Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेभित्र पेलानमा पूर्वमाओवादी
एमालेभित्र पेलानमा पूर्वमाओवादी
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ३०, २०८०
UML_leaders copy
RBB RBB
-पूर्वमाओवादी मणि थापा एमालेबाट विदा -प्रभु साह एमालेबाट अलग भएर आजपा अध्यक्ष - दावा तामाङ, गौरीशंकर चौधरी, ट‌ंक आङ्बुहाङ, श्रीजबेगूलगायत गुमनाम - टोपबहादुर रायमाझी शरणार्थी काण्डले हिरासतमा - पूर्वगृहमन्त्री रामबहादुर थापा निस्क्रिय
काठमाडौं-  नेपाली कम्युनिस्ट आन्दोलनको मियो बन्न सक्ने भन्दै एमालेमा गएका पूर्वमाओवादी नेताहरूको ‘हरिबिजोग’ भएको छ । उनीहरू गुमनाम पनि छन् । कोही भने अलग भइरहेका छन् । एमालेबाट हालै ‘बिदा भएँ’ भनेका पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका पूर्वमाओवादी नेता मणि थापाले एमालेमा अध्यक्ष केपी शर्मालाई प्रश्न गर्नै नहुने स्थिति पाइएको बताए । उनका अनुसार प्रश्न गरिए छ महिनासम्म पार्टीबाट किनारा लाग्नुपर्छ । अर्थात् ओलीको आलोचना एमालेमा गर्न पाइँदैन । गत वर्ष काभ्रेमा आयोजित एक कार्यक्रममा पार्टीको मूल नेतृत्व दक्षिणपन्थमा अग्रसर भएको भन्दा त्यहीँदेखि आफूलाई ‘तपाईं कडा बोल्नुहुन्छ’ भन्दै ओलीले काम गर्ने वातावरण खुम्च्याइदिएको थापाले बताए ।‘पुष्पकमल दाहाल त बैठकमा तपाईंहरूको के छ भनेर विचार सुन्थे । उनी एक ढंगले लोकतान्त्रिक थिए । फेरि, हामी त युद्ध त आयौं । चित्त नबुझ्दा नेतृत्वमाथि प्रश्न गर्ने र आक्रोश पोख्थ्यौं,’ उनले प्रभावसँग भने, ‘तर, ओली आफ्नो कुरा घण्टौं राख्छन् । अरुका सुन्दैनन् ।’ ५ पुस २०७७ मा नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन नेकपामा रहेका पूर्वमाओवादी नेताहरू थापा, रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, दावा तामाङ, प्रभु साह, गौरीशंकर चौधरी, टंक आङ्बुहाङ, श्री जबेगूलगायत ओली कित्तामा पुगेका थिए । २३ फागुन २०७७ मा न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नामसम्बन्धी विवाद निरुपण गर्ने क्रममा ऋषि कट्टेलको पार्टीको नामलाई वैधानिकता दिएपछि नेकपा विघटन भई एमाले र माओवादी ब्युँतिदा उनीहरू एमालेमै रहे ।ओलीले त्यसबेला उनीहरूलाई मन्त्री पद बाँडेका थिए । थापा पनि खानेपानीमन्त्री भए । उनै पूर्वमन्त्रीसमेत रहेका थापा भन्छन्, ‘त्यसबेला हामी थुप्रै पूर्वमाओवादीले नेकपाको मूल खेमा ओलीले नेतृत्व गरेको नेकपा भनेर एकताबद्ध भयौं । एमालेबाटै नेपाली कम्युनिस्ट आन्दोलन उचाइमा पुग्छ भन्ने लागेको थियो तर त्यस्तो देखिएन । बिदा लिएँ ।’हाल पूर्वमाओवादी नेताहरूमध्ये टोपबहादुर रायमाझी चर्चित शरणार्थी काण्डका मुख्य योजनाकारको आरोपमा प्रहरी हिरासतमा छन् । उनी एमालेसचिव हुन् । पार्टीका उपाध्यक्ष रहेका पूर्वमाओवादी नेता रामबहादुर पनि यही काण्डमा मुछिएका छन् । श्रीमती तथा सांसद नैनकला थापाको नाम शरणार्थी काण्डमै जोडिएको छ ।पार्टीसचिव लेखराज भट्टलाई एमालेकै कर्णबहादुर थापा पक्ष र नेता भीम रावल पक्षले सुदूरपश्चिममा स्वीकार गरेका छैनन् । गत वर्षको ४ मंसिरमा निर्वाचन भट्टले थापा र रावल पक्षको प्रत्यक्ष भूमिका रहेको प्रमाण नै फेला परेको विवरण सार्वजनिक भएको थियो । यसरी भट्ट एमालेभित्रकै दुई टिमको पेलानमा परेका छन् र जसले उनको राजनीतिक भविष्य संकटमा परेको चर्चा चल्दै आएको छ । यहीबीच भट्टराई आफ्नै पूर्वनेता दाहालले कैलाली जाँदा भेटेका थिए । पूर्वमाओवादी नेता प्रभु साह त मणि थापाभन्दा अघि एमालेबाट अलग भएका हुन् । उनी हाल आम जनता पार्टी (आजपा) नेपालका अध्यक्ष छन् । दाहाल नेतृत्वको माओवादीमा उनी आउन लागेको चर्चा छ । एमालेमा गएका पूर्वमाओवादी नेताहरू दावा तामाङ, टंक आङ्बुहाङ, श्री जबेगूलगायत भने गुमनाम छन् । ओलीले उनीहरूलाई जनतासँग जोडिने गरी क्रियाशील भूमिका दिएका छैनन् । सोही कारण उनीहरू गुमनाममा रहेको एमालेका गएका अर्का एक जना पूर्वमाओवादी नेता बताउँछन् । ‘हामी पूर्वमाओवादीहरूको स्कुलिङ भिन्नै हो । एमाले नेताहरूको भिन्नै । पहिलो त स्कुलिङमा तादम्यता भएन र अर्को जनतासँग जोड्न क्रियाशील भूमिका खासै छैन,’ उनले भने, ‘स्वार्थभन्दा पनि आन्दोलनलाई सफल बनाउन भनेर आइयो । तर, सोचेजस्तो छैन ।’ तत्कालीन एमालेमा नेता माधवकुमार नेपाल पक्षबाट ‘१० भाइ’ आउनुभन्दा पहिले नै पूर्वमाओवादी नेताहरू एमालेमा आएका थिए । दुवैतिरबाट आएका नेताहरूमाथि ओलीले अघोषित रुपमा जिम्मेवारीका आधारमा विभेद गरेका एमालेबाट बिदा लिएका नेता थापाले बताए । उनी भन्छन्, ‘एमाले सिंगो पार्टी हुन सकेन । त्यहाँ पूर्वमाओवादी, १० भाइ र ओली टिम भए । भावनात्मक रूपमा मिलन भएको छैन ।’पूर्वमाओवादी नेताहरू १० वर्षे जनयुद्ध लडेर आएका हुन् । २०५२ सालदेखि दाहाललाई साथ दिएका उनीहरू २५ वर्षपछि दाहालविरुद्ध नै प्रश्न उठाउँदै ओलीको दल एमाले गएका थिए । त्यसक्रममा दाहालले तत्कालीन सांसदको हैसियतमा रहेका लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसद पदबाट हटाइदिएका थिए ।उनीहरू सांसद पदमा पुनर्वहालीको माग गर्दै सर्वोच्च पुगे तर उनीहरूको सांसद पद थमौती सर्वोच्चले गरी दिएन । एकातिर सांसद पद गुमाएर त्यसरी एमाले भएका उनीहरू पछिल्ला दिनमा ओलीको कार्यशैली मात्रै होइन, अभिव्यक्तिहरूले असन्तुष्ट छन् । ओलीले फागुन १ लाई राष्ट्रिय उत्सवको रुपमा ‘जनयुद्ध दिवस’ मनाउन नसकिने बताउँदै आएका छन् । यसप्रति पूर्वमाओवादी नेताहरूले चित्त दुखाउँदै आएका छन् । प्रभुदेखि मणि थापासम्म एमालेबाट अलग हुनुको एउटा कारण जनयुद्धप्रतिको असान्दार्भिक ओली अभिव्यक्ति पनि हो ।
प्रकाशित मिति: मंगलबार, जेठ ३०, २०८०  ०७:१८
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता बुधबार, वैशाख ३१, २०८२
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग
साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न माग बुधबार, वैशाख ३१, २०८२
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह
गैरआवासीय नेपाली सङ्घलाई एकताबद्ध, मर्यादित र उद्देश्यकेन्द्रित बनाउन प्रधानमन्त्रीको आग्रह बुधबार, वैशाख ३१, २०८२
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति
सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति बुधबार, वैशाख ३१, २०८२
तामाखानी उत्खननका लागि खोजतालस सुरु
तामाखानी उत्खननका लागि खोजतालस सुरु बुधबार, वैशाख ३१, २०८२
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र बुधबार, वैशाख ३१, २०८२
निभाइयो मखनटोलमा लागेको आगो
निभाइयो मखनटोलमा लागेको आगो बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP