Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्वतमा बढ्यो आगलागी
पर्वतमा बढ्यो आगलागी
बुधबार, वैशाख ६, २०८०
fire_kakani
Hardik health
काठमाडौं– पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु भएपछि हालसम्म तीन सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । जिल्लाका सातवटै पालिकामा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा गरी अहिलेसम्म २९ वटा वनमा आगलागी भएको छ । आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेकाले समस्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले गत चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा दुई साताकै अवधिमा २९ स्थानमा रहेका वनमा आगलागीका घटनाहरू घटेको बताए। चैत २५ गते साँझ करिब साढे ५ बजेको समयमा कुश्मा नगरपालिका–१ पाङको मसुरबारीबाट आगलागीको सुरुआत भएको थियो । गत चैत २५ गते नै पैयूँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भिरमा आगलागी भएको थियो । चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लागेको थियो । चैत २६ गते नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भिरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक वनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो । चैत २९ गते कुश्मा नगरपालिका–२ खुर्कोटमा, कुश्मा नगरपालिका–८ चुवामा रहेको लहरे पानी रातो माटो सामुदायिक बनमा र यही वैशाख २ गते फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बनमा आगलागी भएको थियो । डिभिजन वन कार्यालय पर्वतका प्रमुख अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको बताउनुभयो । बढ्दो गर्मी र खडेरीका कारण अझै पनि आगलागीका घटना बढ्दै गएका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको छ । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता प्रचलनले पनि आगलागी बढेको अधिकारीले बताए । कार्यालयले आगलागीका घटना न्यूनीकरणका लागि जिल्लाभरका सामुदायिक वनका उपभोक्ताहरूलाई परिपत्र गरेको छ । आगलागी हुन नदिन र लागिहालेमा अपनाउनुपर्ने उपायका बारेमा आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने निर्देशिकासहित परिपत्र गरेको जनाएको छ । आगलागीका घटनामा संलग्न व्यक्तिलाई वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम फौजदारी कसुर ठहरिने र यस्तो कार्य गर्नेलाई बिगो असुल उपर गरी तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था भए पनि अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्याउन नसकिएको कार्यालय प्रमुख अधिकारीले बताए । बढ्दो आगलागीका कारण पर्वतको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । पर्वत र आसपासको क्षेत्रको ‘भिजिबिलिटी’ कम हुँदा प्रकृतिलाई देख्नसमेत कठिन भइरहेको छ । तुवाँलो लागेजस्तै गरी बिहानदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ । स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने पर्वत अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताए । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनाका साथै दम वा जटिल खालको ब्रोङकाइटिसजस्ता समस्याहरू निम्तिन सक्ने उनकाे भनाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस
तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई आयोगको सिफारिस आइतबार, फागुन १०, २०८२
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन
नेपाल प्रेस इन्स्टिच्युटमा नयाँ नेतृत्व चयन आइतबार, फागुन १०, २०८२
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे आइतबार, फागुन १०, २०८२
चितवन-३ मा कस्तो छ चुनावी माहोल ?
चितवन-३ मा कस्तो छ चुनावी माहोल ? आइतबार, फागुन १०, २०८२
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन
फागुन १५ गतेभित्र जेनजी घाइतेको विवरण उपलब्ध गराउन निर्देशन आइतबार, फागुन १०, २०८२
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन
नारायणगढ बजार क्षेत्रमा स्थलगत अनुगमन आइतबार, फागुन १०, २०८२
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा
पेट्रोलमा १० प्रतिशत इथानोल मिसाउने नीति कार्यान्वयनको तयारीमा आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP