Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • कांग्रेसमा सभापति देउवा र महामन्त्रीद्वयको खोजी
कांग्रेसमा सभापति देउवा र महामन्त्रीद्वयको खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १०, २०८०
congreeee copy
Hardik health
- रुपान्तरण अभियानको पहिलो भेला जनकपुरबाट सुरु हुँदै छ । भेला तयारीका लागि संयोजक रञ्जित कर्ण जनकपुर पुगिसकेका छन् । - पार्टी सभापति देउवा सुस्ताए पनि जोधाहा महमन्त्री पनि कार्यसम्पादनमा पछि परेका छन् - महाधिवेशनमा ८० प्रतिशत बढी मत ल्याएर जितेका देउवाको अहिले चर्को आलोचना सुरु भएको छ
काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय कार्यसमितिको बैठक बस्न अझै तय हुन सकेको छैन । वैशाख मसान्तसम्म बस्ने तयारी रहेको बैठक जेठको दोस्रो हप्ता लाग्दा पनि मितिको टुंगो नलागेको हो । गत भदौ ५ यता केन्द्रीय कार्यसमितिका बैठक बस्न सकेको छैन । कांग्रेस नेता एवं समाजवादी चिन्तक डा. प्रदीप गिरीको निधनपछि उक्त दिन कांग्रेसले आकस्मिक केन्द्रीय कार्यसमिति बैठक डाकेको थियो । बैठक नेता गिरीको निधनप्रति श्रद्धाञ्जली दिन केन्द्रित थियो । त्यसपछि निर्वाचन लाग्यो । निर्वाचनका विषयमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति र पदाधिकारी बैठकले नै विविध विषयमा निर्णय ग¥यो ।निर्वाचनपछि पुस २२ गतेका लागि डाकिएको केन्द्रीय समिति स्थगित गरी पुस २८ गतेका लागि बोलाइयो । उक्त दिनको लागि डाकिएको बैठक फेरि स्थगित गरी माघ १५ गतेका लागि सारियो । माघ १२ गते अर्को सूचना जारी गर्दै कांग्रेसले केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित ग¥यो ।लामो समय रोकिएको केन्द्रीय समिति केन्द्रीय सदस्यहरुले विरोध गरेपछि महामन्त्रीद्वयले बैठकको तयारी गरेका थिए । ‘बैशाख २८ तिर नै केन्द्रीय समिति बैठकको तयारी थियो,’ कांग्रेसका एक पदाधिकारीले भने । यद्यपि जेठ दोस्रो हप्ता लाग्दा पनि केन्द्रीय समितिको टुंगो छैन । कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण नेपालीलाई भुटानी शरणार्थी बनाउने प्रकरणमा पक्राउ परेपछि केन्द्रीय समितिको तयारी अवरुद्ध बनेको बताइएको छ । केन्द्रीय समितिको तयारीपूर्व वैशाख २७ गते खाण पक्राउ परेका थिए । बिहीबारबाट रुपान्तरण अभियान उपनिर्वाचनमा एक सिट गुमाएको कांग्रेसमाथि युवा वर्गले ‘सच्चिने कि सक्किने ?’ भन्दै प्रश्‍न थालेका थिए । सामाजिक सञ्जालदेखि विभिन्न कार्यक्रममा पार्टीमाथि प्रश्‍न उठेपछि केन्द्रीय समिति र नीति महाधिवेशन समयमै हुनुपर्ने माग उठ्न थालेको छ । यतिमात्र हैन कांग्रेसका कतिपय केन्द्रीय सदस्यले नीति अधिवेशनले झारा टार्नुभन्दा नेतृत्व नै परिवर्तन गर्नुपर्ने माग गरेका छन् । कांग्रेस केन्द्रीय सदस्य प्रा.डा. गोविन्द पोखरेलले विशेष अधिवेशनको माग गर्दै आएका छन् । यही मेसोमा संस्थापनइतरले भने भोलि बिहीबारबाट सातै प्रदेशमा रुपान्तरण अभियान सञ्चालन गर्दै छ । रुपान्तरण अभियानको पहिलो भेला जनकपुरबाट सुरु हुँदै छ । भेला तयारीका लागि संयोजक रञ्जित कर्ण जनकपुर पुगिसकेका छन् । ‘भेला तयारीका लागि म जनकपुरमा छु । मधेस प्रदेशका सबै जिल्लाका कांग्रेस नेताहरु यहाँ आउनुहुन्छ,’ कर्णले प्रभावसँग भने । भेलामा कांग्रेस सुधार्नका लागि आवश्यक सुझावहरु लिइने कर्णले बताए । पार्टी सभापति शेरबहादुर देउवा विधानअनुसार नचलेपछि अहिले कांग्रेसको गतिविधि ठप्प छन् । अभियान सातै प्रदेशमा पुग्ने र सुझाव संकलनपछि थप कार्यक्रमहरु ल्याउने रुपान्तरण अभियानका बागमती संयोजक मधु आचार्यले बताए । अभियानको दोस्रो कार्यक्रम बागमतीको काठमाडौंमा जेठ १६ गते हुनेछ । त्यस्तै, जेठ २० गते गण्डकीको पोखरा, लुम्बिनीको दाङमा जेठ २२ गते, कर्णालीको सुर्खेतमा जेठ २४ गते, सुदुरपश्चिमको धनगढीमा जेठ २६ गते र कोशीको इटहरीमा जेठ २९ गते आयोजना हुनेछ । विश्वभर छरिएर रहेका ‘डायस्पोरा’बिच भने जेठ ३१ जुम मिटिङ हुनेछ । शीर्ष पदाधिकारीको खोजी कांग्रेसमा पछिल्लो समय केन्द्रीय समितिमात्र हैन पार्टीका विभिन्न गतिविधि ठप्प छन् । पार्टीले १८ महिनाअघि २०७८ मंसिरमा भएको १४ औं महाधिवेशनमा विविध कारण देखाउँदै कांग्रेसले नीति तय गर्न सकेन । त्यतिबेला महाधिवेशन नेतृत्व चयनमा केन्द्रित भयो । आउने नयाँ कार्यसमितिले नीति अधिवेशन गर्ने गरी नेताहरु सहमतिमा पुगेका थिए । देउवाको नेतृत्वमा नयाँ कार्यसमिति आयो । देउवाको पहिलो कार्यकाल जस्तै कांग्रेस फेरि सुस्ताउन थालेको छ । देउवा सरकारमा छँदै गठबन्धनमा निर्वाचनमा गएको कांग्रेसले नतिजा ९२ क्षेत्रमा उम्मेदबार उठाउँदा ५७ मा मात्र जित निकाल्यो । यो जितलाई कांग्रेसले ठूलै सफलता मान्यो किनकि अघिल्लो निर्वाचनमा कांग्रेसले २३ सिट मुस्किलले जितेको थियो । निर्वाचनमा जितेपछि ढुक्कले सरकारको नेतृत्व ताकेको कांग्रेसले आफ्नो कोषाध्यक्षसमेत छान्न सकेको छैन । कांग्रेस अहिले सरकारमा सहभागी भएका कारण पनि पार्टीको काममा सुस्त हुन थालेको बताइन्छ । कांग्रेसबाट सरकारमा ९ जना सहभागी छन् । पार्टीका उपसभाति पूर्णबहादुर खड्का र प्रवक्ता डा प्रकाशशरण महतले महत्वपूर्ण मन्त्रालय सम्हालेयता पार्टीको गतिविधि ठप्प छ ।पार्टी सभापति देउवा सुस्ताए पनि जोधाहा महमन्त्री पनि कार्यसम्पादनमा पछि परेका छन् । पार्टीको विधानअनुसार विभाग गठनदेखि पार्टीको विभिन्‍न  कार्यक्रम तयको जिम्मेबारी महामन्त्रीको काँधमा हुन्छ । तर, महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासमेतले यी विषयमा उदासीनता देखाउन थालेका छन् । संसद्मा देखिए पनि पार्टी महामन्त्री पार्टीका कार्यसम्पादनमा देखिएका छैनन् । ‘पार्टीका विभागहरु गठनको जिम्मेवारीदेखि भ्रातृ संगठनको महाधिवेशन तोक्ने काम महामन्त्रीकै हो, तर दुवै महामन्त्री यो काममा उदासीन देखिन्छन्,’ कांग्रेसका एक नेताले भने । महामन्त्रीद्वयलाई पार्टी सभापति देउवाले चुनावी संकल्पपत्र बनाउने जिम्मेबारीसमेत सुम्पेका थिए । यद्यपि, महाधिवेशनमा ८० प्रतिशत बढी मत ल्याएर जितेका देउवाको अहिले चर्को आलोचना सुरु भएको छ । पार्टी नेतृत्वको चर्को आलोचना भइरहेको देउवाको शैलीमाथि मौन बनेपछि कांग्रेस वृत्तमा दुई महामन्त्रीको खोजी सुरु भएको हो ।
प्रकाशित मिति: बुधबार, जेठ १०, २०८०  १०:०५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP