Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
Search Here
राजनीति
  • Home
  • राजनीति
  • प्रधानमन्त्रीलाई मुद्दैमुद्दा ,पूर्वप्रधानमन्त्रीमाथि पनि मुद्दाका चाङ
प्रधानमन्त्रीलाई मुद्दैमुद्दा ,पूर्वप्रधानमन्त्रीमाथि पनि मुद्दाका चाङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २८, २०८०
Pms copy
RBB RBB
- प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा आज बाल सेना दुरुपयोगको मुद्दा दायर हुँदै गर्दा अरु मुद्दाको पनि छिनोफाने हुन बाँकी -पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, केपी शर्मा ओली, माधवकुमार नेपाल र शेरबहादुर देउवाविरुद्धको मुद्दा पनि अदालतमा विचाराधीन
काठमाडौं - विधिको शासन भएको भनिएको देशमा सरकारको नेतृत्वमा पुगेका नेताहरुबाटै कानुन उल्लंघन हुनु सामान्य घटना होइन । तर, नेपालमा सत्ताको नेतृत्वमा पुगेकाहरुबाट पटक–पटक यस्तो प्रवृत्ति दोहोर्‍याउने गरेका छन् । यही कारण वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरुले मुद्दाको सामना गरिरहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालदेखि पूर्वप्रधानमन्त्रीहरू डा. बाबुराम भट्टराई, केपी शर्मा ओली, माधवकुमार नेपाल र शेरबहादुर देउवाविरुद्ध अदालतमा विभिन्न मुद्दा दर्ता भएका छन् । प्रधानमन्त्री दाहालविरुद्ध अर्को मुद्दा थपिने भएको छ । माओवादी लडाकु लेनिन विष्टसहितले पेस गरेको रिट दर्ता गर्न शुक्रबार सर्वोच्च अदालतले आदेश दिएसँगै दाहालविरुद्ध मुद्दा थपिने निश्चित भएको हो । उक्त मुद्दा आज दर्ता हुने जनाइएको छ । यसअघि उक्त रिटमा उठाइएको विषय सत्य निरुपण तथा मेलमिलाप आयोगमार्फत टुंगो लगाउनुपर्ने भन्दै सर्वोच्च प्रशासनले रिट दरपीठ गरिदिएको थियो । यही २६ जेठमा गरेको दरपीठविरुद्ध विष्टले सर्वोच्चमा निवेदन दिएका थिए । न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले शुक्रबार रिट दर्ता गर्न अदालत प्रशासनलाई आदेश गरेको हो । विष्टले जनयुद्धको समयमा आफूलाई लडाइँमा प्रयोग गरेको तर अहिले कुनै पनि व्यवस्थापन नगरेको भन्दै माओवादी र सरकारबाट कुनै राहत वा सहयोग नपाएको जिकिर रिटमा गरेका छन् । यो मुद्दामा अन्तर्राष्ट्रिय फौजदारी कानुनसमेत आकर्षित हुन्छ । त्यही भएर युद्ध अपराधमा अनुसन्धान अघि बढाउन तत्काल प्रधानमन्त्री पदबाट निलम्बन गर्न रिटमा माग गरिएको छ । प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा अरु थुप्रै मुद्दा छन् । गत वर्षको २३ फागुनमा दायर अधिवक्ता ज्ञानेन्द्र आरणको द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता पारिएका व्यक्ति तथा अर्का अधिवक्ता कल्याण बुढाथोकीको द्वन्द्वकालमै अंगभंग, सम्पति कब्जा र लुटपाटका घटनासम्बन्धी दुईवटा छुट्टाछुट्टै रिट सर्वोच्चमा विचाराधीन छन् । आरणका बुबा टीकाराजको माओवादीले अपहरण गरी हत्या गरेको र बुढाथोकीका बुबा भुवनसिंह विस्थापित भएका थिए । १ माघ २०७६ मा माघीको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा दाहालले द्वन्द्वका क्रममा मारिएका १७ हजारमध्ये आफूले पाँच हजारको जिम्मा लिने बताएको भनाइलाई आरोपीको स्वीकारिएको बयानको रूपमा लिनुपर्ने रिट निवेदकद्वयको माग थियो । नेपाली कांग्रेससँग निकट दुवै रिट निवेदकले दायर गरेको रिट दर्तापछि माओवादीले गम्भीर आपत्ति जनाउँदै द्वन्द्वकालीन मुद्दाको टुंगो अदालतबाट भन्दा पनि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगबाट गर्नुपर्ने जनायो । तीन दिनपछि २६ फागुनमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रधानमन्त्री दाहालविरुद्ध कारण देखाऊ आदेश जारी गर्‍यो । तर, मुद्दाको टुंगो लागेको छैन । प्रधानमन्त्री दाहालविरुद्ध १० भदौ २०७० मा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा पनि छ । गोरखाका कृष्णप्रसाद अधिकारीको हत्या अनुसन्धान गर्ने अदालतले निर्देशात्मक आदेश दिएको अवस्थामा दाहालले त्यसबेला अदालतको जात कुन हो ? भन्दै द्वन्द्वकालीन मुद्दा ब्युँताइए विद्रोहको चेतावनी दिएका थिए । यो मुद्दाको पनि टुंगो हुन बाँकी छ । कानुनका विद्यार्थी समीर हायु रिट निवेदक रहेको अर्को अदालतको अवहेलना मुद्दा पनि अझै विचाराधीन छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध पनि तत्कालीन बाल सेना विष्टसहित निवेदक रहेको युद्ध अपराधसम्बन्धी मुद्दा दर्ता हुने भएको छ । यस्तै मातातीर्थको १७२ रोपनी १५ आना जग्गा कमाउने मोहीलाई नै आफू प्रधानमन्त्री हुँदा वितरण गरेकोसम्बन्धी एउटा मुद्दा अझै टुंगिएको छैन । उनीविरुद्ध द्वन्द्वकालीन मुद्दालाई लिएर अधिवक्ताहरू ज्ञानेन्द्र आरण र कल्याण बुढाथोकीको मुद्दा पनि छ । यी कुनै मुद्दाको अन्तिम किनारा लागेकै छैन । डा. भट्टराईले भने प्रधानमन्त्री दाहालले जसरी यी मुद्दाहरूको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै टुंग्याउनुपर्ने बताउँदै आएका छन् । अदालतबाट टुंगो लगाउँदा दोषी ठहरिने र जेल पर्ने चिन्ता उनलाई छ ।अर्का पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध पनि मातातीर्थको ११७ रोपनी १५ आना जग्गा मोहीलाई वितरण गरेको सम्बन्धी मुद्दा छ । यो भ्रष्टाचारसम्बन्धी मुद्दा हो । वर्षौंदेखि यो मुद्दा विचाराधीन अवस्थामा छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध प्रधानमन्त्रीका रूपमा पद तथा गोपनीयताको शपथ ग्रहणसम्बन्धी मुद्दा छ । उनले संविधानअनुसार संसद्प्रति जवाफदेही हुँदै पद तथा गोपनीयताको शपथ ग्रहण नगरेको भन्दै २३ फागुन २०७४ मा अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका थिए । यो मुद्दाको पनि खारेज भएको छैन । उनीविरुद्ध अदालतलको अवहेलना मुद्दाहरू पनि छन् । दुईवटा मुद्दा भने पशुपतिमा सुनको जलहरी राख्ने विषयसँग सम्बन्धित छन् । बागमती प्रदेशका पूर्वसांसद नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले सम्पदाको विषय उठाउँदै रिट दायर गरेकी हुन् ।पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध पनि २१ चैत २०७३ मा दायर अदालतको अवहेलनासम्बन्धी मुद्दा छ । अधिवक्ता हरिप्रसाद मैनालीले प्रहरी महानिरीक्षकको फैसलाबारे कांग्रेस केन्द्रीय समितिले सरकारको काममा हस्तक्षेप गरेको भन्ने निर्णय अदालतको अवहेलना भएको भन्दै रिट दर्ता गरेका थिए ।अर्का प्रधानमन्त्री झलनाथ खनालविरुद्ध ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ स्थापना गरेर सर्प पाल्ने नाममा राज्यकोषबाट ७२ करोड लिएर दुरुपयोग पारेको आरोप लाग्दै आएको छ ।
प्रकाशित मिति: आइतबार, जेठ २८, २०८०  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
तामाखानी उत्खननका लागि खोजतालस सुरु
तामाखानी उत्खननका लागि खोजतालस सुरु बुधबार, वैशाख ३१, २०८२
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र
पैतीस वर्षपछि २६ परिवारले पाए जग्गाधनी प्रमाणपत्र बुधबार, वैशाख ३१, २०८२
निभाइयो मखनटोलमा लागेको आगो
निभाइयो मखनटोलमा लागेको आगो बुधबार, वैशाख ३१, २०८२
सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी 
सांसद राईविरुद्ध अदालतमा मुद्दा, बिगोसहित सात वर्ष कैद मागदाबी  बुधबार, वैशाख ३१, २०८२
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु बुधबार, वैशाख ३१, २०८२
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन मंगलबार, वैशाख ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP