Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • कृषकलाई माछाका भुरा वितरण
कृषकलाई माछाका भुरा वितरण
मंगलबार, जेठ २, २०८०
macha ko vura
Hardik health
तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले शतप्रतिशत अनुदानमा कृषकलाई माछाका भुरा वितरण गरेको छ । व्यावसायिकरूपमा माछापालन गरिरहेका कृषकलाई गाउँपालिकाले माछाका भुरा वितरण गरेको हो । सातवटै वडाका कृषकलाई ६० हजार माछाका भुरा वितरण गरिएको गाउँपालिकाका पशु सेवा शाखा प्रमुख डा विनय शाहले जानकारी दिए । माछापालन गरिरहेका कृषकलाई प्रोत्साहन गर्न र माछापालन व्यवसायमा टिकाइराख्ने उद्देश्यसहित गाउँपालिकाले अनुदानमा माछा भुरा वितरण गरेको उनले बताए । उनले भने, “विगत लामो समयदेखि माछापालन व्यवसायमा आबद्ध कृषकसँग भुरा प्राप्तिका लागि निवेदन माग गरेका थियाँै । निवेदन प्राप्त भएका २२ कृषकलाई भुरा वितरण गरिएको छ ।” उनका अनुसार प्रतिरोपनी सात सयका दरले माछाका भुरा वितरण गरिएको छ । कृषकलाई तातो हावापानीमा हुर्किन सक्ने कमन कार्पको माछाका भुरा वितरण गरिएको छ । “म्याग्दे गाउँपालिकाको हावापानीसँग मिल्ने प्रजातिको भुरा बाँडेका हौँ, यो माछा एक वर्षमा दुई किलोसम्म हुन्छ”, उनले भने । गाउँपालिकाले नेपाल सरकार कृषि अनुसन्धान केन्द्र मातहतको मत्स्य अनुसन्धान केन्द्र बेगनासबाट प्रतिभुरा ५० पैसामा खरिद गरेको हो । गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले माछापालक कृषकलाई प्रोत्साहन गर्न अनुदानमा भुरा वितरणको कार्यक्रम ल्याइएको बताए । “गाउँपालिकाले व्यावसायिकरूपमा काम गरिरहेका सबै कृषकलाई अनुदानको नीति ल्याएको छ, सोहीबमोजिम माछापालक कृषकलाई पनि शतप्रतिशत अनुदानमा भुरा वितरण गरेका हौँ”, उनले भने, “यसले अहिले व्यवसाय गरिरहेकालाई त प्रोत्साहन हुन्छ नै नयाँलाई आकर्षण थप्ने विश्वास लिएका छौँ ।” गाउँपालिकाको चालु आर्थिक वर्ष २०७९÷८० को वार्षिक स्वीकृत कार्यक्रमअनुसार सूचनाबमोजिम माग सङ्कलन गरी पोखरीको क्षमता हेरी माछाका भुरा वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत जीतबहादुर रानाले बताए। म्याग्दे –१ का जगतबहादुर थापालाई दुई हजार, फविसरा थापालाई दुई हजार, म्याग्दे–२ का प्रेमलता शाहीलाई सात सय, म्याग्दे–३ का विजु आलेलाई तीन हजार पाँच सय, सनिमाया थापालाई दुई हजार, म्याग्दे–४ का ओमबहादुर आलेलाई एक हजार पाँच सय, देविका थापालाई एक हजार पाँच सय, सोमकुमार श्रेष्ठलाई १५ हजार, टोपप्रसाद थापालाई एक हजार पाँच सय, भीमकुमारी रानालाई एक हजार पाँच सय, हिमनारायण कायस्थलाई चार हजार माछाका भुरा वितरण गरिएको छ । त्यस्तै म्याग्दे–५ का कृष्ण थापालाई छ हजार पाँच सय, तालबहादुर आलेलाई चार हजार, भक्तबहादुर गुरुङलाई चार हजार, म्याग्दे –६ का मदीमाया रानालाई चार हजार, म्याग्दे–७ का ओमराज गोतामेलाई एक हजार पाँच सय, देवबहादुर विश्वकर्मालाई सात सय, अच्युतराज काफ्लेलाई सात सय, धु्रव वाग्लेलाई एक हजार एक सय, दुर्गामाया घर्तीलाई एक हजार एक सय भुरा वितरण गरिएको छ । गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र सञ्चालन तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैँले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उक्त उपचार केन्द्रको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छौँ। हामी त भत्ताको लोभले जनप्रतिनिधि हुन आएको त होइन नि ।” चुमानले गाउँपालिका आफँले अस्पताल सञ्चालन गर्दै आएको र उक्त अस्पतालबाट सिफारिस गरेर बिरामी लैजानपरे एम्बुलेन्स निःशुल्क उपलब्ध गराउने गरिएको बताए । चुमानले भने, “स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्छौँ, आवश्यक परे विकास बजेट घटाएर पनि स्वास्थ्यमा लगानी गरिनेछ ।” अध्यक्ष चुमानले आँखाको उपचारका लागि आँबुखैरेनीका मात्र नभई छिमेकी गोरखा, बन्दीपुरका बासिन्दा पनि भरतपुरसम्म जानुपर्ने बाध्यता रहेकामा अब आँबुखैरेनीमै उपचार केन्द्र स्थापनापछि सबैलाई सहज हुने बताए। भरतपुर आँखा अस्पतालसँगको सम्झौताअनुसार आँखा केन्द्र स्थापनाका लागि आवश्यक दुईकोठे भवन गाउँपालिकाले उपलब्ध गराएको छ । आँखा उपचार केन्द्र स्थापनाका लागि चालु आर्थिक वर्षदेखि निरन्तर वार्षिकरूपमा पाँच वर्षसम्म रु छ लाखका दरले भरतपुर आँखा अस्पताललाई सहयोग गरिनेछ । आँखा उपचार केन्द्रका लागि एक जना सहायकस्तरको कर्मचारी राखिएको छ । आँखा उपचार केन्द्रका लागि गाउँपालिका र भरतपुर आँखा अस्पताल चितवनको सहकार्यमा ओपिडी टिकट र आँखा उपचार केन्द्रमा टाँसिने ब्यानरमा नेपाल सरकारका लोगो राख्न स्वीकृति दिने सम्झौता भएको छ । आँखा उपचार केन्द्रका लागि नेपाल नेत्रज्योति सङ्घले आवश्यक पर्ने औजार, उपकरण, औषधि, चश्मा, लेन्स तथा स्टेशनरी उपलब्ध गराउनेछ । आँखा उपचार केन्द्र सञ्चालन गर्न आवश्यक पर्ने कर्मचारीको व्यवस्थापन तथा सेवासुविधा नेपाल नेत्रज्योति सङ्घको नियमानुसार उपलब्ध गराउने सहमति भएको छ । त्यस्तै आवश्यकतानुसार स्रोत साधन जुटाई कम्तीमा वर्षमा एकपटक निःशुल्क शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गर्ने सम्झौता भएको छ । आँखा उपचार केन्द्र सञ्चालनका लागि गाउँपालिकाका अध्यक्षको संयोजकत्वमा नेपाल नेत्रज्योति सङ्घका प्रतिनिधि, गाउँपालिकाका महिला सदस्य, आँखा उपचार केन्द्र रहेको वडाका अध्यक्ष, भरतपुर आँखा अस्पतालका वरिष्ठ अस्पताल प्रशासक, स्थानीय लायन्स क्लबका सदस्य सम्मिलित समिति गठन गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  ०९:०५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP