Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • साढे २७ करोडको बिगो, ३३ जनाविरुद्ध मुद्दा चलाउन राय
साढे २७ करोडको बिगो, ३३ जनाविरुद्ध मुद्दा चलाउन राय
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ९, २०८०
sharanathi prakaran
Hardik health
-अझै १७ जना फरार छन् । उनीहरू पक्राउ परेपछि अनुसन्धान गर्दा थप कसूर आकर्षित हुने देखिए अन्य शीर्षकमा मुद्दा चलाउन राय पनि पनि सक्छौं । -सीताराम रिजाल, प्रवक्ता, काठमाडौं प्रहरी परिसर
काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित ३३ जनाविरुद्ध मुद्दा चलाउन प्रहरीले सरकारी वकिल कार्यालय काठमाडौंलाई राय दिएको छ । आरोपितहरूबाट २७ करोड ५० लाख ५७ हजार बिगो असुल गर्नसमेत प्रहरीको राय छ । ठगी, संगठित अपराध, राज्यविरुद्धको अपराध, कीर्ते, सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार मुद्दा पनि आरोपितहरूविरुद्ध चलाउन राय दिएको प्रहरी परिसर काठमाडौंका प्रवक्ता सीताराम रिजालले बताए ।
उनका अनुसार ११३ जना पीडितका २३ वटा उजुरीका आधारमा अनुसन्धान गरेर ती शीर्षकहरूमा मुद्दा चलाउन वकिल कार्यालयलाई राय दिइएको हो । उनले प्रभावसँग भने, ‘अझै १७ जना फरार छन् । उनीहरू पक्राउ परेपछि अनुसन्धान गर्दा थप कसूर आकर्षित हुने देखिए अन्य शीर्षकमा मुद्दा चलाउन राय दिन पनि सक्छौं ।’ -मुद्दा बलियो हुने भनेकै बयान र कसूरजन्य प्रमाणले हो । प्रहरीको मिसिलमा के छ ? बयान र प्रमाणको आधारमा मुद्दा चल्ने/नचल्ने निर्णय हुन्छ ।-अच्यूतमणि नेउपाने,प्रमुख, सरकारी वकिल कार्यालय काठमाडौं
लामो अनुसन्धानपछि सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाए पनि प्रहरी अझै पीडितहरूबाट उजुरी कुरिरहेको छ । किनभने, यस प्रकरणमा पक्राउ परेका आरोपीहरूले पीडितको संख्या ८७५ जना भनेका छन् । तर, उजुरी १२३ जनाको मात्रै प¥यो । त्यही भएर अझै पीडितहरूको उजुरी कुर्नु परेको प्रहरी प्रवक्ता रिजालले बताए । प्रहरीले गत १२ चैतमा सानु भण्डारी, केशव दुलाल, टंक गुरुङसहितका आरोपीहरूलाई पक्राउ गरेको थियो । उनीहरूको बयानका आधारमा एमाले सचिव तथा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, पूर्वसभासद आङटावा शेर्पादेखि भुटानी शरणार्थी नेता टेकनाथ रिजालसहितका उच्च पदस्थ अधिकारीहरू पक्राउ परेका हुन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गरेको ठगी कार्यमा रायमाझी, खाण र पाण्डेलाई प्रहरीले नीतिगत निर्णय गरेर गिरोहहरूलाई सहज वातावरण बनाएको निष्कर्ष अनुसन्धानपछि निकालेको छ । उनीहरूले सार्वजनिक पदमा रहेर राष्ट्रहितविपरीतका कसूर गरेकाले भ्रष्टाचारसँगै, ठगी, संगठित अपराध र राज्यविरुद्धको अपराध आकर्षित हुनेगरीको बयान, प्रमाणसहितको विवरण वकिल कार्यालयमा पेस गरिएको पनि प्रहरीले जनाएको छ । आरोपीहरू भण्डारी र दुलाललाई प्रहरीले मुख्य योजनाकार भनेको छ । पूर्वगृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राईलाई बिचौलिया संरक्षक र नीतिगत निर्णयको माहोल बनाउन जिम्मेवार रहेको दाबी गरेको छ । उनका छोरा निरजको पनि बिचौलिया संरक्षण गर्ने भूमिका देखिएको प्रहरीले अनुसन्धानपछि दाबी गरेको छ । उनी भने फरार छन् । पूर्वगृहमन्त्री थापाका फरार रहेका छोरा प्रतीक र पूर्वउपप्रधानमन्त्री रायमाझीका छोरा सन्दीपको पनि भूमिका बिचौलिया संरक्षक देखिएको भन्दै प्रहरीले उनीहरूविरुद्ध ठगी, संगठित अपराध, कीर्र्ते र सम्पत्ति शुद्धीकरण मुद्दा चलाउन राय दिएको छ । शरणार्थी नेता टेकनाथविरुद्ध भने शरण लिएको देशमा बसेर उक्त देशको राष्ट्रहित विपरीतको कसूर गरेको, ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा चलाउन प्रहरीको राय छ । अन्य आरोपीहरू सागर राई, सन्देश शर्मा, टंक गुरुङ, गजेन्द्र बुढाथोकी, गोविन्द चौधरी, नरेन्द्र केसी र रामशरण केसीको भूमिका अमेरिका जान चाहनेको खोजी गर्ने खुलेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध पनि ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणमा मुद्दाको अभियोजन गर्न राय दिएको प्रवक्ता रिजालले बताए । गृह मन्त्रालयमातहतको हज समिति अध्यक्ष शमशेर मियाँलाई गिरोहहरूलाई सहयोग गरेर मतियार बनेको कसूरलगायतमा मुद्दा चलाउन प्रहरीको सिफारिस छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले प्रहरीले बुझाएको मिसिलसहितको अनुसन्धान प्रतिवेदन अध्ययन सुरु गरिएको बताएका छन् । अब दुई–तीन दिनमा मुद्दा काठमाडौं जिल्ला अदालतमा पुग्ने उनको भनाइ छ । उनका अनुसार पक्राउ परेका आरोपीहरूको बयान, बयानलाई प्रमाणित गर्ने कागजात, परीक्षण प्रतिवेदनलगायत आधारमा मुद्दा चल्ने कि नचल्ने र यदि चल्ने भए कुन शीर्षकमा मुद्दा चल्छ भन्ने निर्णय वकिल कार्यालयले गर्छ । जस आधारमा आरोपीहरूलाई कैद सजाय र जरिवानासहितको माग दाबी गरिने सहन्यायाधिवक्ता नेउपानले बताए । ‘मुद्दा बलियो हुने भनेकै बयान र कसूरजन्य प्रमाणले हो । प्रहरीको मिसिलमा के छ ? बयान र प्रमाणको आधारमा मुद्दा चल्ने÷नचल्ने निर्णय हुन्छ,’ नेउपानेले भने । उनले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन थप अध्ययन गरेर मुद्दाबारे निर्णय लिन आठ जनाको टोली तयार गरेको बताएका छन् । यही बुधबारसम्ममा टोलीले मुद्दाबारे निर्णय लिएर अदालतमा मुद्दाको अभियोजन गर्नुपर्ने छ । किनभने, सोही दिनसम्म मात्रै वकिल कार्यालयले मुद्दाको अभियोजन गर्नुपर्ने हदम्याद छ । यद्यपि, यो प्रकरणमा नाम जोडिएका तर अहिले प्रमाण नभेटिएका व्यक्तिबारे प्रमाण भेटिएपछि उनीहरूलाई मुद्दा चलाउन मिल्नेगरी अभियोगपत्र तयार पारिने नेउपानेले बताए ।यता काठमाडौं प्रहरीले आरोपीहरूलाई आजसम्म हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंबाट अनुमति पाएको छ । हाल रायमाझी, खाणसहितका १६ जना आरोपी प्रहरी हिरासतमा छन् । बाँकी फरार आरोपीहरूको खोजिमा प्रहरी सक्रिय छ । ओली टिमको ‘कनेक्सन’ ! पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यसमेत नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन् । सोमबार प्रहरी परिसर काठमाडौंले सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाएको प्रकरणको अनुसन्धान प्रतिवेदनमा बज्राचार्यको पनि नाम उल्लेख छ । एक प्रहरी अधिकारीका अनुसार प्रतिवेदनमा उनीसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा, श्रीमती तथा सांसद नैनकला थापा, पूर्वगृहसचिव तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राई र एमालेका पूर्वप्रदेश सांसद अजयक्रान्ति शाक्यको पनि नाम छ । प्रभावसँगको संक्षिप्त कुराकानीका क्रममा प्रहरी परिसर काठमाडौंका प्रवक्ता रिजालले प्रतिवेदनमा औंल्याइएकाहरूको हकमा कसूरजन्य प्रमाण फेला पर्ने बित्तिकै नियन्त्रणमा लिएर अनुसन्धान गरिने बताएका छन् । त्यसपछि फेरि वकिल कार्यालयमा पुरक अनुसन्धान प्रतिवेदन लिएर जाने बताए । तत्कालीन गृहमन्त्री थापा र राई गृहसचिव हुँदा शरणार्थीको दीर्घकालीन व्यवस्थापन गर्न भनेर पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल गठन भएको थियो । को कहिले पक्राउ ? १२ चैत: केशव दुलाल, सानु भण्डारी र टंक गुरुङ पक्राउ १९ वैशाख: डा. इन्द्रजित राई पक्राउ २० वैशाख: पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ २० वैशाख: पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीकविरुद्ध पक्राउ पुर्जी २० वैशाख: पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ २७ वैशाख: एमाले सचिवबाट टोपबहादुर निलम्बित २७ वैशाख: पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ ३१ वैशाख: फरार टोपबहादुर पक्राउ १ जेठ: पूर्वसभासद आङटावा शेर्पा प्रहरीमा आत्मसमर्पण २ जेठ: टोपबहादुरसहित १३ जनाको बयान सकियो ८ जेठ: अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा
प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १०:१०
#नक्कली_शरणार्थी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP