Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भारत–पाकिस्तान
  • #विश्वकप एसिया छनोट
  • #आइसिसी महिला टी–ट्वान्टी
  • #रामनाथ_अधिकारी
  • #कृषि तथा पशुपन्छी विकासमन्त्री
  • #बर्ड फ्लु
Search Here
राजनीति
  • Home
  • राजनीति
  • ओलीको उत्तेजक अभिव्यक्ति ‘पहिचानवादीहरूलाई दनक दिऔं’
ओलीको उत्तेजक अभिव्यक्ति ‘पहिचानवादीहरूलाई दनक दिऔं’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, जेठ २६, २०८०
Kp oli
RBB RBB
बिहीबार नै प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार सवार गाडी रोकेर उदयपुरमा पहिचानवादीहरूले दुव्र्यवहार प्रयास गरेका थिए । यसअघि मुख्यमन्त्री हिक्मत कार्कीमाथि दुईपटक, सांसद पाँचकर्ण राई, निरेन राईलगायतविरुद्ध पनि पहिचानवादीहरू खनिएका थिए ।
काठमाडौं - कोशी प्रदेशमा नेकपा एमाले पहिचानवादीहरूको तारो बनेपछि अध्यक्ष केपी शर्मा ओलीले आक्रोशित हुँदै उत्तेजित अभिव्यक्ति दिएका छन् । उनले पहिचानवादीहरूलाई ‘दनक’ दिने बेला आएको बताएका हुन् । देशको पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको यो अभिव्यक्तिले आन्दोलन भड्किनसक्ने भन्दै चिन्तासमेत व्यक्त हुन थालेको छ । आफू नेतृत्वको दल एमालेका कोशी प्रदेश सांसद राम राना सवार गाडीमा आन्दोलनरत पहिचानवादीहरूले बिहीबार इलामको सोयाकमा मोबिल छर्किदिएपछि ओलीको उत्तेजित अभिव्यक्ति आएको हो । पार्टी मुख्यालय च्यासलमा पार्टीका नवनियुक्त केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराएपछि बोल्दै ओलीले प्रश्न गरे, ‘मोबिल छर्केर आगो लगाउन खोज्नेसम्मको हर्कत यो राजनीति हो ? अब नेकपा एमालेले तयारीका साथ दनक दिनुपर्ने अवस्था भयो ।’ सांसद राना कोशी नामका प्रस्तावक हुन् । उनलाई यसअघि इलामकै मांसेबुङमा पनि पहिचान पक्षधरहरूले आक्रमण प्रयास गरेका थिए । ओलीविरुद्ध पनि गत वैशाखको दोस्रो साता गृहप्रदेशको झापा, इलाम, पाँचथर र तेह्रथुम पुग्दा आक्रमण प्रयास भएको थियो । बिहीबार नै प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार सवार गाडी रोकेर उदयपुरमा उनीहरूले दुव्र्यवहार प्रयास गरेका थिए । यसअघि मुख्यमन्त्री हिक्मत कार्कीमाथि दुईपटक, सांसद पाँचकर्ण राई, निरेन राईलगायतविरुद्ध पनि पहिचानवादीहरू खनिएका थिए । यसपछि ओली आक्रोशित भएका हुन् । उनले एमाले अब चुप लागेर बस्न नसक्ने पनि चेतावनी दिए । ‘हाम्रा कार्यकर्ताहरूको रक्षा हामी आफैंले गर्नुपर्छ भने गरौंला । गुण्डा (आक्रमणकारी पहिचानवादी)हरू न नियन्त्रण गर्छ । केही गर्छ त सरकारले ? बरु, प्रचण्डको सरकारले प्रोत्साहित गरेको छ,’ उनले बिहीबार च्यासलमा भने, ‘यस कारणले गर्दा जवाफ दिनुपर्छ भन्ने अवस्था आइसकेको जस्तो लाग्छ मलाई ।’ वैशाखको दोस्रो साता ओली कोशी पुगेर पहिचानवादीहरूलाई भड्काइदिएका थिए । उनीहरू नीति तथा कार्यक्रम प्रदेश संसद्मा प्रस्तुत गरेको यही १४ जेठदेखि प्रदेश राजधानी विराटनगर केन्द्रित आन्दोलनमा छन् । आन्दोलनकै क्रममा लाजेहाङले ज्यान गुमाएका छन् । कयौं घाइते भएका छन् । तर, एमाले अध्यक्ष ओलीले भने लाजेहाङको हत्या पहिचान पक्षधरहरूले गरेको दाबी गरेका छन् । प्रहरीको संलग्नता नभएको उनको तर्क छ । १० चैतमा लाजेहाङको उपचारको क्रममा निधन भएको थियो । यसरी आन्दोलनले जनधनको क्षति बेहोरेको परिस्थितिबीच कोशी नाममै मतदान गरेको दुई दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेश पुनः नामकरणमा जोड दिएका छन् । कांग्रेसको त प्रदेशस्थित सबै जिल्लाका सभापतिहरूले विज्ञप्ति जारी गरेर प्रदेशमा शान्ति व्यवस्था कायम गर्न पनि प्रदेशको पुनः नामांकनमा गर्न सुझाएका छन् । १७ फागुनमा भने यी दुई दलका गरी ४२ जना सांसदले पनि कोशी नामको पक्षमा मतदान गरेका थिए । तर, एमाले भने पुनः नामांकनमा टसमस छैन । हालै मुख्यमन्त्री हिक्मत कार्कीले त चुनौतीपूर्ण भाषामा भनेका छन्, ‘अर्को निर्वाचनमा बहुमत ल्याएर प्रदेशको नाम फेर्नुहोस् । असंसदीय गतिविधिबाट नाम परिवर्तन हुँदै हुँदैन ।’ पहिचानवादीहरूले ऐतिहासिक पृष्ठभूमिको आधारमा प्रदेशको नामांकन गर्नुपर्ने बताउँदै आएका छन् । उनीहरूका अनुसार त्यहाँ किरात लिम्बुवान नाम हुनुपर्छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ २६, २०८०  ०६:५६
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक
लोकतन्त्रमा सञ्चारको निकै ठूलो महत्वः गृहमन्त्री लेखक बुधबार, वैशाख ३१, २०८२
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान
यौन हिंसा अन्त्य गर्न नीलो छाता अभियान बुधबार, वैशाख ३१, २०८२
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत
'विकास निर्माणको सबै काम प्रदेश र स्थानीय सरकारलाई दिनुपर्छ ’ : राउत बुधबार, वैशाख ३१, २०८२
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण
जनअपेक्षा पूरा गर्ने योजना ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण बुधबार, वैशाख ३१, २०८२
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट
प्रधानमन्त्रीसँग ‘कोरिया रेलरोड कर्पाेरेसन’का प्रमुखको भेट बुधबार, वैशाख ३१, २०८२
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत
मखनटोल आगलागीमा मृत्यु भएकी वृद्धाको सनाखत बुधबार, वैशाख ३१, २०८२
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता
गण्डकीमा ‘राइड सेयरिङ’लाई कानुनी मान्यता बुधबार, वैशाख ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP