Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • व्यापारीको फन्दामा कृषिमन्त्री भुसाल, भारतबाट धूलो दूध ल्याउन दिने तयारी
व्यापारीको फन्दामा कृषिमन्त्री भुसाल, भारतबाट धूलो दूध ल्याउन दिने तयारी
मंगलबार, जेठ ९, २०८०
Krishi_ttt copy
Hardik health
काठमाडौं– नेपाली किसानले उत्पादन गरेको दूध नै खेर जाने अवस्था आउँदा डेरी उद्योगी भने भारतबाट धूलो दूध ल्याउने तयारीमा लागेका छन् । डेरी उद्योगीको चाँडो कमाउने धन्दालाई कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसालले सदर गर्ने तयारीसमेत गरेको बुझिएको छ । मन्त्री भुसाल चाँडो कमाउने उद्देश्यका साथ अघि बढेका डेरी उद्योगीको फन्दामा परेका कारण भारतीय धूलो दूध भित्रिन लागेको व्यवसायीहरुको दाबी छ । नेपाली किसानले उत्पादन गरेको दूधलाई पूर्णरुपमा बेवास्ता गर्ने, तोकिएको मूल्य नदिने समस्या अहिले पनि यथावत् छ । नेपालमा दूधको उत्पादन प्रशस्त भएको बेलासमेत डेरी उद्योगीहरुले भारतबाट धूलो दूध आयात गरी झोल बनाएर उपभोक्तासम्म पु¥याउने गरेका थिए । छिटो नाफा गर्न नेपालमा उत्पादन गरिएको दूधभन्दा भारतले उत्पादन गरेको दूध नै सहज भएकाले व्यापारी अहिले ‘एनिहाउ’ धूलो दूध ल्याउने तयारीमा जुटेका छन् ।
. धूलो दूध आयात स्वीकृतिका लागि राष्ट्रिय दुग्ध विकास बोर्डको बैठकबाट प्रस्ताव कृषि मन्त्रालयमा पेस . छिटो नाफा गर्न नेपालमा उत्पादन गरिएको दूधभन्दा भारतले उत्पादन गरेको दूध नै सहज भएकाले व्यापारी अहिले जसरी पनि धूलो दूध ल्याउने तयारीमा . भारतबाट धूलो दूध आयात रोक्न लाग्दा चक्रपाणि खनालको मन्त्री पदसमेत गुमेको थियो
मन्त्रीसँग कसरी मिलाउँदै छन् सेटिङ ? पूर्वकृषिमन्त्री चक्रपाणि खनालको पालामा भारतबाट धूलो दूध आयात गर्न रोकिएको थियो । त्यसबेला भारतबाट धूलो दूध आयात गर्न रोकेकै कारण खनालले मन्त्री पदबाट हात धुनु परेको थियो । अहिले फेरि धूलो दूधको खेल सुरु भएको छ । धूलो दूध आयात गर्न स्वीकृतिका लागि राष्ट्रिय दुग्ध विकास बोर्डको बैठकले प्रस्ताव कृषि मन्त्रालयलाई पेस गरिसकेको छ । बोर्डमा सदस्य रहेको डेरी उद्योगका मालिकहरुले बोर्डका कार्यकारी निर्देशकलाई आफ्नो प्रभावमा पारेर धूलो दूध आयात गर्ने व्यवस्था मिलाउन सेटिङ गरेका हुन् । धूलो दूध आयात गर्न बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवलाई डेरी एसोसिएसन नेपालका अध्यक्ष प्रल्हाद दाहालले सेटिङ मिलाएका हुन् । यादव र दाहाल दुवै एमालेनिकट मानिन्छन् । यसअघि खनालले धूलो दूध आयात प्रतिबन्ध गरेपछि उनको विरुद्ध त्यसबेलाका डेरी एसोसिएसनका अध्यक्ष सुमित केडिया खुलेरै लागेका थिए । उनलाई त्यसबेला डेरी एसोसिएसनका महासचिव रहेका दाहालले लाइन मिलाउने काम गरेका थिए । राजनीतिक दलहरुसँग नजिक सम्बन्ध राख्ने, चाँडै फाइदा लिनसक्ने चतुर डेरी उद्यमीका रुपमा चिनिन्छन् दाहाल । डेरी एसोसिएसन नेपालको अध्यक्षमा सीताराम डेरीका साहु सुमित केडिया हुँदा चितवन मिल्क बन्द गराउनुपर्छ भन्ने लबिइङमा लागेका थिए उनी । त्यसबेला कृषिमन्त्री हरिप्रसाद पराजुली थिए । जसले मिल्क होलिडेका नाममा किसानहरुले सडकमा दूध पोख्ने अवस्था आउन नदिन चितवन मिल्कलाई किसान, दुग्ध सहकारी र सरकारी संस्थाले सञ्चालन गर्ने गरी खरिद प्रक्रियासमेत अघि बढाएका थिए । तर, त्यसबेला केडियाकै पहलमा उक्त प्रक्रिया तुहिएको थियो । त्यसबेला चितवन मिल्क बन्द अवस्थामा थियो भने ‘मिल्क होलिडे’ भएको भन्दै किसानहरुले सडकमा दूध फालिरहेका थिए । देशमा मिल्क होलिडे हुन नदिने धूलो दूध उत्पादन गर्ने चितवन मिल्कलाई जसरी हुन्छ सञ्चालनमा ल्याउने पक्षमा तत्कालीन मन्त्री पराजुली लागेका थिए । किसानका पक्षमा उभिँदाउभिँदै असार १५ को धान दिवसले पराजुलीको मन्त्री पद नै गयो । धूलो दूध नल्याउन चेतावनी वर्तमान सरकारले धूलो दूध आयात गर्न दिन लागेको सुन्नमा आएकाले आफूहरुको त्यसको विरोधमा उत्रिने उनै पूर्वकृषिमन्त्री पराजुलीले बताए । भारतबाट दूध ल्याउँदा सस्तो पर्ने तर नेपाली किसानहरुले उत्पादन गर्ने दूध महँगो पर्ने भएकाले व्यापारीले नेपालको दूध खरिद गर्नुभन्दा भारतबाट नै ल्याउन जोड गरिरहेको पराजुलीको तर्क छ । ‘धनगढी, कोहलपुरमा उत्पादन भएको दूध संकलन गर्ने कार्यमा डेरी उद्योगीहरुले चासो दिएका छैनन् । तर भारतबाट धूलो दूध खरिद गर्न आतुर देखिएका छन् । नेपाली किसानलाई दूधको रकम अहिलेसम्म नदिने अनि दूध अभाव भयो भन्दै भारतबाट दूध ल्याउन खोज्नु सरासर गलत हो,’ पराजुलीले भने । राष्ट्रिय दुग्ध विकास बोर्डका निवर्तमान कार्यकारी निर्देशक बाबुकाजी पन्त पनि अहिले भारतबाट धूलो दूध आयात गर्न नपर्ने बताउँछन् । ‘नेपालमै दूधको उत्पादन बढ्न थालिसकेको छ । यो अवस्थामा भारतबाट दूध किन किन्ने ?,’ उनको प्रश्न छ, ‘माघ फागुन महिनामा दूधको अभाव हुने संकेत थियो तर त्यसबेला पुग अपुग चल्यो । अहिले दूग्ध उत्पादक सहकारीहरुले प्रशस्त दूध उत्पादन गरिरहेकाले दूध आयात खोल्नु नेपाली किसानका लागि घातक हुन्छ ।’ नेपालमै दूध उत्पादन बढिरहेको बेला धूलो दूध किन्नु ठीक नहुने उनको तर्क छ । ‘अहिले दूध उत्पादन बढ्न बढिरहेको छ । यही अवस्था रहने हो भने साउनमा मिल्क होलिडे हुन सक्छ,’ उनले भने । राष्ट्रिय दुग्ध विकास बोर्डका कार्यकारी निर्देशक राजेन्द्र यादवले धूलो दूध आयात गर्ने पक्षमा आफू नभएको बताए । उनले पशु सेवा विभाग, दुग्ध विकास संस्थान, उद्योगीहरुको सर्वपक्षीय छलफलबाट आएको प्रतिवेदन मन्त्रालयका बुझाएको तर दूध आयात गर्न आफूले सहमति नदिएको बताए । नेपालमा आवश्यक पर्ने धूलो दूध यही उत्पादन हुने अध्ययनले देखाएको हुँदा भारतबाट धूलो दूध आयात गर्न पहल भइरहेको विषय आफूलाई जानकारी नभएको यादवको भनाइ छ । भारतबाट बटर र दूध ल्याउने विषयमा बोर्डमा पत्र आएको स्वीकार गर्दै आफू उक्त पक्षमा नभएको उनको धारणा छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP