Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
Search Here
समाचार
  • Home
  • समाचार
  • पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउ
पूर्वउपप्रधानमन्त्री रायमाझी पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ १, २०८०
topbahadur
Hardik health
फरार हुने पालो अब कांग्रेस नेताको ! -वैशाख २० गते प्रहरीले जिल्ला अदालत काठमाडौं पक्राउ पुर्जी लिएपछि २१ गते रायमाझी आफैं प्रहरीको सम्पर्कमा आउने भनी फरार रहेका रायमाझी ११ दिनपछि पक्राउ -एमाले नेता पक्रिँदा खाण जोगाउन लागेका कांग्रेस नेता आङटावा शेर्पा पक्राउ पुर्जी जारी हुनासाथ फरार - संगठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ
काठमाडौं– पूर्वउपप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने संगठित ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको ११ दिनपछि रायमाझी काठमाडौंको बूढानीलकण्ठबाट पक्राउ परेका हुन् । रायमाझीविरुद्ध वैशाख २० गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो । त्यसदिन उनी अर्घखाँचीमा एक सार्वजनिक कार्यक्रममा सभामुखसँगै थिए । उनी त्यहाँबाट भोलिपल्ट (२१ गते) आफैं उपस्थित हुने भन्दै प्रहरीबाट फुत्किएका थिए । तर, उनी प्रहरीको सम्पर्कमा नआई फरार भएका थिए । रायमाझी पक्राउ परेलगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि उनी फरार भएका थिए । रायमाझी र उनका छोराले शरणार्थी प्रकरणमा रकम लिएको प्रहरी अनुसन्धानले देखाएको छ । रायमाझीका छोरा सन्दीप भने १० दिनदेखि हिरासतमा छन् । सांसदसमेत रहेका रायमाझीलाई एमालेले सचिव पदबाट निलम्बन गरिसकेको छ । प्रहरीले शरणार्थी प्रकरणमा अहिलेसम्म रायमाझीसहित १३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसीलाई वैशाख २७ गते पक्राउ गरेको थियो । त्यसअघि वैशाख १९ गते तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई र वैशाख २० गते बहालवाला सचिव (तत्कालीन गृहसचिव) टेकनारायण पाण्डे पक्राउ परेका थिए । प्रहरीले उक्त प्रकरणमा मुछिएका सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा पोखरेल र सागर थुलुङलाई गत चैतमा पक्राउ गरेको थियो । यही वैशाख २६ गते काठमाडौंको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ परेका थिए । प्रहरीले जिल्ला अदालत काठमाडौंबाट संगठित अपराधमा म्याद थप गरेर पक्राउ परेकाहरुमाथि अनुसन्धान गरिरहेको छ । अबको १० दिनभित्र प्रहरीले अनुसन्धान गरेर फाइल सरकारी वकिलको कार्यालयमा बुझाउनेछ । कांग्रेसका नेता फरार यस प्रकरणमा कांग्रेसका अर्का नेता पनि तानिएका छन् । पूर्वसभासद्समेत रहेका रामेछापका कांग्रेस नेता आङटावा शेर्पा यस प्रकरणमा तानिएका हुन् । उनीसहित थप तीन जनालाई जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । तत्कालीन गृहमन्त्री रामबहदुर थापाका छोरा प्रतीक, थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईका छोरा निरजविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको हो । खाणसहित १२ जनाको चार दिन म्याद थप जिल्ला अदालत काठमाडौंले यस प्रकरणमा पूर्वगृहमन्त्री खाण, तत्कालीन गृहसचिव पाण्डेसहित १२ जनामाथि अनुसन्धान गर्न प्रहरीलाई चार दिनको म्याद दिएको छ । यसअघि थपिएको म्यादभित्र अनुसन्धान नसकिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले म्याद थपका लागि आइतबार काठमाडौं अदालतमा पेस गरेकामा अदालतबाट चार दिनको म्याद प्राप्त भएको प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । संगठित अपराधमा अनुसन्धान भइरहेकाले प्रहरीले उनीहरुलाई ६० दिन हिरासतमा राखेर आवश्यक काम कारबाही अघि बढाउन पाउँछ । उक्त प्रकरणको अनुसन्धानमा प्रहरीले ५० दिन कटाइसकेको छ । ‘अब आठ–नौ दिनमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाइनेछ,’ काठमाडौंका प्रहरी उपरीक्षक सीताराम रिजालले भने, ‘यो बीचमा अन्य आरोपीहरुको खोजी, प्रमाणहरु संकलन जारी नै रहनेछ ।’ सरकारी वकिलको कार्यालयमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा कार्यालयले अदालतमा अभियोजन दर्ता गर्नेछ । उक्त घटनामा हालसम्म १०६ जनाले २० वटा जाहेरी दिएका छन् । उनीहरुले कूल २३ करोड २५ लाख रुपैयाँ ठगी भएको भनी जाहेरी दिएका छन् । [caption id="attachment_64447" align="alignright" width="225"] आङटावा शेर्पा[/caption] आङटावाको कनेक्सन तिब्बती शरणार्थीसम्म ! कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका आङटावा शेर्पा शेरबहादुर देउवानिकट नेता हुन् । पूर्वगृहमन्त्री बालकृष्ण खाण जोगाउन लागिपरेका उनको शरणार्थी प्रकरणमा ‘कनेक्सन’ भेटिएपछि अनुसन्धानका लागि अदालतबाट पक्राउ पुर्जी जारी गराएको छ । आङटावाले हिरासत पुगेका दुलाल र भण्डारीसँग पटक–पटक भेटेको खुलेको छ । नक्कली शरणार्थी प्रकरणमा प्रहरीले दुलाल र भण्डारीसहित टंक गुरुङलाई पक्राउ गरी चैत १२ सार्वजनिक गरेको थियो । खाणले बुझेको रकम पीडितलाई फिर्ता दिने आश्वासनसमेत शेर्पाले दिएको प्रहरी स्रोतको दाबी छ । खाणले सानु भण्डारीमार्फत एक करोड २५ लाख रुपैयाँ बुझेको प्रहरीको दाबी छ । देउवानिकट शेर्पा खाणसँग नजिक रहेर विभिन्न व्यवसायमा संलग्न रहँदै आएको देखिएको प्रहरी अनुसन्धानमा खुलेको छ । देउवा नेतृत्वको तत्कालीन कांग्रेस प्रजातान्त्रिकबाट रामेछापको जिल्ला सभापति भइसकेका शेर्पा २०७० को संविधानसभा निर्वाचनमा रामेछाप–१ बाट निर्वाचित भएका र्थिन् । शेर्पा रामेछाप गोकुलगंगा गाउँपालिका–१, चुचुरेका हुन् । निर्माण व्यवसायीसमेत रहेका आङटावाको रामेछापका विभिन्न हाइड्रोमासमेत लगानी देखिन्छ । खाणलाई प्रहरीले उनै शेर्पाको मैजुबहालस्थित घरबाट पक्राउ गरेको बताइएको छ । जिल्लामा शेर्पा पार्टीभित्र राम्रै छवि भएको नेताका रुपमा हेरिन्छ । ‘फस्ट क्लास ठेकेदार हुन् । उहाँको हाइड्रोपावरमा पनि लगानी छ,’ एक कांग्रेस नेताले भने, ‘देउवाले पार्टी फुटाउँदा जिल्ला सभापति भएका उहाँलाई रामेछापमा राम्रै नेता मानिन्छ ।’ ‘रामेछाप शेर्पा कन्स्ट्रक्सन’ का सञ्चालकसमेत रहेका आङटावाको कनेक्सन तिब्बती शरणार्थीसम्म रहेको रामेछापका स्थानीय बताउँछन् । देउवासँग निकट सम्बन्ध राख्दा रामेछापमा शेर्पाले तिब्बती शरणार्थीलाई नेपाली बनाएर अमेरिका पठाउने गरेकोसमेत उनी निकटले खुलाए । ‘२०६२÷६३ सालमा आङटावाले एक जनाबाट आठ लाख रुपैयाँसम्म लिएर अमेरिका पठाउँथे,’ गोकुलगंगाका एक कांग्रेस नेताले भने । २०४९ मा जिल्ला विकास समिति रामेछापको उपसभापति भएका उनी पछिल्लो प्रकरणमा तिब्बती शरणार्थी पठाएको अनुभवका आधारमा जोडिएको हुनसक्ने ती स्थानीय बताउँछन् । अनुसन्धानमा तानिएपछि आङटावा अहिले सम्पर्कविहीन छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणको सुरुमा अनुसन्धान गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाइदिने प्रकरणमासमेत अनुसन्धान गरेको थियो । गएको चैत ५ गते प्रहरीले केही अभियुक्तलाई पक्राउ गरेर घटनाको सार्वजनिक गरेको थियो । झापाका कृष्णबहादुर कटुवाल, भक्तपुरका न्युल्केस श्रेष्ठ, मोरङका हिरालाल शिवाकोटी, तनहुँका लोसाङ र ललितपुरका विजय लामालाई पक्राउ गरेको थियो । उनीहरुले सरकारी कागज कीर्ते गरेर काम गरेको देखिएको थियो । यस्तो काम गरेबापत तीन देखि पाँच लाख रुपैयाँ बुझ्ने गरेको देखिन्छ । आङटावा पक्रिए तिब्बती कनेक्सनमा पूर्वगृहमन्त्री खाणको कनेक्सनसमेत खुल्ने देखिन्छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०९:३९
#नक्कली_शरणार्थी_प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल
नवनिर्माण र पुनःनिर्माणमा जुट्न निजी क्षेत्रद्वारा अपिल शुक्रबार, भदौ २७, २०८२
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु
महानगरद्वारा सडकका भग्नावशेष हटाउन सुरु शुक्रबार, भदौ २७, २०८२
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह
घटनाहरूको तस्बिर, भिडिओ, सामाजिक सञ्जालका लिंकहरू पठाइदिन प्रहरीकाे आग्रह शुक्रबार, भदौ २७, २०८२
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए
भरतपुर कारागारमा १२६ कैदीबन्दी फर्किए शुक्रबार, भदौ २७, २०८२
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध
अपराधिक गतिविधि भएमा टोल फ्रि नं १११४ मा जानकारी गराउन अनुरोध शुक्रबार, भदौ २७, २०८२
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार
 बाँकेमा पाँचदिनदेखि शवको पखाईमा परिवार शुक्रबार, भदौ २७, २०८२
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू
कञ्चनपुरमा दिउँसो निषेधाज्ञा, राति कर्फ्यू शुक्रबार, भदौ २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
युवालाई देशमै अड्याउने कहिले ?  
युवालाई देशमै अड्याउने कहिले ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP