Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • अनुसन्धानको सुई ओलीका स्वकीय र अख्तियार प्रमुखतिर
अनुसन्धानको सुई ओलीका स्वकीय र अख्तियार प्रमुखतिर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १०, २०८०
Prem-badal copy
Hardik health
- केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार प्रमुख प्रेमकुमार राई र रामबहादुर थापाकी पत्नी नैनकलालाई एक एक करोड बुझाएको बयान - थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्ने - बालकृष्णलाई जोगाइदिन मञ्जु धुम्बाराही पुग्दा खाणनिकट नेताहरुको पनि देउवासँग गुहार
काठमाडौं - जिल्ला अदालत काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालका अनुसार मंगलबार म्याद थपका लागि अदालतमा पेस गरिएकोमा हिरासतमा राख्नका लागि अदालतबाट थप दुई दिन म्याद पाएको हो । थपिएको दुई दिनको म्यादभित्रमा अब जिल्ला सरकारी वकिलको कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नुपर्छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी–ठगी प्रकरणमा अदालतमा अभियोजन दर्ता गर्ने गरी अन्तिम तयारी गरिरहेको छ । अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए । ‘बुधबार मुद्दा दर्ता गर्नेगरी अध्ययन गरिरहेका छौं, प्रहरीको रायमाथि केही थपघट गरेर अभियोजन दर्ता हुनसक्छ, अहिले अध्ययनकै चरणमा रहेकाले यही हुन्छ भन्ने अवस्था छैन,’ न्यौपानेले भने । जिल्ला प्रहरी परिसर काठमाडौंले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने लोभमा सयौं नागरिकको करोडौं रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । उक्त घटनामा पूर्वमन्त्री, सचिवसहितका १६ जना पक्राउ परेका छन् । अरु थप १७ जनालाई प्रतिवादी भनाएर मुद्दा चलाउने राय दिइएको परिसरका प्रहरी उपरीक्षक रिजालले बताए । प्रहरीका अनुसार ठगी, राज्यविरुद्धको अपराध र संगठित ठगीमा मुद्दा चलाउन सकिने राय प्रहरीको छ । उक्त घटनामा थप अनुसन्धानको पाटो खुला नै रहेको पनि रिजालले बताए । यस्तै सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न लेखी पठाउन राय दिइएको छ ।उक्त घटनामा ६० दिनभित्रमा अभियोजन गरिसक्नुपर्छ । आज नै ६० दिन पुग्दै छ । यस घटनामा ११३ जना पीडितले २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । सोही आधारमा बिगोसमेत हुनेगरी अभियोजन गर्न राय दिइएको प्रहरीले जनाएको छ । शरणार्थी प्रकरणमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित गिरोह केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना फरार छन् । थप हाइप्रोफाइल तानिने घटनाका मुख्य अभियुक्त दुलाल, सचिव पाण्डे र भण्डारीको बयानले थप हाइप्रोफाइलसमेत यस प्रकरणमा तानिने देखिएको छ । हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई, पूर्वगृहमन्त्री रामबहादुर थापा, उनकी श्रीमती नैनकला र प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसमेत यस प्रकरणमा जोडिने देखिएको हो । प्रहरी हिरासतमा रहेका रहेका दुलालले ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाई बालुवाटारमै पुगेर एक करोड रुपैयाँ बुझाएको बयान दिएका छन् । ओली प्रधानमन्त्री भएको समयमा २०७६ असोजमा उक्त रकम दिएको दुलालले बयानका क्रममा प्रहरीलाई सुनाएको बताइएको छ । अर्का अभियुक्त भण्डारीले यस घटनामा थापाकी श्रीमती नैनकलालाई पनि एक करोड रुपैयाँ दिएको बयान दिएका छन् । सानुले रकम दिएको कुरा बालदका छोरा प्रतीक थापाको कुराबाट पुष्टि हुने आधारसमेत उनले बयानमा दिएका छन् । पुल्चोकस्थित मन्त्री क्वाटरमै पुगेर पैसा दिएपछि आमा र छोराको कुराकानीबाट नक्सालको एक होटेलमा भएको भेटमा खुलेको केशव दुलालले बयान दिएका छन् । प्रहरीले बादलका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । उनको खोजी भइरहेको छ । तर, नैनकला र बादलमाथि भने प्रमाण नपुगेको भन्दै अनुसन्धान अगाडि बढाउन सकेको छैन ।उता ओलीको कार्यकालमा नै अर्थात् थापा गृहमन्त्री हुँदा गृहसचिव बनेका प्रेमकुमार राईको पनि नाम लिएको बयानमा खुलेको छ । उनले मन्त्रालयमा पुगेर रकम दिएको बताएका छन् । सानु भण्डारीले एक करोड रुपैयाँ दिएको बताएका छन् । बालकृष्ण पैसामा बिक्ने मान्छे हैन – देउवा काठमाडौं (प्रस)– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वगृहमन्त्री बालकृष्ण खाण शरणार्थी प्रकरणमा निर्दोष निस्कने विश्वास व्यक्त गरेका छन् । मंगलबार खाणनिकट नेताहरुसँग छलफलका क्रममा सभापति देउवाले उक्त भनाइ राखेका हुन् । ‘बालकृष्ण पैसामा बिक्ने मान्छे हैन । मैले चिनेको मान्छे हो,’ देउवाले खाणनिकट नेताहरुसँग भने । शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाण वैशाख २७ गते मैजुबहालबाट पक्राउ परेका हुन् । खाण पक्राउबारे पार्टीले के कसरी हेर्दै छ भन्ने विषयमा बुझ्न कांग्रेस केन्द्रीय सदस्य राधा घले, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झालगायत नेताहरु मंगलबार दिउँसो देउवानिवास धुम्बाराही पुगेका थिए । पक्राउ पर्नुअघि पनि खाणले कांग्रेस नेतृत्वसँग आफूले गल्ती नगरेकोले नडराउने बताउँदै आएका थिए । आफू निर्दोष साबित गराउँछु भनिसकेकोले कांग्रेसले उनलाई कारबाही नगरेको पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका थिए । जेठ २ गते पत्रकार सम्मेलनमा महतले भनेका थिए ‘बालकृष्णजी पर्नुभएको छ । यसको निष्कर्ष आओस् न । उहाँले निर्दोष छु भन्नुभएको छ । निष्पक्ष अनुसन्धान होस् भन्ने कांग्रेसको धारणा हो ।’ मंगलबारै देउवालाई खाण पत्नी मञ्जुले पनि भेटेकी थिइन् । मञ्जुले देउवासँग खाण निर्दोष रहेको उल्लेख गर्दै जोगाइदिन आग्रह गरेकी थिइन् ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १०:१६
#नक्कली_शरणार्थी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP