Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘याङवाङ यु७’
  • #कुलिङ_पिरियड
  • #नेप्से परिसूचक
  • #‘नीलो आकाशैमा बादलु’
  • #रकम ठगी
  • #लोतीखोला_बेलीब्रिज
  • #सिद्धार्थ बैंक
  • #हुम्ला–मुगु _पुल
  • #गाथामग_चह्रे
Search Here
समाचार
  • Home
  • समाचार
  • आइटिसीमा पहिलो महिला अध्यक्ष बनिन् चम्पाडोल्मा
आइटिसीमा पहिलो महिला अध्यक्ष बनिन् चम्पाडोल्मा
सम्झना राई
सम्झना राई सोमबार, जेठ २२, २०८०
ITC
बैंकक- अन्तर्राष्ट्रिय तामाङ परिषद् (आइटिसी)मा पहिलोपटक महिला अध्यक्ष निर्वाचित भएकी छन् । थाइल्याण्डको बैंककमा आइतबार सम्पन्न पाँचौं सम्मेलनबाट चम्पाडोल्मा लामा अध्यक्षमा चयन भएकी हुन् । आयोजक राष्ट्र पदेन अध्यक्ष रहने नियमानुसार थाइल्याण्डकी चम्पाडोल्मा अध्यक्ष चयन भएकी हुन् । चम्पाडोल्मा अघि आइटिसीमा पुरुषमात्र अध्यक्ष बनेका थिए ।   सम्मेलनबाट महासचिवमा टासी लामा चयन भएका छन् । नेपालका टासी यसअघि वरिष्ठ उपाध्यक्ष थिए । यसपटक आइटिसीको विधानमा संशोधनसमेत गरिएको छ । योसँगै महासचिवलाई कार्यकारी अधिकार प्राप्त भएको छ ।   ‘यसपटक विधान संशोधन भयो, सोहीअनुसार महासचिवलाई कार्यकारी अधिकार दिइएको छ,’ महासचिवमा निर्वाचित लामाले भने, ‘संशोधित विधानअनुसार आइटिसी महासचिव प्रणालीमा गएको हो ।’ अन्तर्राष्ट्रिय मान्यताअनुसार महासचिवलाई कार्यकारी अधिकार दिइएको उनको भनाइ छ । अघिल्लो कार्यकालसम्म अध्यक्ष कार्यकारी भूमिकामा रहने व्यवस्था थियो । निवर्तमान कार्यसमितिमा भारतका केएम तितुङ अध्यक्ष र नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले महासचिव रहेका थिए ।   आइटिसीले विधान संशोधनसँगै यसपटकदेखि उपाध्यक्ष पद हटाइएको छ । परिषद्को उपमहासचिवमा अमेरिकाका लक्यान लामा, राष्ट्रिय सचिवमा भारतका आरपी तामाङ, सम्बन्ध सचिवमा दक्षिण कोरियाबाट शुभराज तामाङ, महिला सचिवमा रोमानियाबाट बुदुमाया तामाङ र कोषाध्यक्षमा जापानका हवलचन्द्र लामा चयन भएका छन् ।   जेठ २० गतेबाट थाइल्याण्डको राजधानी बैंकक सहरस्थित हुहाइनमा भएको दुईदिने सम्मेलनमा १७ मुलुकका १९ सदस्य संस्थाहरुका तर्फबाट प्रतिनिधि सहभागी भएका थिए । पदाधिकारी रहेकाबाहेक अरु मुलुकका एक–एक जना सदस्य रहने व्यवस्था रहेको छ ।   सम्मेलनले विधान संशोधनलगायत विश्व कार्ययोजना र समसामायिक प्रस्तावहरु समेत पारित गरेको जानकारी दिइएको छ । सम्मेलनमा थाइल्याण्ड, नेपाल, जापान, म्यानमारका प्रतिनिधिहरू नेपाल, भारत, अमेरिका, कोरिया, हङकङ, बहराइन, युएई, पोर्चुगल, रोमनिया, माल्टा, थाइल्याण्ड, बर्मा, जापान, बेल्जियम, मलेसिया, कतार र इटालीका तामाङहरुको सहभागिता रहेको थियो । सन् २००२ डिसेम्बरमा आइटिसीले पहिलो सम्मेलन आयोजना गरेको थियो । यसअघि सम्मेलन नेपाल र भारतमा मात्र हुँदै आएकोमा पहिलोपटक तेस्रो मुलुकमा आयोजना भएको हो ।              
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
‘फ्रि भिसा, फ्रि–टिकट’को प्रलोभनमा परेर पुगेकी थिइन् कुवेत
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
राैतहटमा गाजासहित कार बरामद,चालक फरार
सुनको मूल्य अठार सयले बढ्याे
सुनको मूल्य अठार सयले बढ्याे
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
चलचित्र ‘चे’ हङकङमा विशेष प्रदर्शन 
बीवाईडीले १ करोड ३० लाख पर्ने  ‘याङवाङ यु७’ सार्वजनिक
बीवाईडीले १ करोड ३० लाख पर्ने ‘याङवाङ यु७’ सार्वजनिक
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
तामाङ समाजमा धार्मिक संयोजनका आयामहरू
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
'तामाङ लोककथा सँगालो' तामाङ लोक साहित्यको 'दस्तावेज र दियो'
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
राष्ट्रिय स्रस्टा तथा प्रस्तोता प्रतिष्ठानकाे नयाँ कार्यसमिति चयन
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
यातायात क्षेत्रलाई व्यवस्थित बनाउने कार्य सरकारको उच्च प्राथमिकतामा छः मन्त्री दाहाल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP