Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
राजनीति
  • Home
  • राजनीति
  • बजेटमा ठुस्स माधव
बजेटमा ठुस्स माधव
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २९, २०८०
Madhav copy
-सत्ता गठबन्धनको एउटा दल नेकपा एस बजेटप्रति असन्तुष्ट - कांग्रेस सांसदहरू पनि बजेटबारे प्रश्न गर्दै
  काठमाडौं – आगामी आर्थिक वर्ष २०८० /८१ को बजेटप्रति सत्तारुढकै सहयात्री असन्तुष्ट बनेका छन् । असन्तुष्ट नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहालले गोरखा, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले डडेलधुरा र अर्थमन्त्री डा. प्रकाशशरण महतले नुवाकोटमा बजेट खन्याएको आरोप लगाएका छन् । समानुपातिक ढंगले बजेट विनियोजन नभएको भन्दै यही अवस्थामा बजेट पारित गर्न नदिने गठबन्धनकै एक जना नेता माधवकुमार नेपालले चेतावनी दिइरहेका छन् । उनका अनुसार यथास्थितिमै बजेट पारित गरिए सरकार दुर्घटनामा पर्नेछ । ‘यही पारामा जाने हो भने सरकार दुर्घटनातिर जान्छ कि भन्ने डर लाग्छ । त्यस्तो नहोस् भन्नका लागि प्रधानमन्त्रीको ध्यान जानुपर्छ । अर्थमन्त्रीको ध्यान जानुपर्छ । चित्त बुझाउनुपर्छ,’ उनले आइतबार पत्रकारसँग भने, ‘बेठीक भएको कुरालाई करेक्सन गर्नुपर्छ ।’ नीति तथा कार्यक्रम असंशोधनीय भए पनि संसद्मा सांसदहरूले उठाएका महत्वपूर्ण कार्यक्रमलाई बजेटमार्फत सम्बोधन गर्ने गरिन्छ । आज (सोमबार) अर्थमन्त्रीले संसद्मा यसबारे जवाफ दिने कार्यसूची संसद्को छ । जवाफ दिएपछि बजेट पारितको प्रस्ताव संसद्मा प्रस्तुत गर्नुपर्ने हुन्छ । यदि, सांसदहरूले उठाएका महत्वपूर्ण कार्यक्रमलाई बजेटमार्फत सम्बोधन नगरिए के प्रधानमन्त्री दाहाललाई सरकार टिकाउन चुनौती होला त ? अहिले यस्ता प्रश्न उठ्न थालेका छन् । सत्ता नेतृत्व दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बजेटकै कारण सरकार नढल्ने बताउँछन् ।प्रभावसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले बजेटको विषयमा उठेका मुख्य सवाललाई सम्बोधन गरेर अघि बढिने बताए । त्यस्तो अवस्थामा सरकार ढल्ने भन्ने कुरा वाहियात हुने उनको भनाइ छ । ‘बजेट र त्यसमा पनि विनियोजनको बारेमा सत्ता गठबन्धनभित्र केही गुनासाहरू विषय छलफलमा छन् । मलाई लाग्छ, यो बैठकमा अन्तिमसम्म जाँदाखेरी गठबन्धनभित्र छलफल गरेर यसको हल हुन्छ,’ सांसद सापकोटाले भने । गठबन्धनको मुख्य दल नेपाली कांग्रेसका सांसदहरू पनि बजेटमाथि प्रश्न उठाइरहेका छन् । यथास्थितिमा बजेट पारित गर्न नहुने घुमाउरो शैलीमा अभिव्यक्ति दिँदै आएका छन् । आइतबार संसद्मा कांग्रेस सांसद प्रदीप पौडेलले अर्थमन्त्री डा. महतलाई सोधे, ‘छलफलमा उठेका विषयहरूलाई बजेटमा कसरी समावेश गर्नुहुन्छ ?’ जसरी पनि संसद्मा उठेका विषयहरूको सम्बोधन आवश्यक हुने आशयमा सांसद पौडेलले आफ्नै दलबाट अर्थमन्त्री भएका महतलाई सोधेका हुन् । यसबारे महतले जवाफ दिन बाँकी छ । भूराजनीतिक मामिलाका कतिपय जानकारहरू चाहिँ हालै दक्षिणी छिमेकी देश भारतको भ्रमण गरी त्यहाँको संस्थापन पक्षलाई सन्तुष्ट पारेर प्रधानमन्त्री दाहाल आएका हुन् । दाहाल नेतृत्वको सरकार अझै टिक्ने सन्दर्भमा यस्तो विश्लेषण सुनिने गरिएको छ । त्यसो त दाहाल इन्दोरस्थित उज्जैनको महाकालेश्वरमा गेरुवस्त्र लगाएर आएको केही दिनमै पशुपतिनाथको दर्शन गर्नसम्म पुगेका छन् । तर, यसपटक गठबन्धन सरकारको बजेटलाई लिएर विपक्षी दलहरूले त प्रश्‍न गरे नै, गठबन्धनकै दल र ती दलका केही सांसदहरूले लगातार प्रश्‍न गरे । यसले बजेटबाट भए पनि सांसदहरूले उठान गरेका विषयहरूलाई सम्बोधन गर्न सरकारलाई दबाब परेको छ । यदि, सम्बोधन भएन र बजेट पारित नभए सरकार अप्ठेरोमा पर्न सक्छ । बहुदल आएपछि तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको बजेट पार्टीकै अर्का नेता गिरिजाप्रसाद कोइराला समूहको असहयोगका कारण बहुमतले अस्वीकृत भएको थियो । त्यसपछि प्रधानमन्त्री भट्टराईले राजीनामा दिएका थिए । कतै भट्टराईजस्तै संकटमा त पर्ने होइन ? प्रश्‍न उठेको छ । बजेट पारित गर्न बहुमत चाहिन्छ । वर्तमान संसद्मा २७५ जना सांसद छन् । यसको झिनो बहुमत १३७ सांसद हो । अहिले गठबन्धन दलहरूसँग चाहिनेभन्दा बढी बहुमत छ । तैपनि नेता नेपाल नेतृत्वको दल र डा. सिके राउत नेतृत्वको दल जनमत पार्टी गठबन्धनमा असन्तुष्ट छन् । नेपालको दलसँग १० सिट र राउतको दलसँग छ सिट छ । दुवै दलको सिट जोड्दा १६ पुग्छ । यसले गठबन्धन सरकारलाई धरमरमा भने पुर्‍याउँछ । किनभने, यी दुई दल बजेटको विपक्षमा उभिएको अवस्थामा पनि गठबन्धनका दलहरू कांग्रेस, माओवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको झिनो बहुमत पुग्छ । यी दलहरूको कूल मत १३९ हुने देखिएको छ । राजनीतिक विश्लेषक डा. विष्णु दाहाल गठबन्धनमा बजेटलाई लिएर उत्पन्न असन्तुष्ट झनै चर्किए सरकार टिकाउन चुनौती थपिनसक्ने बताउँछन् । तर, मूलभूत कार्यक्रमलाई समेट्न सक्ने उनलाई लाग्छ । यदि, त्यसो नगरिएको अवस्थामा सरकार धेरै टिक्नेमा उनको शंका छ । यही १५ जेठमा अर्थमन्त्री डा. महतले संसद्मा बजेट प्रस्तुत गरेका हुन् । गठबन्धन दलहरूको साझा न्यूनतम कार्यक्रमलाई आधार मानेर सरकारले बजेट तयार गरेको हो । बजेटलाई विपक्षी दलहरू नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चासँगै स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले विरोध जनाउँदै आएका छन् । बजेटले रोजगारी र उत्पादनमूलक वस्तुको वृद्धि नहुने उनीहरूको दाबी छ ।
प्रकाशित मिति: सोमबार, जेठ २९, २०८०  ०७:४४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा
पर्वतारोहण संघको अध्यक्षमा फुर गेल्जे शेर्पाले उम्मेदवारी घोषणा मंगलबार, साउन १३, २०८२
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु
संखुवासभासहित पूर्वी पहाडी जिल्लामा लाखेजात्रा सुरु मंगलबार, साउन १३, २०८२
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै
नागरिक उड्डयन प्राधिकरण विभाजन हुँदै मंगलबार, साउन १३, २०८२
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
फोहोर मैलाको कर्मचारी हुँ भन्दै ठगी गर्ने व्यक्ति पक्राउ मंगलबार, साउन १३, २०८२
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’
‘सामाजिक सङ्घसंस्थाका माध्यमबाट पार्टीलाई स्थापित गर्नुपर्छ’ मंगलबार, साउन १३, २०८२
खानेपानी मन्त्री खड्काले दिए राजीनामा
खानेपानी मन्त्री खड्काले दिए राजीनामा मंगलबार, साउन १३, २०८२
कागती बिक्री नहुँदा किसान समस्यामा
कागती बिक्री नहुँदा किसान समस्यामा मंगलबार, साउन १३, २०८२
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: prabhabdailynews@gmail.com
marketing2prabhab@gmail.com

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP