Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
राजनीति
  • Home
  • राजनीति
  • देउवा र खड्का रुष्ट जस लिन शेखर र गगनको होडबाजी
देउवा र खड्का रुष्ट जस लिन शेखर र गगनको होडबाजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार ६, २०८०
congress_asar6
नेपालका धेरै क्षेत्रमा यसपटक तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्दा कांग्रेसको रुपान्तरण अभियान देशभर पुगेको हो । तापक्रमले ४४ वर्षअघिको रेकर्ड ब्रेक गर्दा स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई घरभित्रै बसेर गर्मीबाट जोगिनु भने पनि आफूहरु अभियानमा लागेको युवा नेता भुपेन्द्रजंग शाही बताउँछन् ।  
काठमाडौं-नेपाली कांग्रेसका युवा नेताहरुले थालेको पार्टी रुपान्तरण अभियानले केन्द्रमा तरंग ल्याएको छ । जेठ ११ बाट सुरु भएर सोमबार सातै प्रदेशका केन्द्रदेखि विभिन्न सहरमा पुगेको अभियानप्रति केन्द्रीय सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का रुष्ट सुनिँदा डा. शेखर कोइराला र महामन्त्री गगन थापाले भने जस लिन खोजेको देखिन्छ ।   सभापति देउवाले जेठ २० गते नै ललितपुरमा भएको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै अभियानको विरोध जनाएका थिए । ‘जनतामा जाने गाली गर्ने । अर्को गए के गर्ने ? मनलागी गर्ने ?’ सभापति देउवाले त्यतिबेलै प्रश्न गरेका थिए । त्यतिबेला देउवाले गाली गर्नभन्दा काम गर्नतिर लाग्न आग्रह गरेका थिए ।   ‘अब तपाईंहरु हुनेवाला हो । म त के छ र यहाँ । सबभन्दा ठूलो पार्टी बनाइहालें । भोलिको दिनमा पार्टीलाई अझ बलियो बनाउनुछ,’ उनले भने, ‘म पार्टी सभापति हुने हैन अब । गाली गरेर केही हुनेवाला छैन यहाँ । काम गर्नूस् न । पार्टी बलियो बनाउनूस् । विरोध गरेर पार्टी बन्नेवाला छैन ।’   सोमबारमात्र कार्यवाहक सभापतिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा ट्रेड युनियन कांग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै पूर्णबहादुर खड्काले पनि अभियानप्रति रोष प्रकट गरे । उनले अरुलाई औंला ठड्याएर हैन आफूतिर औंला ठड्याउन र परिमार्जन हुन निर्देशन दिए ।   ‘मेरा कमजोरी र गल्तीहरुलाई सच्याएर, स्वीकारेर म रुपान्तरणका लागि तयार हुने कि नहुने ? सधैं औंला ठड्याएर होइन, आफूलाई औंला ठड्याएर, यो सुधार परिमार्जन, पुनःनिर्माण, रुपान्तरण बदल्ने सबै कुरालाई आफूलाई पहिला सबै कुरालाई प्रकट गर्छु भन्ने इमानको संकल्प, निष्ठाको संकल्पसहित समर्पित गर्ने बेला आएको छ,’ उपप्रधान तथा रक्षामान्त्रीसमेत रहेका खड्काले भने ।   उनले आफ्ना कमजोरी र गल्तीहरु सच्याएर अघि बढ्नसकेमात्रै रुपान्तरण सम्भव भएको बताए । ‘व्यवहारतः जीवनशैलीमा निर्णय शैलीमा, काम गर्ने शैलीमा । सबै शैलीमा म रुपान्तरण हुन तयार हुने हो, सच्याएर रुपान्तरण हुन तयार हुने भएपछि मात्रै चाहे मुलुकको होस् रुपान्तरणको प्रक्रिया सुरु हुन्छ, चाहे पार्टीको होस्, रुपान्तरणको प्रक्रिया सुरू हुन्छ,’ उनले भने ।   नेपालका धेरै क्षेत्रमा यसपटक तापक्रमले ‘रेकर्ड ब्रेक’ गर्दा रुपान्तरण अभियान देशभर पुगेको हो । तापक्रमले ४४ वर्षअघिको रेकर्ड ब्रेक गर्दा स्वास्थ्य मन्त्रालयले सर्वसाधारणलाई घरभित्रै बसेर गर्मीबाट जोगिनु भने पनि आफूहरु अभियानमा लागेको युवा नेता भुपेन्द्रजंग शाही बताउँछन् ।   मधेसबाट सुरु भएको रुपान्तरण अभियान बागमती हुँदै कोशी पुगेर टुंगिएको हो । पार्टी रुपान्तरणका लागि बागमती, मधेस, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र कोशी प्रदेश हुँदै डायस्पोरामासमेत अभियान चलाएको शाहीले जानकारी दिए ।   शाहीसहित गुरु घिमिरे, मधु आचार्य, रञ्जित कर्ण, जगदीश्वरनरसिंह केसी, देवराज चालिसे, भरत खड्का, सुवास पोख्रेल, विजुला बर्मा, धर्मेन्द्र नेम्वाङ, विष्णुदेवी पाण्डे, विक्रम खनालसहितका नेताले यो अभियानलाई अगाडि बढाइरहेका हुन् ।   अभियानमा नरेन्द्र केरुङ, भूपेन्द्र थापा, वंशलाल तामाङ, रीता शाही, लक्ष्मी पाण्डे, सुवास लोहनी, नवीन श्रेष्ठ, तेजेन्द्र भट्टराईसहितका नेता पनि सहभागी भएका थिए ।नेतृत्वको पार्टी सञ्चालन शैलीसँग असहमत हुँदै दबाब बढाउन र रुपान्तरण गर्न यो अभियान अगाडि बढाएको कर्णालीमा संयोजक तोकिएका शाही बताउँछन् ।   ‘नेतृत्वको शैली बदल्नुपर्छ’ संरचना र शैली नबदल्ने हो भने पार्टी झन् कमजोर हुने र नयाँ दलको चुनौती सामना गर्न नसक्ने भन्दै पार्टी नेतृत्वलाई जानकारी गराएरै अभियान सुरु गरेको अभियान पक्षधरको दाबी छ । नेता गुरुराज घिमिरे अभियानमा उत्साहपूर्ण सहभागिता देखिएको र थुप्रै समस्या पहिचान भएको बताउँछन् ।   ‘हामीले सातै प्रदेशको केन्द्रमा ठूला अन्तरक्रिया ग¥यौं । यी कार्यक्रममा उत्साहजनक सहभागिता जनाउँदै कांग्रेस कार्यकर्ताले पार्टी नेतृत्व र पार्टी सरकारमा हुँदा भइरहेको कमजोरीलाई प्राथमिकताका साथ उठाउनुभएको छ,’ घिमिरे भन्छन्, ‘ठूलो पार्टी भएर सरकारमा सहभागी हुँदासमेत नतिजा नपाएका हामी तपाईंहरूका समस्या के छन् भनेर पुग्दा उत्साहपूर्वक प्रस्तुत भएका छन् ।’   त्यसपछि जिल्ला र स्थानीय तहसम्मै कार्यक्रम लिएर जाने उनीहरूको तयारी छ । शाही सम्भावित चुनौतीलाई लिएर देशभर पुग्दा कार्यकर्ताले भावना पोख्न पाएको टिप्पणी गर्छन् । उनका अनुसार पार्टीका नेताको परम्परागत शैली, विवाद, गुटबन्दी देखेर कार्यकर्ता आजित भएका छन् । नयाँ दल चुनौतीको रूपमा उभिएको भनेर मुख्य सुझाव आएको उनको भनाइ छ ।   पार्टीको कुनै कार्यक्रम नहुँदा हाम्रै रुपान्तरण कार्यक्रम पार्टीको अफिसियल कार्यक्रमजस्तो भएको छ । कार्यकर्ताले आक्रोश, भावना पोख्न पाएका रहेनछन् । हामीले हजारौंलाई मञ्च दियौं । आक्रोश र पोख्ने र भावना राखेर शान्त हुने मौका कार्यकर्ताले पाएका छन्,’ शाही भन्छन्, ‘ठूलो पार्टी भएर पनि सरकारले जनजीविकाका लागि प्रभावकारी काम गर्न नसकेको, पार्टीका संरचनाले प्रभावकारी कार्यसम्पादन गर्न नसकेकोमा मुख्य चिन्ता भएको पाएका छौं ।’   सात प्रदेशका सात ठूला अन्तरक्रियामा हरेक ठाउँमा १०० जना बढी सहभागीको गुनासो सुनेको र त्यसलाई लिपिबद्ध गरिएको जानकारी उनले दिए । सहभागीका गुनासा र पार्टीप्रतिका अपेक्षालाई प्रतिवेदन बनाएर पार्टी नेतृत्वलाई बुझाउने अभियानको तयारी छ ।   अभियानका क्रममा पार्टी ठूलो भएर रमिते भएर बसेको तर नयाँ दलले चुनौती बढाएकोप्रति सजग नभएको पाइएको उनले बताए । ‘अहिले कांग्रेस ठूलो पार्टी र सत्तामा भएजस्तो छ, तर भोलि कांग्रेस हार्ला कि भन्ने चिन्ता धेरैमा देखिन्छ किनकि हामी सुस्ताउँदै गर्दा चुनौती बनेर नयाँ दल उभिएका छन्,’ शाही भन्छन्, ‘समयमा सचेत भएनौं भने हामी डुब्न सक्छौं । कार्यकर्ताको भावना पनि पार्टी नसुध्रिए अवस्था अनुकूल छैन भन्ने नै छ ।’   पार्टी नसुध्रिए २०८४ को चुनाव कांग्रेसका लागि कठिन हुने मत यो अभियानका क्रममा प्राप्त गरेको उनीहरूको भनाइ छ ।यद्यपि, पार्टीले केही गर्छ भन्ने आशा मारेकालाई पनि आफूहरूको अभियानले थोरै भए पनि आशा जगाएको उनको टिप्पणी छ ।   शेखर र गगनको जस लिने होडबाजी रुपान्तरण अभियान ग्राउण्डमा पुगेसँग संस्थापनइतरका नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापाले यसको जस लिने होडबाजी गरेका छन् । अभियानमा पूर्वसंस्थापननिकट धेरै भए पनि दुवै नेता सुरुआतदेखि अन्तिमसम्म देखिएका थिएनन् । डा. शेखरले एक टेलिभिजन ‘टक शो’मा आफूले नै अभियान सञ्चालन गर्न लगाएको दाबी गरेका छन् । यसैगरी महामन्त्री थापाले पनि अभियानको प्रशंसा गरेका छन् ।   अभियानमा सात प्रदेशका केन्द्रमा मुख्य र बाटो परेका जिल्लाका सहरका अन्तरक्रियाको कार्यक्रम गरेको शाही बताउँछन् । कतै पनि मञ्च, प्रमुख अतिथि र मुख्य अतिथि नबनाई अन्तरक्रियामा उनीहरूले सुझाव लिएका थिए ।   ‘हामीले नेतालाई मञ्चमा राखेनौं । कसैलाइ विशेष आसनग्रहण गराइएन । सबै तलै बसेर कार्यकर्ताको कुरा सुन्यौं । जाने नेता बोल्नेभन्दा तलका कार्यकर्ता र आममान्छेको भावना बुझ्यौं,’ शाही भन्छन्, ‘एउटा कार्यक्रममा १०० जनासम्मले बोल्नुभयो । एकैपटक २० केन्द्रीय नेता सात प्रदेश पुग्यौं ।’   जेठ २ गते घोषणा गरिएको रुपान्तरण अभियान मधेस प्रदेशको जनकपुरमा जेठ ११ गते, बागमती प्रदेशको काठमाडौंमा जेठ १६ गते, गण्डकी प्रदेशको पोखरामा जेठ २० गते, लुम्बिनी प्रदेशको दाङमा जेठ २२ गते, कर्णाली प्रदेशको सुर्खेतमा जेठ २४ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा जेठ २६ गते हुँदै कोशी प्रदेशको इटहरी पुगेर टुंगिएको हो ।   सहभागीको धारणा रेकर्डसमेत गरिएको उनले बताए । ‘सहभागीहरूको धारणा रेकर्ड गरेका छौं । भिडियो र अडियो सबै रेकर्ड हामीसँग छ,’ शाही भन्छन्, ‘पार्टी हितका बारेमा आएका महŒवपूर्ण सुझावलाई प्रतिवेदन बनाएर सभापति र पदाधिकारीलाई बुझाउँछौं ।’
प्रकाशित मिति: बुधबार, असार ६, २०८०  ०७:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक शनिबार, साउन १७, २०८२
कोदो दिवस मनाइयो
कोदो दिवस मनाइयो शनिबार, साउन १७, २०८२
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध
मध्यपहाडी लोकमार्गको सिन्धुली खण्ड अवरुद्ध शनिबार, साउन १७, २०८२
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध
 वर्षाका कारण देशभरका सात राजमार्ग  अवरुद्ध बिहीबार, साउन १५, २०८२
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल
प्रधानमन्त्रीसहित एमाले र कांग्रेसका शीर्षनेताको छलफल बिहीबार, साउन १५, २०८२
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार
इन ड्राइभरका उत्कृष्ट राइडरलाई  उपहार बिहीबार, साउन १५, २०८२
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट ! बिहीबार, साउन १५, २०८२
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP