Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #जनैपूर्णिमा
  • #रजु राणा
  • #जर्मन प्राज्ञ
  • #भव्य नगर
  • #भूमि विधेयक
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
  • #उत्तराखण्ड बाढी
Search Here
समाचार
  • Home
  • समाचार
  • परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला
परम्परा जोगाउन पञ्चेबाजा बजाउँदै महिला
सम्झना राई
सम्झना राई सोमबार, जेठ २९, २०८०
panche baja
अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको वलीको भनाइ छ । सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उनले बताए। 
बाँके– बाँके राप्तिसोनारी गाउँपालिका–८ ओभरिकी रुपा वली अहिले ६५ वर्ष पुगेको छ । उनले नौ जवानले फुके झैंँ नरसिङ्गा फुक्छन् । लोपहुँदै गएको नेपालीको मौलिक संस्कृति र परम्परालाई जोगाउन आफूल पञ्चेबाजाअन्तर्गत पर्ने  नरसिङ्गा फुक्ने गरेको वलीले बताए ।
सुरुसुरुमा सास तान्न र स्वरलाई मोड्न निकै अप्ठ्यारो हुने गरेकामा हिजोआज भने बानी परेपछि सजिलैसँग नरसिङ्गा फुक्न सक्ने उनको भनाइ छ । “यो उमेरमा पनि मलाई कुनै रोगले छोएको छैन । म शारीरिक रुपमा पूर्ण रुपले स्वस्थ छु”, उनले भने , “नरसिङ्गा अरु बाजा बजाए जस्तो होइन । यसलाई सासले बजाउनुपर्छ ।”
वलीले आफूसँगै समूहमा आवद्धभएका अन्य महिलालाई पनि नरसिङ्गा बजाउन प्रेरित गरेको बताए। “यो त सीप हो । सीपलाई हस्तान्तरण गर्नुपर्छ । गरिएन भने लोपहुँदै जान्छ”, उनले भने  “अबको दुई/चार वर्षपछि मैले नरसिङ्गा बजाउन सक्दिन । नयाँ पुस्ताले अहिले नै सिके भने पछि बजाउन सक्छन् । नरसिङ्गा लोप नहोस्  भन्नका लागि मैले अरुलाई पनि सिकाउने गरेको छु ।”
अवसर पाए महिलाले सबै काम गर्न सक्छन् भन्ने सन्देश समाजलाई दिनका लागि आफूले नरसिङ्गा बजाउने काम रोजेको वलीको भनाइ छ । सुरुसुरुमा कुरा काट्नेले नि हिजोआज प्रशंसा गर्ने गरेको उनले बताए।
संस्कृति संरक्षण समूहअन्तगर्तको पञ्चेबाजा उप–समूहमा आवद्ध मैसरी खत्रीले १० किलोको पञ्चेबाजा बाजा बजाउछन् । सानैबाट नाच्ने गाउने रुची भएकाले आफु समूहमा आवद्ध भएको उनले बताए। घाँटीमा झुण्ड्याएर पञ्चेबाजा बजाउन सजिलो नहुने खत्रीले बताए । “काम त सजिलो कुन चै छ र ? १० किलोको पञ्चेबाजालाई घाँटीमा झुण्ड्याएर बजाई रहँदा सुरुसुरुमा हातमा फोका उठ्यो, ज्वरोले थला परिन्थ्यो”, उनले भने , “महिलाले पनि पुरुष सरह सबै काम गर्न सक्छन् भन्ने लागेर मैले पनि दशदश किलोको पञ्चेबाजा बजाउने हिम्मत गरेकी हुँ ।”
खत्री अहिले ४३ वर्ष पुगे। परिवारको साथ र सहयोग पाएर नै आफु पञ्चेबाजा बजाउन गाउँगाउँ जान पाउने उनले बताए। पैसाभन्दा पहिचान महत्वपूर्ण भएकाले आफुले जानेको काम गर्न पाउँदा खुसी लाग्ने खत्रीको भनाइ छ । “पैसा कमाउनका लागि हामीले पञ्चेबाजा बजाएका होइनौँ । हाम्रो लागि पहिचान ठूलो कुरा हो”, उनले भने, “पैसा खासै कमाइ नभए पनि गाउँमा हामीलाई पञ्चेबाजा बजाउन आउनुस् भनेर बोलाउँदा निकै खुसी लाग्छ ।” आत्मसम्मानले नै महिलालाई बलियो बनाउने खत्रीको बसझाइ छ । कुनैपनि काम गर्न महिलालाई उमेरले नछेक्ने बताउँदै उनले कुनै पनि काम गर्न ईच्छाशक्ति हुनुपर्ने बताए ।
सोही समूहमा आवद्ध भीमा विष्ट ५४ वर्षकी हुन। उनले अगुवा बाजा र सानो बाजा बजाउछन् । संस्कृतिको संरक्षणका क्षेत्रमा केही नयाँ गर्नुपर्छ भन्ने सोंचले अगुवा र सानो बाजा बजाउन थालेको उनले बताए । “म सानैबाट केही फरक गर्नुपर्छ भन्ने सोच्थे । जब मलाई अगुवा र सानो बाजा बजाउने जिम्मा समूहले दियो यो मेरो लागि नयाँ भयो”, उनले भने , “एउटै काम गर्न भन्दा नयाँ–नयाँ काम गर्दा नयाँ कुरा सिक्ने मौका पाइन्छ र अनुभव पनि धेरै हुन्छ ।”
विसं २०७९ असोजमा गठन भएको उक्त पञ्चेबाजा समूहले सुरुमा रू १० हजार मात्र कमाएको विष्टले बताए। समूहको तर्फबाट पहिलो पटक उक्त रकम कमाउँदा निकै खुसी लागेको उनले बताए।
भ–ूपरिधि कार्यक्रम (ताल) ले लोप हुँदै गइरहेको नेपालीको मौलिक बाजा, संस्कृति र परम्परालाई जोगाइ राख्नका लागि समूहलाई पञ्चेबाजा दिएर सहयोग गरेको सांस्कृति संरक्षण समूहका अध्यक्ष हर्कबहादुर विष्टले जानकारी दिए । उनका अनुसार उक्त पञ्चेबाजा समूहमा १९ जना महिला आवद्ध छन् । सो समूहमा १० दमाहा, दुई टेम्कि (सानो बाजा), दुई जोडा चिल्लर, दुई सनई, दुई नरसिङ्गा र नेपाली पोसाक छन् ।
बिहे, पूजा, उद्घाटन समारोहलगायत ठाउँमा गएर बाजा बजाउँदा महिलाले नेपाली पोसाक लगाउने गरेका अध्यक्ष विष्टले बताए । रुकुम र सल्यानबाट बसाइँ सरेर बाँकेको राप्तिसोनारी–८ ओभरीमा आएका रुकुमेली र सल्यानीले आफ्नो पूर्खाले पहाडमा जोगाइ राखेका मौलिक बाजा, संस्कृति र परम्परालाई बाँकेमा जोगउने उद्देश्यले पञ्चेबाजा समूह गठन गरेको उनको भनाइ छ । उनकाअनुुसार सो समूूहको कोषमा अहिले रू ६५ हजार जम्मा भएको छ । समूह गठन भएदेखि उक्त समूहले रू एक लाख ३२ हजार कमाएको थियो ।
बाजा बजाउन पञ्चेबाजा समूहका महिला बाँकेको विभिन्न ठाउँमा जानुका साथै छिमेकी जिल्ला बर्दिया, दाङ, सल्यानहुुँदै रुकुमसम्म पुग्ने गरेका अध्यक्ष विष्टले जानकारी दिए । उनका अनुसार समूूहमा ३० देखि ६५ वर्षसम्मका महिला आवद्ध छन् ।

प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  १६:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
बुटवल-नारायणगढ सडक पुनःअवरुद्ध
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
साउदीमा सम्झौता सकिएका श्रमिकलाई फरार सूचीमा राख्नुअघि ६० दिनको समय
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
जर्मन प्राज्ञद्वारा निर्वाचन अभियानबाट फिर्ताको घोषणा
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP