Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • रामपुर नगरपालिकाले ल्याए दुर्घटना बिमा
रामपुर नगरपालिकाले ल्याए दुर्घटना बिमा
बिहीबार, वैशाख २१, २०८०
bima1610696317
Hardik health
काठमाडौं– मजदुरको हकहित र सुरक्षाका लागि रामपुर नगरपालिकाले दुर्घटना बिमा कार्यक्रम ल्याएपछि मजदुर खुसी भएका छन् । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक जोखिम मोलेर काम गर्दै आएका मजदुरको सुरक्षालाई दृष्टिगत गर्दै नगरपालिकाले मजदुर बिमा कार्यक्रम सुरु गरेको हो । रामपुर नगरपालिकाले पूर्वी पाल्पा मजदुर व्यवस्थापन समितिसँग समन्वय गरेर संस्थागतरुपमा मजदुरको बिमा गरिदिएको छ । बिमा कार्यक्रमले मजदुरलाई राहत पुगेको रामपुर–५ कृषि टोलका श्यामकुमार श्रेष्ठ बताउछन् । उनले यस क्षेत्रमा विगत सात वर्षदेखि घर तथा भवन निर्माण क्षेत्रमा श्रम गर्दै आएको छ । केही समयअघि काम गर्ने सिलसिलामा देब्रे हातको हत्केलामा चोट लागेर घाइते भए । उनले सबै उपचार खर्च नगरपालिकाले बिमामार्फत बेहोर्ने भएपछि आफूलाई उपचारमा आर्थिक भार नपरेपछि खुसी भए । “काम गर्ने सिलसिलामा हामी श्रमजीवी मजदुर वर्गलाई चोट पटक लागेमा सामान्य उपचार गर्न समस्या हुन्थ्यो, दैनिक मजदुर गरेर परिवारको पालनपोषण गर्नैप¥यो, बिमा गरेपछि उपचार खर्च मजदुरले बेहोर्न परेन, नगरपालिकाले ल्याएको बिमा कार्यक्रम हामी मजदुरको लागि अत्यन्तै राम्रो छ, बिमाले ढुक्कको अनुभूति भएको छ”, उनले खुसी हुँदै भने । प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले हालसम्म रामपुरभित्र कार्यरत पाँच सय ४३ मजदुरको दुर्घटना बिमा गरिएको बताए । निर्माणको क्रममा तोकिएको पारिश्रमिक नपाएको खण्डमा मजदुर व्यवस्थापन समिति तथा स्थानीय निकायले सम्बन्धित निर्माण व्यवसायीलाई खबरदारी गर्ने न्यौपाने बताए । घर तथा भवन निर्माणको क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुरलाई २०७९ सालको जेठदेखि नगरपालिकाले प्रतिव्यक्ति रु तीन लाख बराबरको दुर्घटना बिमा कार्यक्रम सुरु गरेको नगर प्रमुख रमणबहादुर थापा बताउछन् । “जोखिम मोलेर दैनिक ठूला ठूला घर तथा भवन निर्माणमा श्रम गर्ने मजदुरको सुरक्षाका लागि गत वर्षदेखि दुर्घटना बिमा सुरु गरेका छौँ”, उनले भने, “नगरपालिकाले श्रमिक ऐन नीति नियम बनाउने तयारी गरेको छ, मजदुरको हकहितका लागि नगरपालिकाभित्र ऐन बनाएर काम गर्नेछौँ ।” मजदुरको हकहित र अधिकारको लागि २०७२ सालमा पूर्वी पाल्पा मजदुर व्यवस्थापन समिति स्थापना गरी मजदुरका समस्यामा विभिन्न कार्य संस्थागत भइरहेका छन् । यस कार्यले मजदुर सङ्गठित हुन थालेका छन् । संस्था स्थापना भएपछि समितिले मजदुरको जोखिम कार्यलाई मध्यनजर गर्दै रु एक लाखसम्मको दुर्घटना बिमा कार्य सुरु गरेको थियो । ठूला दुर्घटनालाई मध्यनजर गर्दै मजदुरले ठूलो रकम खर्च गरेर उपचार गर्न नसक्ने हँुदा नगरपालिकासँग समन्वय गरेर रु तीन लाख बराबरको बिमा कार्यक्रम समितिले सञ्चालन गरिरहेको समितिका अध्यक्ष नीलकण्ठ भण्डारी बताउछन् । उनी भन्छन्, “सानातिना दुर्घटनाका उपचार खर्च समितिले रु एक लाखसम्म गरिदिएको बिमाले पुग्ने गरे पनि ठूला घटनालाई बाँकी रकम मजदुर आफैँले जुटाउनुपर्दा उपचारमा समस्या भयो, दैनिक ज्यालादारीले बिहान साँझको जीविका धान्न धौँ धौँ पर्ने मजदुर आर्थिक अभावमा उपचार पूरा गर्न नपाएर बस्नु नपरोस् भनी समितिले आग्रह गरेबमोजिम नगरपालिकाको सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ” । समितिले सुरु गरेको दुर्घटना बिमा कार्यक्रममार्फत हालसम्म ७० मजदुरले लाभ लिएका छन् । कामको आधारमा एक दिनको न्युनतम रु छ सय ५० देखि बढीमा एक हजार दुई सय ज्याला समितिले तोकिदिएको छ । तोकेअनुसारको समितिले ज्याला नपाएमा तत्काल समितिले सम्बन्धित निर्माण व्यवसायीलाई कायम गरिएको ज्याला तथा पारिश्रमिक उपलब्ध गराउन निर्देशन दिने गरिएको छ । समितिले कोभिड–१९ को महामारीमा चार सय मजदुरको परिवारलाई राहत वितरण, विभिन्न ठाउँ–ठाउँमा मजदुरको हकहितसहितको सचेतनामूलक सूचनापाटी, राम्रो कार्य गर्नेलाई प्रोत्साहन, घर तथा भवन निर्माणको क्षेत्रमा कार्यरत मजदुरले काम नराम्रो गरेको पाइएमा स्थानीय सरकारलाई खबरदारी गर्नेलगायतका विभिन्न कार्य गरिरहेको छ । समितिमा स्थापनाका समय एक सय १७ मजदुर आबद्ध रही संस्था सुरुआत गरिएको हो । समितिमा आबद्ध पाँच सय ४३ मध्ये हाल करिब ४० प्रतिशत महिला कामदार छन् । महिलाले घर तथा भवन निर्माणको क्षेत्रमा आबद्ध रहेर आफ्नो जीविकोपार्जन, छोराछोरीको पढाइ खर्च धान्दै आइरहेका छन् । अहिले यस संस्थाले यो क्षेत्रमा राम्रो कार्य गरेपछि सदस्य बन्ने क्रम बढिरहेको छ । रामपुर नगरपालिका क्षेत्रमा मात्रै हाल एक हजार पाँच सयको हाराहारीमा मजदुर घर तथा भवन निर्माणको क्षेत्रमा काम कार्यरत छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP