Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
कृषि
  • Home
  • कृषि
  • आकाशे पानी नपरेपछि खडेरीले कृषि बालीमा असर
आकाशे पानी नपरेपछि खडेरीले कृषि बालीमा असर
बिहीबार, जेठ ३२, २०८०
rain
Hardik health
काठमाडौं-लामो समयसम्म परेको खडेरीले कृषि बालीमा असर पुगेको छ । आकाशे पानी नपरेपछि खेतबारी तथा करेसाबारीमा लगाइएका अन्नबाली तथा तरकारी सप्रन पाएका छैनन् ।   मकै, तरकारी, फलफूल खेती सिँचाइ अभावले सुक्न थालेका छन् । मकै खेतीले हराभरा हुने खेतबारी यतिबेला सुक्खा बनेका छन् । विगतका वर्षमा यस समय खेतमा लगाइएको मकै स्याहार्ने चटारो हुने गरेकोमा यस पटक खेतमै घुँघा नलाग्दै सुकेर नष्ट भएको पाल्पाको रामपुरकी कृषक राधिका भण्डारीले बताए । “अघिल्ला वर्षमा खेतमा लगाइएको मकै पाकेर स्याहार्ने चटारो हुन्थ्यो, खडेरीले अहिले त एउटा घोँगा पनि मकै स्याहार्न पाइएन, किसानलाई खेती गरेर खान पनि समस्या छ”, उनले गुनासो पोखे । खेतमा लगाइएको मकैले वर्ष दिनसम्म भैसीलाई आहार व्यवस्थापनका लागि सजिलो हुने गरेकोमा यस पटक उत्पादन स्याहार्न नपाउँदा बजारबाट खरिद गरेर पशुपालन गर्ने अवस्था सिर्जना भएको उनको भनाई छ । जेठको अन्तिम सातादेखि यस क्षेत्रमा खेतमा पाकेका मकै स्याहार्ने कामले किसान व्यस्त रहन्थे । हिजोआज किसानको दिन फुर्सदिलो बनेको छ । सिँचाइ सुविधा भएका खेतबारीमा पनि आकाशे पानीको अभावले राम्रोसँग मकै सप्रन सकेको छैन । पानीका मूल खडेरीले सुक्दै जान थालेपछि सिँचाइ सुविधा पुगेका जमिन सुक्खा बनेका छन् । लामो समय खडेरीले खोला, नदीनालाका मूल, कुवाका पानी सुक्न थालेपछि कुलो तथा नहरबाट सिँचाइका लगिएका पानी खेतको मुहानमा पुग्नै समस्या रहेको बताउछन्, अगुवा कृषक घनश्याम देवकोटा । उनी भन्छन्, “नहर, कुलोको पानी खेतको मुहानमा पु¥याउन सकिएको छैन, तरकारी खेतीमा खानेपानी आयोजनाको पानी बिहान साँभm बोकेर राख्ने हो, दिनभर चर्को घामले पानी राखे नराखेको केही फरक छैन ।” देवकोटाले लामो समयदेखि व्यावसायिकरुपमा तरकारी खेती गरिरहेको छ । करिव पाँचदेखि सात रोपनीमा उनले विभिन्न जातका तरकारी लगाउछन् । प्रयाप्त सिँचाइ दिन नपाउँदा बोटमा नै तरकारी ओइलाउन थालेको उनी बताउछन् । खडेरीले मकैबाली तथा तरकारी खेतीमा नराम्रो असर गरेपछि यस पटक मकैबाली उत्पादन घट्ने रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए । उनका अनुसार रामपुरका सिँचाइको पर्याप्त सुविधा भएका केही ठाउँमा लगाइएको मकै आकाशे पानीको अभावले राम्रोसँग सप्रन सकेका छैनन् । घोका लागेका केही मकैमा किरा लाग्नेजस्ता समस्या देखिएको छ भने दाना पनि त्यति राम्रोसँग नलागेको किसान बताउँछन् ।   दुःख गरेर लगाएको बाली स्याहार्न नपाई खडेरीले खेतबारीमै विलिन हुँदा किसान मारमा परेका छन् । खेतबारी खनजोत, मकै गोडमेल, मलजलका लागि गरेको लगानी खेर गएकोमा किसान चिन्तित बनेका छन् ।
प्रकाशित मिति: बिहीबार, जेठ ३२, २०८०  १०:२६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP