Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • तुवाँलोको मारमा पर्यटक
तुवाँलोको मारमा पर्यटक
सम्झना राई
सम्झना राई बिहीबार, वैशाख ७, २०८०
air-pollution-in-kathmandu
Hardik health
अन्नपूर्ण – कास्कीमा तुवाँलो लाग्न थालेको एक साताभन्दा बढी भएको छ । यसले गर्दा यहाँबाट देखिने हिमशृङ्खला राम्रोसँग देखिन छाडेको छ । यस क्षेत्रमा घुम्न आउने पर्यटकको रोजाइ हिमालको दृश्य नजिकबाट नियाल्नु पनि हो तर, नयाँ वर्षदेखि यहाँका डाँडा तुवाँलोेले डम्मै छेकेको छ । यही कारण पर्यटकको आवागमनमा समस्या भएको छ । नयाँ वर्षमा पर्यटकीय गाउँ घान्द्रुक घुम्न पुगेकी चितवनकी पवित्रा सापकोटाले हिमाल देख्न नपाएको गुनासो पोखिन । रमणीय गाउँबाट हिमाल हेर्न नपाउँदा खल्लो महसुस भएको उनको भनाइ थियो । “चितवनबाट जे सोचेर घान्द्रुक घुम्न आयौं । त्योभन्दा राम्रो लाग्यो”, पवित्राले भने, “तर, यहाँबाट हिमाल नजिकै देखिन्छ भन्ने सुनेका थियौँ । हुस्सुले गर्दा हिमालको दर्शन नै पाइएन । अलि खल्लो मससुस भयो ।” घान्द्रुकका होटल व्यवसायी किसम गुरुङ पनि पाहुनालाई हिमाल देखाउँन नपाउँदा नरमाइलो लागेको बताउछन् । घान्द्रुकबाट हिमालको स्पर्श नजिकबाट लिन पाउनु यहाँको विशेषता भए पनि नयाँ वर्षयता घान्द्रुक पुगेका पर्यटक त्यसै फर्कनुपरेको उनले बताए। “घान्द्रुक सौन्दर्य र संस्कृतिमा धनी छ । यसैका लागि धेरै पर्यटक यहाँ आउनुहुन्छ”, गुरुङले भने, “तर, नयाँ वर्षमा घुम्न आउनुहुने पाहुना हिमाल नहेरी फर्केका छन् ।” केही दिनदेखि लागेको कुहिरोका कारण घान्द्रुक पुग्ने पर्यटक कम भएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए। घान्द्रुकमा नयाँ वर्षको दिन दुई हजार एक सय पर्यटक पुगेको उनले बताए । अहिले त्यो सङ्ख्या घटेर दैनिक तीन सयमा झरेको छ । कुहिरोको प्रभाव पोखरामा पनि परेको छ । कोरोनापछि थला परेको पर्यटन क्षेत्रमा नयाँ वर्षले केही आशा जगाए पनि कुहिरोले मारमा पारेको छ । चैतको अन्तिम साता लेकसाइड क्षेत्रको होटलको ‘अकुपेन्सी’ ९० प्रतिशतको हाराहारीमा रहेको होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। तर, त्यो घटेर ३० प्रतिशतमा झरेको अध्यक्ष सुवेदीको भनाइ छ । तुवाँलोका कारण पर्यटन क्षेत्रमा निकै नोक्सान खेप्नुपरेको उनले बताए। पाहुना आउने अपेक्षा भइरहँदा तुवाँलोका कारण विमानस्थलमा उडान अवरोध हुँदा त्यसको मार पर्यटन क्षेत्रले खेप्नुपरेको उनले जानकारी दिए। “यो बेला धेरै आन्तरिक पाहुना पोखरा आउने तयारीमा थिए । हाम्रो अनुमानमा कम्तिमा पाँचहजार पर्यटक एकसातामा प्रभावित भए । हवाई उडान प्रभावित हुँदा सबैतिर डामाडोल बनायो”, सुवेदीले भने, “पर्यटन क्षेत्रले तुवाँलोका कारण मात्र करोडौं रुपैयाँ नोक्सान खेप्नुपरेको छ ।’ अहिले पोखरा–मुग्लिन बाटो स्तरोन्नतिको चरणमा छ । सोही कारण धुलो र लामो समय लाग्ने झन्झटले पाहुना हवाई माध्यमबाट पोखरा आउन चाहन्छन् तर, कुहिरोले उडान नहुँदा यात्रु अलपत्र परेको सुवेदीले बताए । “होटल बुकिङ गरेका पाहुना बेलैमा पोखरा आउन सकेनन्, त्यसले गर्दा होटलका कोठा नै रित्तै छन्”, सुवेदीले भने । बाक्लो तुवाँलोले गर्दा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई उडान दिनहुँजसो प्रभावित भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख बिक्रम गौतमले जानकारी दिए । एकसातामा एकदिन (गत सोमबार) मात्र तोकिएका सबै उडान भएका थिए । “भिजिबिलिटी कम भएर उडान र अवतरण नभएको हो । पोखरामा मात्रै होइन, धनगढीमा प्रभाव थियो, इटहरीमा र सिमरामा पनि प्रभाव थियो”, प्रमुख गौतमले भने । पोखरा विमानस्थलमा उडान हुनका लागि तीन हजार सात सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थल प्रमुख गौतमले सुनाए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP