Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #फुर_गेल्जे_शेर्पा
  • #नेपाल_पर्वतारोहण_संघ
  • #हुम्ला–मुगु _पुल
  • #लोतीखोला_बेलीब्रिज
  • #‘मिस टिन अर्थ २०२५
  • #नाउपा
  • #एचिभर नाइट ०८२ सम्पन्न
  • #विप्लव
  • #तीज_पर्व
Search Here
समाचार
  • Home
  • समाचार
  • १२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन
१२ वर्षपछि मूल नहरबाटै पानी सञ्चालन
सम्झना राई
सम्झना राई शनिबार, असार २, २०८०
water-tap
कैलाली– कैलालीको टीकापुर नगरपालिका–१ विपतपुरका स्थानीय कुलोमा पानी आएपछि निकै खुसी छन् । राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिँचाइ आयोजनाले बन्द भएको विपतपुर, राजिपुर सिँचाइ कुलोलाई पुनः सञ्चालनमा ल्याएपछि उनीहरु खुसी हुन् । उसो त आयोजना सुरु भएको १२ वर्षपछि आयोजनाको मूल नहरबाटै पानी सञ्चालन हो । “सदियाँैदेखिको परम्परागत सिँचाइ प्रणाली हाम्रा लागि समाप्त भएको छ । वर्षौंदेखि अरुको कुलोको भरोसामा कृषि गर्दै आएका किसानलाई कसैको भर पर्नुपर्ने अवस्था अब रहेन”, बडघर घर्तीमगर भन्छन्, “२०५७÷०५८ मा बन्द भएको कुलोमा पानी आएपछि किसानमा खुसियाली छाएको मात्रै छैन, सपना पूरा भएको छ ।” उहाँले किसानले वर्षौंदेखि देखेको सपना पूरा हुने गरेको बताए । आयोजनाले गत जेठ ३१ गते साँझ मूल नहरबाट पठाएको पानी शाखा, उपशाखा नहर हुँदै पानी किसानको खेत खेतमा पुगेपछि किसानले खुसी व्यक्त गरेका छन् । किसानले शाखा नहरमा पानी पुगेपछि विधिपूर्वक पूजा गरेर नहर सञ्चालन गरेका छन् । आर्थिक वर्ष २०६७÷६८ देखि निर्माण सुरु भएको आयोजनाले यसअघि मूल नहरको परीक्षण गरे पनि सञ्चालनमा ल्याउन सकेको थिएन । पटकपटक मूल नहर सञ्चालनको लागि आयोजनाले तयारी गरे पनि बर्सातको समयमा आउने बाढीले नहरमा क्षति पु¥याउने भएपछि मूल नहर सञ्चालनमा ढिलाइ भएको आयोजना प्रमुख केदार श्रेष्ठले बताएको छ । यस पटक मूल नहरबाट पानी ल्याई तीनवटै कुला प्रणालीमा ४५ क्युमेक्स पानी पठाइएको श्रेष्ठले जानकारी दिए। त्यो पानीले १४ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ हुनेछ । “हामीले मूल नहरबाट पानी छोडेर किसानको खेतसम्म तीनवटै शाखा कुला र उपशाखा कुलाबाट पुर्याएका छौँ”, आयोजना प्रमुख श्रेष्ठ भन्छन्, “पुरानो प्रणालीबाट पानी आइरहेका रानी, जमरा र कुलरिया कुलाका मुहान बन्द गरिएको छ । अब नियन्त्रितरुपमा किसानको आवश्यकता आधारमा आयोजनाबाट पानी खेतसम्म पुग्नेछ । यसबाट किसानको खेतमा हुने सिँचाइ प्रणालीमा सहज हुनेछ ।” यसअघि कर्णाली नदीबाट अस्थायी मुहान निर्माण गर्दै वर्षेनी रानी जमरा र कुलरिया नदीमा पानी ल्याउने गरिन्थ्यो । पुरानो मुहानबाट पानी ल्याउँदा अनियन्त्रित भई कटान हुने, कुलाका संरचना फुट्ने र बर्सातको समयमा बाढी र डुबानजस्ता समस्या किसानले झेल्दै आएका थिए । हरेक वर्ष कुलाको मुहान खन्न हजारौँ किसानले काम गर्नुपर्ने बाध्यता थियो । किसानले वर्षमा दुईपटक कुला खन्न जानुपर्थ्यो । हिउँदे खेती लगाउने समयमा र वर्षे खेती लगाउने समयमा करिब एक महिना किसानको कुला खन्न लाग्ने गरेको स्थानीय छेलु चौधरी बताउछन् । “आयोजना सञ्चालन भएपछि बनाइएका संरचनाबाट आवश्यकताको आधारमा पानी ल्याउन सजिलो हुनेछ । जतिबेला आवश्यक प¥यो त्यहीँअनुसार पानीको व्यवस्थापन गर्न सकिने भएको छ”, उनी भन्छन्, “हाम्रो खेतसम्म पानी पुगिसकेको छ, अब किसानलाई सिँचाइका लागि सहज हुन्छ । खडेरीका कारण सिँचाइको सहजता नहुँदा हुन नसकेका रोपाइँ अब हुन्छन् ।” झण्डै ३८ हजार तीन सय हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य आयोजनाको रहेको छ । यसअघि कर्णाली नदीबाट किसानको खेतमा पानी ल्याउन बनाइएको अस्थायी मुहानले बर्सेनि समस्या हुने गरेको थियो । कर्णालीमा बाढी बढेका बेला नदीबाट बाढी आएर खेत डुबाउँथ्यो भने बाढी घटेपछि कुलामा पानी सुकेर धान खेतीलाई पर्याप्त पानी पुग्दैनथ्यो । मूल नहरबाट पानी आएपछि किसान ढुक्क भएका छन् । जमरा कुलो जल उपभोक्ता संस्थाका अध्यक्ष मानवबहादुर चौधरी नहरबाटै पानी किसानको खेतमा पुगेपछि जोखिम घटेको र आमदानी बढ्ने विश्वास व्यक्त गरेको छ । “सधैँ सहजरूपमा पानी आउने स्थिति यसअघि थिएन । अब १२ महिनै पानी आउने भएको छ ।” उनले भने, “किसानलाई व्यावसायिक कृषि खेतीमा पनि सहज हुनेछ । सिँचाइका लागि आपसमा हुने मतभेद पनि अबदेखि किसानमा हुने छैन ।” रु २७ अर्ब ७० करोड २३ लाख लागत रहेको आयोजनामा रु १७ अर्ब ५६ करोड ७२ लाख नेपाल सरकार, रु नौ अर्ब ९५ करोड ५१ लाख विश्व बैंकको ऋण र रु १८ करोड उपभोक्ता समितिको लगानी भइरहेको छ । आयोजनामा हालसम्म रु १८ अर्ब खर्च भइसकेको आयोजनाले जनाएको छ । आउँदो आर्थिक वर्षमा आयोजनाको समयावधि सकिनै लाग्दा पनि हालसम्म आयोजनाको करिब ६० प्रतिशत काम मात्रै सम्पन्न भएको छ । उसरी हेर्दा रानी र कुलरिया कुलोको प्रगति निकै कम छ । जमरा कुलोको प्रगति करिब ७० प्रतिशत प्रगति देखिएको छ ।
प्रकाशित मिति: शनिबार, असार २, २०८०  ०९:२४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
सरकारी जागिर छोडी नाम र दामसहित प्रेरणाको स्रोत बन्दै पौडेल
साउन १५ः खीर खाएर मनाइँदै
साउन १५ः खीर खाएर मनाइँदै
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा  कार्कीले जितिन्  एक करोड रुपैयाँको पुरस्कार
एनसेलको ‘सधैं अन करोडपति’ योजनामा कार्कीले जितिन् एक करोड रुपैयाँको पुरस्कार
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
आठ हजार श्रमिकलाई अभिमुखीकरण तालिम, १९ वटा पाठ्यक्रम स्वीकृत
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP