Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्वतमा बढ्यो आगलागी
पर्वतमा बढ्यो आगलागी
सम्झना राई
सम्झना राई बुधबार, वैशाख ६, २०८०
fire_kakani
Hardik health
काठमाडौं– पर्वतमा यस वर्ष आगलागीका घटना बढ्दै गएको छ । विगत वर्षको तुलनामा बढी गर्मी र खडेरी परेका कारण आगलागीका घटना मौलाउँदै गएको हो । यस वर्षको गर्मीयाम सुरु भएपछि हालसम्म तीन सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । जिल्लाका सातवटै पालिकामा रहेका सामुदायिक, व्यक्तिगत र सरकारी वनमा आगलागीका घटना बढेको डिभिजन वन कार्यालय पर्वतका प्रमुख विष्णु अधिकारीले जानकारी दिए । उनका अनुसार जिल्लाका सातवटै स्थानीय तहमा गरी अहिलेसम्म २९ वटा वनमा आगलागी भएको छ । आगलागी भएका अधिकांश ठाउँमा तीनवटै तहका सुरक्षाकर्मी, स्थानीयवासी र वन कार्यालयका कर्मचारीको सहकार्यमा निभाउने गरिएको छ । एकपटक निभाइसकेका ठाउँमा पनि पुनः आगलागी हुने गरेकाले समस्या बढेको कार्यालय प्रमुख अधिकारीले बताए। जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले गत चैत २५ देखि जिल्लामा आगलागीका घटना सुरु भएकोमा दुई साताकै अवधिमा २९ स्थानमा रहेका वनमा आगलागीका घटनाहरू घटेको बताए। चैत २५ गते साँझ करिब साढे ५ बजेको समयमा कुश्मा नगरपालिका–१ पाङको मसुरबारीबाट आगलागीको सुरुआत भएको थियो । गत चैत २५ गते नै पैयूँ गाउँपालिका–३ बेहुलीबासमा, महाशिला गाउँपालिका–१ होश्राङदीको कुवापानी सामुदायिक बनमा, फलेवास नगरपालिका–८ ठानामौलाको खाल्टेमा व्यक्तिको पाखो बारीको भिरमा आगलागी भएको थियो । चैत २६ गते जलजला गाउँपालिका–८ नाग्लीवाङबाट सुरु भएको आगो नियन्त्रणमा लिन दुई दिन लागेको थियो । चैत २६ गते नै मोदी गाउँपालिकाको गिज्यानमा रहेको एक्ले फाँट सामुदायिक बनमा, कुश्मा नगरपालिका–१ पाङको मालढुङ्गामाथिको भिरमा, चैत २८ गते फलेवास नगरपालिका–८ ठानामौलामा रहेको सामुदायिक बनमा, कुश्मा नगरपालिका–१२ ठूलीपोखरीमा रहेको झाँक्री खोला सामुदायिक वनमा, फलेवास नगरपालिका–१० कुर्घामा रहेको कुर्घा सामुदायिक बनमा आगलागी भयो । चैत २९ गते कुश्मा नगरपालिका–२ खुर्कोटमा, कुश्मा नगरपालिका–८ चुवामा रहेको लहरे पानी रातो माटो सामुदायिक बनमा र यही वैशाख २ गते फलेवास नगरपालिका–४ मुडिकुवामा रहेको बनमा आगलागी भएको थियो । डिभिजन वन कार्यालय पर्वतका प्रमुख अधिकारीले धेरै ठाउँमा भएका आगलागीहरू नियन्त्रणमा आएको बताउनुभयो । बढ्दो गर्मी र खडेरीका कारण अझै पनि आगलागीका घटना बढ्दै गएका छन् । अधिकांश घटनामा मानवीय लापरबाही नै बढी देखिएको छ । पाखो तथा खरबारीमा राम्रो घाँस पलाउने आशामा नागरिकले आफैँ आगो लगाउने गरेका छन् भने खेतबारीमा बर्खेबाली लगाउनुअघि स्याउला, पात पतिङ्गर पोल्ने जस्ता प्रचलनले पनि आगलागी बढेको अधिकारीले बताए । कार्यालयले आगलागीका घटना न्यूनीकरणका लागि जिल्लाभरका सामुदायिक वनका उपभोक्ताहरूलाई परिपत्र गरेको छ । आगलागी हुन नदिन र लागिहालेमा अपनाउनुपर्ने उपायका बारेमा आवश्यक योजना बनाएर कार्यान्वयन गर्ने निर्देशिकासहित परिपत्र गरेको जनाएको छ । आगलागीका घटनामा संलग्न व्यक्तिलाई वन ऐन २०७६ को दफा ५० को उपदफा ४ बमोजिम फौजदारी कसुर ठहरिने र यस्तो कार्य गर्नेलाई बिगो असुल उपर गरी तीन वर्षसम्म कैद र रु ६० हजारसम्म जरिवाना वा दुवै हुने व्यवस्था भए पनि अहिलेसम्म कसैलाई कारबाहीको दायरामा ल्याउन नसकिएको कार्यालय प्रमुख अधिकारीले बताए । बढ्दो आगलागीका कारण पर्वतको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण ह्वात्तै बढेको छ । पर्वत र आसपासको क्षेत्रको ‘भिजिबिलिटी’ कम हुँदा प्रकृतिलाई देख्नसमेत कठिन भइरहेको छ । तुवाँलो लागेजस्तै गरी बिहानदेखि धुवाँ फैलिँदा नजिकैको दूरीमा पनि देख्न समस्या भइरहेको छ भने आकाश मार्गसमेत प्रभावित भएको छ । स्वास्थ्यका दृष्टिले पनि यो अवस्था हानिकारक हुने पर्वत अस्पतालकी निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताए । धुवाँले हावाको गुणस्तर घटाउने भएकाले श्वासप्रश्वासमा कठिनाइ आउनाका साथै दम वा जटिल खालको ब्रोङकाइटिसजस्ता समस्याहरू निम्तिन सक्ने उनकाे भनाइ छ ।
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १७:२१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण  बन्द
अनिश्चितकालका लागि लाइसेन्स छपाइ र वितरण बन्द आइतबार, भदौ २९, २०८२
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत
चितवन राष्ट्रिय निकुञ्जमा थालियाे पर्यटकीय सडकको मर्मत आइतबार, भदौ २९, २०८२
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे  अनुरोध
हतियार तथा सुरक्षासामग्री फिर्ता गर्न सशस्त्र प्रहरीकाे अनुरोध आइतबार, भदौ २९, २०८२
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय
चाडपर्वमा यातायात व्यवस्थित गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय आइतबार, भदौ २९, २०८२
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन
प्रधानमन्त्रीद्वारा युवापुस्ताको चाहनाबमोजिम काम गर्न निर्देशन आइतबार, भदौ २९, २०८२
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु
अमेरिकी सेमिकन्डक्टरलाई लक्षित गर्दै चीनद्वारा अनुसन्धान सुरु आइतबार, भदौ २९, २०८२
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा दभार ग्रहण आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP