Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • जनताबाट निर्वाचित, कूकर्मले निलम्बित
जनताबाट निर्वाचित, कूकर्मले निलम्बित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असार ३, २०८०
refugee
Hardik health
-टोपबहादुर रायमाझी, लक्ष्मी महतो कोइरी र टेकबहादुर गुरुङ निलम्बनमा - निलम्बित तीनै सांसदविरुद्ध फौजदारी कसूर - संसद्को यही कार्यकालमा अरुण चौधरीको सांसद पद निलम्बित तर हाल कायम - सांसद रवि लामिछानेको पद नै खारेज तर उपनिर्वाचनबाट फेरि अनुमोदित - अघिल्लो संसद्मा चार सांसदको पद निलम्बित
काठमाडौं- जनताले प्रतिनिधिको रूपमा चुनावबाट छानेर संसद् पठाएका सांसदहरूको पद निरन्तर निलम्बनमा परेका छन् । विधायकको भूमिकामा ऐन कानुन बनाउने मुख्य कार्यभारसहित जनताबाट चुनिएका उनीहरूको सांसद पद फौजदारी अभियोगमा निलम्बनमा परिरहेका हुन् ।   केही त जेलसमेत पुगेका छन् । यसबाट राजनीतिमा बढ्दो आपराधीकरण उदांगिएको टिप्पणी भइरहेको छ । पछिल्लोपटक शुक्रबार अर्घाखाँचीबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा पर्‍यो । पुर्पक्षका लागि उनी कारागर चलान भएका छन् ।   नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बिन्धत ठगी, राज्यविरुद्धको अपराध, लिखत कीर्ते, संगठित अपराध र एकीकृत कसूरसम्बन्धी मुद्दामा जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले उनीसहित १६ जनालाई जेल पठाएका हुन् । मुद्दामा दोषी नै ठहरिए भने उनको सांसद पद नै खारेज हुने संवैधानिक प्रावधान छ ।   उनीभन्दा अघि गत १९ वैशाखमा नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका थिए । कर्तव्य ज्यानसम्बन्धी मुद्दाका कसूरदार कोइरी हाल फरार छन् । उनी प्रहरीको फरार सूचीमा छन् । मधेस आन्दोलनका क्रममा नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) थमन विकको हत्या गरेको उनीविरुद्ध आरोप छ । रायमाझी र कोइरी निलम्बनमा परेसँगै संसदीय गतिविधिमा सहभागी हुन पाउने एमालेको सांसद संख्या सभामुखसहित ७७ जना छन् । मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ भ्रष्टाचारसम्बन्धी मुद्दाका कारण निलम्बित छन् । उनको सांसद पद निलम्बनसँगै मनाङ पनि तत्कालका लागि सांसदविहीन भएको छ । काठमाडौंको फन पार्कमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा गुरुङविरुद्ध मुद्दा दायर गरेपछि सांसद पद निलम्बनमा परेको हो ।   संसद्को यही कार्यकालमा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीको पनि सांसद पद निलम्बनमा परेको थियो । २०६६ सालमा कैलालीमा ट्र्याक्टरमा आगो लगाएकोसम्बन्धी एउटा घटनामा छ महिनाका लागि थुनामा हुँदा उनको सांसद पद निलम्बनमा परेको थियो । तर, गत ७ फागुनमा प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले कैद माफी गरेर रिहा गरेसँगै उनको सांसद पद कायम भएको छ । उनी निर्वाचित भएको भनेको कैलाली–२ बाट हो ।   अरुणभन्दा अगाडि भने सर्वोच्च अदालतबाट पुरानो नागरिकता अवैध ठहर भएपछि तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानको मन्त्रीसँगै सांसद पद खारेज नै भएको थियो । रविको निर्वाचन क्षेत्र चितवन–२ हो । १० वैशाखमा उपनिर्वाचन हुँदा पनि त्यहाँबाट फेरि उनी निर्वाचित भएर सांसद छन् ।   तर, राहदानी दुरुपयोगसम्बन्धी एउटा मुद्दा पनि सर्वोच्चमा विचाराधीन छ । युवराज पौडेले ‘सफल’ले राहदानी दुरुपयोग गरेको भन्दै पाँच वर्ष कैद सजायको माग दाबी गरेका छन् । यदि, राहदानीसम्बन्धी मुद्दामा दोषी ठहरिए उनको सांसद पद खारेज हुने संवैधानिक प्रावधान छ । हाल संसद्मा रायमाझी, महतो र गुरुङ छैनन् । तीनै जनाको सांसद पद फौजदारीसम्बन्धी अभियोगमा मुद्दा चलेसँगै निलम्बनमा परेको हो ।   प्रहरी स्रोतका अनुसार अझै नक्कली शरणार्थी प्रकरणमा थप सांसद तानिनसक्ने सम्भावना छ । यसअघि प्रकरणका सन्देश शर्मासहितका अभियुक्तहरूले कांग्रेस सांसदहरू डा. आरजु राणा र मञ्जु खाणको नाम बयानको क्रममा पोलेका थिए । तर, प्रहरीले प्रमाण फेला नपरेको भन्दै उनीहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छैन । खुट्टा नकमाई सांसदहरू राणा र खाणलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएको अवस्थामा प्रमाण फेला पर्ने र त्यस आधारमा उनीविरुद्ध प्रकरणका अभियुक्तहरूलाई जसरी विभिन्न कसूर आकर्षित हुनसक्ने अपराधशास्त्री डा. कृष्णकुमार तामाङ बताउँछन् ।   ‘पहिलो त प्रहरीले नियन्त्रणमा लिएकै छैन । कम्तीमा प्रकरणमा नाम पोलिँदा त नियन्त्रणमा लिनुपर्छ तर त्यस्तो छैन,’ उनले प्रभावसँग भने, ‘पक्राउ गरेर अनुसन्धान गरे केही न केही प्रमाण फेला पर्न सक्छ । त्यस्तो अवस्थामा हालका अभियुक्तहरूलाई जस्तै विभिन्न कसूर आकर्षित हुन पनि सक्छ । नहुन पनि सक्छ ।’   यदि, प्रहरीले अपराधशास्त्री तामाङले भनेजसरी पक्राउ गरेर अनुसन्धान गर्दा प्रकरणमा संलग्नताको प्रमाण फेला परेको अवस्थामा मुद्दा चलाइए राणा र खाणको पनि सांसद पद निलम्बनमा पर्ने देखिन्छ ।   अघिल्लो संसद्मा कांग्रेसका मोहम्मद आफ्ताब आलम बम विष्फोटका कारण घाइते भएकाहरूलाई ज्यूँदै इँट्टाभट्टामा लगाएर जलाउने कसूरमा पक्राउ परेपछि उनी निलम्बित भएका थिए । हाल उनीविरुद्धको मुद्दा सर्वोच्चमा विचाराधीन छ । कांग्रेसकै अर्का सांसद विजयकुमार गच्छदार ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा पास गराएको कसूरमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि निलम्बित भएका थिए । उनी दोषीसमेत ठहरिए । जनता समाजवादी पार्टीका हरिनारायण रौनियार पुल निर्माणमा भ्रष्टाचार गरेकोसम्बन्धी कसूरमा अख्तियारले नै मुद्दा चलाएपछि निलम्बित भएका थिए । एमाले सांसद मोहन बानियाँ पनि एक जना शिक्षिकालाई बलात्कार गरेको कसूरमा पक्राउ परेपछि निलम्बित भएका थिए ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८०  ०९:२५
#नक्कली_शरणार्थी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP