Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #विश्व पानी दिवस
  • #नेपाली_कांग्रेस
  • #ई-पेन्सन
  • #विश्व_मौसम_दिवस
Search Here
राजनीति
  • Home
  • राजनीति
  • जनतासँग गरिएका बाचाहरु पूरा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
जनतासँग गरिएका बाचाहरु पूरा गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, फागुन ३, २०७६
Hardik health
काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार निष्ठापूर्वक कटिबद्ध र दृढ भएर जनतासामु गरिएका बाचाहरु पूरा गर्न प्रतिबद्ध रहेको बताएका छन् । सरकार गठनको दुई वर्ष पूरा भएको अवसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै उनले जनताले सुम्पेको विश्वास र भरोसाको नासोका रुपमा सार्वभौम जनताको आकांक्षाअनुरुप निर्धारित राष्ट्रिय लक्ष्य हासिल गर्न एकताबद्ध भएर अघि बढ्ने स्पष्ट पारे । प्रधानमन्त्री ओलीले हालसम्म ५५ नयाँ कानून बनेको, २०१ ऐन संशोधन र १३ ऐन खारेज भई मौलिक हक कार्यान्वयनसँगै लोकतन्त्र सुदृढ हुँदै गएको बताए । प्रधानमन्त्री ओलीले पूर्वपश्चिम राजमार्गको चारदेखि ६ लेन बढाउने, पुष्पलाल राजमार्ग छिटो बनाउने साथै राष्ट्रिय गौरवका आयोजना, माथिल्लो तामाकोशी, मेलम्ची खानेपानी यही वर्ष पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । सरकारले नेपाल–भारतबीचको सीमा विवादका विषयमा संवादका माध्यमबाट समस्या समाधान गरी अधिग्रहण भएको जग्गा फिर्ता गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे । प्रधानमन्त्री ओलीले मित्रराष्ट्र चीनमा देखापरेको कोरोना भाइरसका कारणले नेपालमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्दै उक्त भाइरस फैलिन नदिनका लागि चीन सरकारले गरेको प्रयासको प्रशंसा गरे । ऊर्जा क्षेत्रमा भएका उल्लेखनीय उपलब्धिका बारेमा जानकारी गराउँदै प्रधानमन्त्री ओलीले विद्युत् उत्पादनमा भएको वृद्धिसँगै विद्युत् निर्यातसमेत हुन थालेको बताए । साथै ८८ प्रतिशत जनसंख्यामा विद्युत् पुगेको उनले जानकारी गराए । उनले विभिन्न विद्युत् प्रसारण लाइन निर्माणमा पनि उल्लेखनीय प्रगति भएको बताए । उत्पादित विद्युत् भारत र बंगलादेश निर्यातका लागि सहज भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । ‘एमसीसी कम्प्याक्टअन्तर्गत लप्सेफेदी–रातामाटे–दमौली– हेडौँडा–पाल्पा–बुटवल र गोरखपुरसम्म अन्तरदेशीय विद्युत् प्रसारण लाइन र आवश्यक सवस्टेशन निर्माणको कार्य सम्पन्न गर्ने योजना दीर्घकालीन महत्वको मात्र नभएर नेपालको अपार जलविद्युत् सामथ्र्य उपयोगमा कोशेढुंगा हुनेछ’ उनले भने, ‘अमेरिकी सरकारको करीब ५५ अर्ब अनुदान र हाम्रो १४ अर्ब हाराहारीको लगानीका साथ सम्पन्न हुने यस परियोजनाले राष्ट्रिय गौरवको योजनाको महत्व र हैसियत प्राप्त गरेको छ ।’ उनले आगामी पाँच वर्षभित्र यस आयोजनाको निर्माण कार्य पूरा भइसक्दा नेपालको अर्थतन्त्र, वैदेशिक व्यापार, भुक्तानी सन्तुलन र ऊर्जा उपयोगको तस्वीर नै बदलिने दावी गरे ।
प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  ०८:१०
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार
नयाँ मन्त्रीहरूको पर्खाइमा सिंहदरबार सोमबार, चैत ९, २०८२
फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा
फुटबल प्रतियोगिता स्थगित हुँदा क्लब जोखिममा सोमबार, चैत ९, २०८२
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार सोमबार, चैत ९, २०८२
न्याय माग्दै पीडितहरु महिला आयोगमा
न्याय माग्दै पीडितहरु महिला आयोगमा सोमबार, चैत ९, २०८२
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा
आधारभूत अस्पतालको भवन अलपत्र पार्ने ठेकेदारको गाडी नियन्त्रणमा सोमबार, चैत ९, २०८२
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा
वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रा सञ्चालनमा जुट्यो कामपा सोमबार, चैत ९, २०८२
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल
निर्वाचनमा नयाँ मानक स्थापित गरेका छौँ: गृहमन्त्री अर्याल सोमबार, चैत ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP