाव’
सभामुखको ‘एमाले झुकाव’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असार १४, २०८०
Samsad_budget2
Hardik health
-बजेट निर्णयार्थ पेस गर्नै लाग्दा सत्तापक्षका प्रमुख सचेतक र प्रतिपक्षका सचेतकबीच घोचपेच - एमाले र रास्वपाले अवरोध गर्दा सभामुख घिमिरेले तत्काल सदन स्थगित - पारित भइसकेको बजेट एमालेको विरोधपछि पुनः मत विभाजनबाट पास
  काठमाडौं– बुधबार प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी वर्ष २०८०/८१ का लागि प्रस्तुत बजेट पारित गर्ने प्रस्ताव पेस हुँदै थियो । बजेट पारित हुनेमा सत्तारुढ दल ढुक्क देखिँदा यसलाई असफल बनाउने प्रयासमा लागे प्रमुख प्रतिपक्ष दल । बजेट पारित गर्ने क्रममा सभामुख घिमिरे सरकारप्रति कठोर र एमालेप्रति लचक बनेको पटक–पटकको व्यवहारबाट प्रस्ट देखिन्थ्यो ।   त्यसो त भारत भ्रमणपछि सदनमा जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल रोस्ट्रममा उभिँदा पनि सभामुख घिमिरेमाथि ‘एमाले’ हाबी भएको आरोप लागेको थियो । त्यही व्यवहार दोहोरियो बुधबार ।सभामुखका कारण बुधबार दिउँसो अर्थमन्त्री डा. महतले प्रस्तुत गरेको आगामी वर्षको बजेट दुई–दुई पटक पारित भयो ।   प्रमुख सचेतकहरुको घोचपेचपछि बैठक नै स्थगित प्रतिनिधिसभाको बुधबारको बैठकको माहोल प्रधानमन्त्री पुष्पकमल दाहालको प्रस्तुतिका कारण पनि बनिसकेको थियो । सवालजवाफका लागि उपस्थित हुने भनिएको प्रधानमन्त्री दाहालले छ महिने प्रगति विवरणसमेत राख्न भ्याए । लगत्तै सभामुख घिमिरेले खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ प्रस्तुत गरे ।   खर्च कटौतीको प्रस्ताव सक्नसाथ विनियोजित विधेयकको अंग बनाउनका लागि सभामुखले प्रस्ताव राखे । त्यही बेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध जनाउँदै सांसदहरु उठे ।सभामुखले एमाले प्रमुख सचेतक पदम गिरीलाई समय दिए । उनले जिल्ला निर्वाचन कार्यालयको विषयमा विरोध जनाए । ‘जिल्ला निर्वाचन कार्यालयलाई यथावत् राख्ने विषयलाई बजेटको अंगको रुपमा नल्याएकोमा उनले आपत्ति जनाए ।   ‘अंग नबनाए विनियोजित विधेयक नराखे पास हुन दिन्नँ,’ गिरीले चेतावनी दिनासाथ रास्वपाका सांसदहरुले उठेर विरोध जनाए । रास्वपालाई समय दिन सभामुखले लामै समय लगाए । केहीबेरपछि बल्ल रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए । परियारले पनि बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेजीको विषय कसरी मेटिन्छ भन्दै प्रश्न गरे । ‘बजेटमा राखेको त्यो व्यवस्था कसरी हटाइन्छ, सुनिश्चितता चाहियो नत्र सदन अघि बढ्दैन,’ परियारले चेतावनी दिए ।   त्यसपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले निर्वाचन कार्यालयको विषय राजनीतिक नभएको तर्क गरे । ‘बजेटमा लेख्दा त्रुटि भए पनि जिल्ला निर्वाचन कार्यालय कतै जाँदैनन् । कतै गाभिदैनन् । अहिले पनि जिल्ला प्रशासन कार्यालयमै हुन्छ जिल्ला निर्वाचन कार्यालय । प्रशासनको मातहत जानुहुँदैन भन्ने विषयमा सबै सहमत भइसकेका छन्,’ लेखकले भने, ‘अब राजनीतिक विषय रहेन ।यो प्राविधिक विषयलाई राजनीतिक विषय नबनाऊ ।’ लेखकको बोलीले एमाले र रास्वपाका सांसदहरु आक्रोशित बने ।   आफ्नो भनाइ पूरा राख्न पाउनुपर्ने भन्दै लेखक पनि आक्रोशित बने । त्यसपछि प्रमुख सचेतक लेखकले अर्थमन्त्री डा. महतले नै प्रतिबद्धता जनाइसकेकाले ढुक्क हुन आग्रह गरे । यसो त लेखकले सभामुख घिमिरेलाई सदन निरन्तरता दिन पनि चुनौती दिए । ‘फेरि माननीय अर्थमन्त्रीले प्रस्तुत गरेर यहीनेर अहिले नै यो विषयसमेत संशोधन गरेर प्रस्ताव गरेर यो विधेयक अघि बढाउन सकिन्छ ।   त्यसकारण हाउसलाई एडजर्न गरेर लामो समय लिएर जानुभन्दा माननीय मन्त्रीज्यूले पुनः प्रतिबद्धता व्यक्त गर्नुहुन्छ । माननीय सभामुखले यसलाई अंग बनाइयोस् भन्नुुहुन्छ । यो कार्यविधिअनुसार अघि बढाउन अनुरोध गर्दछु,’ चुनौतीमूलक सुझाव पेस गर्दै लेखकले भने, ‘हैन यसलाई एडजर्न गरेर लाने सभामुखको आशय हो भने कुनै आपत्ति रहने छैन ।’ एमाले र रास्वपाले अवरोध कायमै राखेपछि सभामुख घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरे ।   प्राविधिक विषय मिलाउन भन्दै स्थगित बैठक करिब एक घण्टापछि बैठक दोस्रोपटक सुरु भयो । सभामुख घिमिरेले सरासर कारबाही प्रारम्भ गरे । अर्थमन्त्रीले यसअघि सदनमा उठेका सवालको जवाफ दिन सभामुखले समय दिए । यसअघि जिल्ला निर्वाचन कार्यालय खारेजीको विषयले माहोल तातेको थियो, अनुसूची १६ खण्ड (क) को क्रमसंख्या १० मा रहेको व्यवस्थाले । यसमा जिल्ला निर्वाचन कार्यालय खारेजीको व्यवस्था रहेको थियो ।   ‘हामी लोकतन्त्रको पक्षमा रहेको र निर्वाचनको पक्षमा रहेकोले निर्वाचन आयोगलाई संवैधानिक हैसियत संविधानले दिएको सर्वविदितै छ,’ अर्थमन्त्री महतले आश्वस्त पार्न खोजे, ‘हामीले धेरै निर्वाचन सम्पन्न गरिसकेका छौं । त्यही कुरालाई मध्यनजर राखेर निर्वाचन आयोग स्वतन्त्र ढंगले राख्नुपर्दछ । हामीले खर्च कटौती कसरी गर्ने भन्ने मनसायमा जिल्ला निर्वाचन कार्यालयमा भएको व्यवस्थाअनुसार संरचनामा रहेकोले पाँच वर्ष काम गर्नुपर्दैन कि भन्ने मनसायबाट यस्तो भएको हो ।’   महतले पुरानै प्रतिबद्धता दोहो¥याए फेरि– कहीँकतै यो प्रशासन कार्यालयमै हुँदा सरकारको प्रभाव पर्ने हो कि भन्ने शंका परेछ । त्यो कुनै पनि उद्देश्य नेपाल सरकारको थिएन । मैले हिजै भनेको थिएँ । फेरि दोहो¥याएर भन्दै छु । शंका गर्नैपर्दैन । जिल्ला निर्वाचन कार्यालय जसरी चलेका छन् त्यसरी नै चल्नेछ । मैले भनेको थियो । विनियोजन विधेयक पास गर्ने बेला अझ स्पष्ट हुनुप¥यो भन्ने कुरा आयो । अनुसूची १६ खण्ड (क) को क्रमसंख्या १० मा रहेको व्यवस्थालाइ हटाएर पुरानै व्यवस्था राखेको जानकारी सम्मनित सदनसमक्ष जानकारी दिन चाहन्छु ।   त्यसपछि उक्त बजेटमा भएको प्रावधान हटाएको र पुरानै व्यवस्था कायम रहेको लिखित व्यहोरा संसद्लाई आएको जानकारी दिए । सभामुख घिमिरेले विनियोजन विधेयकको दफा २ देखि १० सम्म अंग बन्नका लागि निर्णयार्थ पेस गरे । उक्त विधेयक अंग बन्नका लागि हुन्छ भन्नेको बहुमत आयो ।   त्यसपछि अर्थमन्त्री डा. महतले विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भनी रोस्ट्रमबाट अनुरोध गरे । अर्थमन्त्रीले प्रस्ताव राख्नसाथ सभामुख घिमिरेले उक्त प्रस्तावलाई निणयार्थ पेस गरे । सत्तारुढ दलका सांसदहरुको बाक्लो उपस्थिति थियो । सभामुखले प्रस्तावको पक्षमा हुन्छ भन्ने धेरै देखिएकोले बजेट बहुमतले पारित भएको घोषणा गरे । ‘हुन्छ भन्ने माननीयको बहुमत भएकोले विनियोजित बजेट–२०८० बहुमतले पारित भएको घोषणा गर्दछु,’ सभामुखले घोषणा गर्नसाथ ताली गुञ्जियो सत्तापक्षबाट ।   तत्कालै एमाले सांसदहरुले उठेर विरोध जनाए । कत्ति पनि नपर्खी सभामुख घिमिरेले एमालेका सचेतक महेश बर्तौलालाई बोल्न समय दिए । प्रस्तावको विपक्षमा बहुमत भएको बर्तौलाले दाबी पेस गरिहाले । ‘भर्खर विनियोजन विधेयक, २०८० प्रस्ताव सम्बन्धमा यहाँबाट एउटा निर्णयको घोषणा भयो । यो घोषणा हुँदै गर्दा हामीलाई लागेको थियो सम्माननीय सभामुख महोदय, प्रस्तावको हुन्न भन्ने पक्षमा अत्यधिक मत रहेको हामीलाई आभाष भएको थियो ।   तर, सम्माननीय सभामुखको घोषणा प्रस्तावको पक्षमा बहुमत भन्दै भयो । यसप्रति हामी असहमति जनाउँदै प्रतिनिधिसभाको नियमावली बमोजिम नियमावलीको नियम २९ बमोजिम मत विभाजनको माग गर्दछु,’ बर्तौलाले भने ।कति पनि नपर्खी सभामुख घिमिरेले प्रतिनिधिसभाको नियमावली २०७९ को नियम २९ को उपनियम १ बमोजिम प्रस्तावलाई निर्णयार्थ पेस गरे ।   घोषणा भइसकेको विषयमा सभामुखले एमालेको विरोधलाई सदर गर्दै पुनः मत विभाजनतिर लम्ब्याए । उक्त उपनियममा २८ भन्दा बढी सांसद उठेर असहमति जनाएमा मत विभाजन गरी मत संकलन गर्ने व्यवस्था छ । सोहीअनुरुप सभामुखले मत विभाजनको घोषणा गरे ।   बर्तौलाको दाबी पुगेन, बजेट बहुमतले पारित अर्थमन्त्री महतले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट बहुमतले पारित भएको छ । सभामुख घिमिरेले पहिलोपटक पास भएको घोषणा गरेको आधा घण्टापछि बजेट मत विभाजनबाट पुनः पास भएको हो ।   प्रतिनिधिसभामा २५५ सांसद उपस्थित रहेकामा बजेटको पक्षमा १४७ मत र विपक्षमा १०८ मत परेको र बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले घोषणा गरे ।
प्रकाशित मिति: बिहीबार, असार १४, २०८०  ०७:२६
#बजेट
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भूउपयोग बढाउन भूमि बैंक, प्रभावकारी हुनेमा आशंका
भूउपयोग बढाउन भूमि बैंक, प्रभावकारी हुनेमा आशंका आइतबार, कात्तिक ३०, २०८२
केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै
केन्द्रीय सुरक्षा समितिको बैठक आज बस्दै आइतबार, कात्तिक ३०, २०८२
चक्रपथ निर्माण अन्तिम चरणमा
चक्रपथ निर्माण अन्तिम चरणमा आइतबार, कात्तिक ३०, २०८२
क्षतिको विवरण उपलब्ध गराउन संघीय मामिला मन्त्रालयको आग्रह
क्षतिको विवरण उपलब्ध गराउन संघीय मामिला मन्त्रालयको आग्रह आइतबार, कात्तिक ३०, २०८२
चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन
चालु आवको चौमासिक अवधि, २५ स्थानीय तह बजेटविहीन आइतबार, कात्तिक ३०, २०८२
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण
एक हजार १२० वटा सामुदायिक कुकुरको बन्ध्याकरण शुक्रबार, कात्तिक २८, २०८२
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता
तोक्यो निर्वाचन आयोगले तीन सहायक प्रवक्ता शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP