Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट अस्पताल घोषित
आइतबार, जेठ ७, २०८०
Bhaktapur hospital
Hardik health
भक्तपुर– भक्तपुर अस्पताल यस वर्षको सर्वोत्कृष्ट अस्पताल घोषणा भएको छ । वीर अस्पताल पछिको दोस्रो यस अस्पताल विसं १९६१ मा चन्द्रलोक डिस्पेन्सरीको नामबाट सुरु भएको थियो ।
स्वास्थ्य मन्त्रालयको न्यूनतम सेवा मापदण्डमा अस्पतालको सेवा प्रवाहको अवस्था मूल्याङ्कन गर्ने क्रममा आएको सरकारी मूल्याङ्कन टोलीले गरेको मूल्याङ्कनअनुसार प्राप्त अङ्कका आधारमा भक्तपुर अस्पताल सबैभन्दा धेरै ९७ अङ्क प्राप्त गरी बागमती प्रदेशभित्रका अस्पतालमध्ये सर्वोत्कृष्ट बन्न सफल भएको हो ।
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट बनेको घोषणा गरिएको हो । साथै यो अस्पताल देशकै उत्कृष्ट अस्पतालमध्ये अग्रपङ्क्तिमा उभिन सफल भएको घोषणा गरिएको हो ।
अस्पतालको स्थलगत अवलोकन र तीन दिन लगाएर गरिएको मूल्याङ्कनमा भक्तपुर अस्पतालले ९७ अङ्क प्राप्त गरी उत्कृष्ट नतिजा निकालेको बागमती प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वर श्रेष्ठले बताए ।
अस्पताल व्यवस्थापन सुदृढीकरणअन्तर्गत न्यूनतम सेवा मापदण्ड कार्यान्वयन कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रतिनिधि डा पवन साह, कान्ति बाल अस्पतालका नर्सिङ प्रमुख रोशनी तुइतुइ, स्वास्थ्य विभागका मिरा निरौला लगायतको मूल्याङ्कन टोलीको मूल्याङ्कनमा यस अस्पतालले उक्त अङ्क प्र्राप्त गरेको हो ।
भक्तपुर अस्पतालमा आयोजित कार्यक्रममा मूल्याङ्कन समितिले तयार पारेको नतिजा सार्वजनिक गर्दै सो अस्पताल वागमती प्रदेशमै उत्कृष्ट अस्पताल बन्न सफल भएको घोषणा गरिएको हो । स्वास्थ्य निर्देशनालयका निर्देशक श्रेष्ठले भक्तपुर अस्पतालको उपस्थितिले उपत्यकामा प्रदेश सरकारको प्रतिनिधित्व मात्र नभई यहाँको सेवाले देशकै शिर उँचो बनाएको बताए।
प्रदेशभित्र उत्कृष्ट दुई अस्पताललाई बजेटसहित दुई सय शय्याको अनुमति दिने प्रदेश सरकारको नीति तथा कार्यक्रमअनुसार भक्तपुर अस्पताल र हेटौँडा अस्पताललाई यो अनुमति दिने कार्य प्रारम्भ गर्ने उनको भनाइ थियो ।
निर्देशनालयका महाशाखा प्रमुख सतिश विष्टले भक्तपुर अस्पतालको गुणस्तरलाई अरुले अनुसरण गर्नुपर्नेमा जोड दिँदै बागमती प्रदेशका १३ वटै अस्पतालका मेडिकल सुपरिटेडेन्ट, अध्यक्ष र नर्सिड प्रशासकलाई ल्याएर यहाँको सेवाका बारेमा जानकारी दिनुपर्ने औँल्याए ।
मूल्याङ्कन समितिका सदस्य एवं कान्ति बाल अस्पतालका प्रमुख नर्सिङ प्रशासक तुइतुइले भक्तपुर अस्पतालले विगतभन्दा सेवामा धेरै सुधार गरेको जनाउँदै यो अस्पताल भक्तपुरका बासिन्दाका लागि मात्र नभई स्वास्थ्य सेवाका लागि उपत्यकावासी जनताकै रोजाइको अस्पताल बन्ने पर्याप्त आधार रहेको बताए।
भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले भक्तपुर अस्पताल दोस्रो पटक प्रदेशकै उत्कृष्ट अस्पताल बन्नुमा सिङ्गो ‘टिम’को सही मूल्याङ्कन भएको बताए । उनले भक्तपुर अस्पतालले प्रदान गर्दै आएको सबै सेवाका बारेमा जानकारी गराउँदै सबै कर्मचारीको लगनशीलता र मेहनतको प्रतिफलले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताए।
अस्पताल सञ्चालन तथा विकास समितिका अध्यक्ष रमण कायस्थले उत्कृष्टताको पहिचान थपेसँगै अस्पताललाई अब सेवा खस्किन दिन नहुने जिम्मेवारी थपिएको बताए । त्यो जिम्मेवारीलाई सबै मिलेर पूरा गर्ने र देशकै उत्कृष्ट अस्पताल बनाउन लागिपर्ने उनले बताए ।
तत्कालीन समयमा २७ देखि ३८ अङ्कमा चित्त बुझाउँदै आएको यस अस्पतालमा मेसु डा गौतम आएपछि अस्पतालको सेवा विस्तार र कोरोना महामारीमा उत्कृष्ट काम गरेर विसं २०७७ पुसमा भएको मूल्याङ्कनमा ८२ अङ्क प्राप्त गरी प्रदेशमै उत्कृष्ट बन्न सफल भएको थियो । कोरोना महामारीसँग जुध्दै भक्तपुर अस्पतालले आइसियु, एनआइसियु र भेन्टिलेटर सेवा सुरु गरेको थियो । अहिले अस्पतालले अधिकांश सेवा सुरु गर्नुका साथै २४सै घण्टा शल्यक्रियासहितको सेवा विस्तार गरेको छ ।
पाँच वर्ष अगाडिसम्म ‘रेफर सेन्टर’का रुपमा रहेको भन्दै बिरामी नआउने यस अस्पतालले अहिले गुणस्तरीय सेवा विस्तार गरेसँगै ओपिडीमा दैनिक आठ सयसम्मको भीड र भर्ना गर्नसमेत शय्या अभावको अवस्था आउन थालेको छ । यसअघि कोभिड महामारीमा यस अस्पतालले पु¥याएको सेवाबापत मेसु डा गौतमसहितका कर्मचारीलाई तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पदक प्रदान गरेको थियो ।

प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP