Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #भारत–पाकिस्तान
  • #ओभरपास
  • #कञ्चनपुर–कमला सडक विस्तार
  • #ग्लोबल पेमेन्ट गेटवे
  • #ग्लोबल_बैंक
  • #हुलाकी_राजमार्ग
  • #सेयर_बजार
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
पर्यटकको रोजाइमा कञ्चनजङ्घा क्षेत्र
सम्झना राई
सम्झना राई सोमबार, वैशाख ४, २०८०
kanchanjunga
RBB RBB
फुङ्लिङ– चाँदी झैँ टल्किइरहेको छ विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा । हिमालको फेदीमा गुराँसका फूलहरुले मनै आकर्षित गरिरहेको छ यतिबेला । यस क्षेत्रका पदमार्ग, यिनको छेउछेउ भएर बहने झरना तथा जङ्गलको बाटो हिँड्दा सुनिने चराचुरुङ्गीका सङ्गीतमय आवाजले जो कोहीलाई पनि मोहित बनाउँछ । यही सौन्दर्यको आनन्द लिन आउँछन् कञ्चनजङ्घा क्षेत्रमा बर्सेनि हजारौँ विदेशी र स्वदेशी पर्यटक । हातमा लठ्ठी र काँधमा क्यामेरा बोेकेका विदेशी यहाँका पदमार्गमा भेट्न सकिन्छ । कञ्चनजङ्घा क्षेत्र प्राकृतिक सौन्दर्य र जैविक विविधताले भरिपूर्ण छ । कञ्चनजङ्घा प्रवेशद्वार घुन्सा क्षेत्रमा गत साता मात्र ८५ जना बाह्य पर्यटक पुगेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । कोरोना महामारीपछि लामो समय सुस्ताएको पर्यटन व्यवसाय बिस्तारै लयमा फर्कंदै छ । गत चार महिनामा चार सय ३९ बाह्य पर्यटकले भ्रमण गरेका छन् । आर्थिक वर्ष २०७६÷७७ मा तीन सय ८६ पुरुष र एक सय ८६ महिला विदेशी पर्यटक कञ्चनजङ्घा क्षेत्रमा आएको परिषद्को तथ्याङ्कमा उल्लेख छ । दक्षिण एसियाली मुलुकबाट २५ पुरुष र चार महिला पर्यटक यहाँ आएका थिए । विसं २०५६ मा सात सय ९९ विदेशी पर्यटक घुमघाम गर्न आएको तथ्याङ्क छ । विसं २०५७ मा आठ सय ७३ तथा २०५७ देखि २०७७ सालसम्म ११ हजार एक सय ९७ विदेशी पर्यटकले कञ्चनजङ्घा हिमालको अवलोकन गरेका थिए । कञ्चनजङ्घाको आधार शिविर पुग्न दुई पदमार्ग प्रयोग गरिँदै आएको छ । पाँचथरको गणेशचोक हुँदै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका भएर पर्यटक कञ्चनजङ्घा हिमालको आधार शिविर पुग्छन् । काठमाडौँबाट हवाई मार्ग भएर ताप्लेजुङको सुकेटर विमानस्थलसम्म हुँदै फक्ताङलुङ गाउँपालिकाको बाटो प्रयोग गरी कञ्चनजङ्घाको आधार शिविर पुग्न सकिन्छ । अष्ट्रेलियाली नागरिक क्यारोन मिल्नी गत वर्ष कञ्चनजङ्घा हिमाल क्षेत्रमा चार महिना बिताउनुभयो । कञ्चनजङ्घा क्षेत्रमा बस्दा मिल्नीले भनेका थिए, “म नेपाल आएको छ पटक भयो । नेपालको प्राकृतिक सौन्दर्य त छँदैछ यहाँको संस्कृति एवं संस्कार पनि विश्वमै उदाहरणीय छ । यहाँका प्राकृतिक सुन्दरताले मलाई सधैँ नेपाल तानिरहन्छ । त्यसैले मलाई नेपाल छ पटक घुम्न आएको छु ।” कञ्चनजङ्घा आउने पर्यटकलाई लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो ठूलो लगानीका ५२ वटा होटल सञ्चालनमा रहेका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ । फक्ताङलुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिंगी नामजोंग होटल सञ्चालनमा आएको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको परिषद्का कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताए । उनका अनुसार अन्य करिब रु ८० लाखदेखि माथि लगानीमा होटलहरु सञ्चालनमा रहेका छन् । ताप्लेजुङको समदरमुकाम फुङलिङ बजारमा समेत पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा होटलहरु खोलिएका छन् । पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन तथा होटल व्यवसायी उत्साहित भएका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका समुदायको प्रमुख व्यवसाय भनेकै पर्यटन, होटल र पशुपालन हो । पर्यटकीय क्षेत्र घुन्सा, फले र याम्फुदिन क्षेत्रका प्रत्येक घरपरिवार पर्यटनसँग प्रत्यक्ष जोडिएको परिषद्का कार्यक्रम सहायक जितेन चेम्जोङ बताउछन् । केही होटल सञ्चालन गरेर स्वरोजगार बन्दै आएका छन् भने कोही पर्यटकको सहयोगी बनेर राम्रो आयआर्जन गर्दै आएको छ । यी क्षेत्रहरुमा खेतीपाती नहुने भएकाले पछिल्लो समय युवा पुस्ता पशुपालनभन्दा पर्यटन व्यवसयतर्फ नै आकर्षित देखिन्छन् । इलाइट एक्सपिडिसन ग्रुरुपका मिङमा डेभिड शेर्पाका अनुसार कञ्चनजङ्घा आरोहणका लागि यस याममा ५० भन्दा बढी विदेशीसहित उनीहरुको सहयोगीसमेत गरी करिब तीन सयजना मानिस आधार शिविरमा जम्मा हुनेछन् । दक्षिणी मोहडाबाट आरोहण गर्नेहरू अर्को साता आधार शिविरमा पुग्ने तयारीमा रहेको पर्यटन व्यवसायीले बताएका छन् । कञ्चनजङ्घा क्षेत्रको घुन्सा आधार शिविरमा अहिले नै ट्रेकिङ गर्नेहरू पुग्न थालेका छन् । पैदलमार्ग खराब भएकाले उनीहरुका लागि खाद्यान्न, एक्सपिडिसनमा प्रयोग हुने सामग्री हेलिकप्टरबाट लाने तयारी भइरहेको पनि शेर्पाले बताए । सन् १९५५ मे २५ का दिन पहिलोपटक कञ्चनजङ्घाको आरोहण भएको थियो । अहिलेसम्म कति आरोहीले कञ्चनजङ्घा हिमालको सफल आरोहण गरिसकेका छन् भन्ने यकिन तथ्याङ्क नभएको परिषद्ले जनाएको छ । कोरोना सङ्क्रमणका कारण २०७५ देखि २०७७ सालमा हुन नसकेको कञ्चनजङ्घामा गत वर्ष आरोहण भएको थियो । गएको याममा पाँच सय ४३ जना विदेशी पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका थिए भने यो वर्ष पनि त्योभन्दा बढी विदेशी आरोही आउने व्यवसायी बताउँछन् । कञ्चनजङ्घा संरक्षण क्षेत्रका पर्यटन सहायक टाँसी शेर्पाका अनुसार जर्मनी, इरान, जापानलगायतबाट पदयात्रा गर्नेहरू चाहिँ घुन्सा पुगिसकेका छन् । दक्षिणी र उत्तरी दुई बेसक्याम्पबाट आरोहण गर्न सकिने भए पनि उत्तरी मोहडाबाट आरोहण गर्न अलि कठिन हुने भएकाले यसपटक कोही पनि आरोही नभएको टाँसीले बताए । सदरमुकाम फुङलिङदेखि पैदल यात्रा गर्दा २४ दिनमा मात्रै एक फन्को लगाएर फर्कन सकिने कञ्चनजङ्घा क्षेत्रको भ्रमण दूरी अहिले छोटिएर ११ देखि १६ दिनमा दुवै आधार शिविर पुगेर फर्कन सकिन्छ । कञ्चनजङ्घा क्षेत्रमा ठूलो सङ्ख्यामा पर्यटक भने चैत, वैशाख, जेठ र असोज, कात्तिक, मङ्सिरमा आउने गर्दछन् । कञ्चनजङ्घा आरोहण भने वैशाख र जेठमा मात्रै हुने गरेको छ । सामान्यतः ४५ दिनको कोसिसमा आरोहण गरेर फर्कने पर्यटन व्यवसायी मिङमा डेभिड बताउँछन् । यहाँ जापानी, जर्मनी, अस्ट्रेलिया, अमेरिका, फ्रान्स, बेलायत, नेदरल्यान्ड, क्यानडा, स्विजरल्यान्ड, बेल्जियम, फिलिपिन्स, स्पेन, स्विडेनलगायत देशबाट आउने गरेको तथ्याङ्क छ । भारत र चीनबाट पनि आरोहण तथा भ्रमणका लागि केही पर्यटक आउने गरेका छन् । विश्वको तेस्रो र नेपालको दोस्रो अग्लो हिमाल भएर पनि यहाँ आउने पर्यटकको सङ्ख्या न्यून रहेको छ । यसलाई कसरी बढाउन सकिन्छ भन्ने बारेमा समृद्ध पहाड र परिषद्ले पर्यटनको प्रवर्द्धनका विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेका छन् । यस क्षेत्रहरुमा इन्टरनेट सेवाका लागि वर्ड लिङ्कको प्राविधिकहरुले याम्फुदिन, लासे, नयाँझोरेनी, कस्तुरी डाँडा, तोरोङ्देन, अन्धाफेदी, चेराम, राम्जेर र ओक्ताङ क्षेत्रमा वाइफाई सेवा सञ्चालन गर्ने तयारी भएको परियोजनाले जनाएको छ । साथै, यस क्षेत्रमा खानेपानी, शौचालय, होटल तथा लज, चिया पसल, क्याम्प साइट, पदमार्ग, विश्राम गृह, विद्युत् आपूर्ति, फोहोरमैला व्यवस्थापन, पुलपुलेसा निर्माण, हेलिप्याड निर्माण गर्ने बारेमा तयारी थालिएको जनाइएको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सँगको सहकार्यमा विगतमा समृद्ध पहाडले लामो समयदेखि यस क्षेत्रको पर्यटन प्रवर्द्धन र वित्तीय पहुँचको क्षेत्रमा काम गरिरहको छ । यही कार्यक्रमले कञ्चनजङ्घा क्षेत्रको दक्षिणी क्षेत्रको पर्यटकीय पदमार्गहरुमा पर्ने यासाङ, केङ्स्रा, तोरोङदेन, अन्धाफेदी, चेराम र राम्जेरलाई लक्षित गरी गुरुयोजना तयार गर्न लागिएको परियोजनाका कार्यक्रम संयोजक चित्राकुमारी चंसुले जानकारी दिए । यस कार्यक्रमलाई आफ्नै लगानीमा आर्थिक सहयोग गरिरहेको समृद्ध पहाडका दाता तथा हिमालयन ट्रष्ट युकेका अध्यक्ष सर ग्राम रिग्लीले गत चैत्रमा कञ्चनजङ्घा क्षेत्रमा पर्यटन प्रवद्र्धन र विकासको ढाँचाबारे परिषद्का पदाधिकारीहरुसँग छलफल गरी स्थलगत भ्रमण पनि गरेको थियो । सो अवसरमा उनले यस क्षेत्रलाई विशवकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार विकास र प्रचारप्रसारमा जोड दिएको थियो ।
प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १५:३०
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप समाचार
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले
गति लिँदै महाकाली सिँचाइ तेस्रो चरणले शुक्रबार, वैशाख २६, २०८२
वन्यजन्तुलाई वनमै पोखरी
वन्यजन्तुलाई वनमै पोखरी शुक्रबार, वैशाख २६, २०८२
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण
नेपाली नागरिकको सुरक्षाको प्रबन्ध गर्न सभामुखको ध्यानाकर्षण शुक्रबार, वैशाख २६, २०८२
काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन
काठमाडौंमा दुवै देशका दूतावास अगाडि प्रदर्शन शुक्रबार, वैशाख २६, २०८२
भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ?
भारत–पाकिस्तान तनावबाट जोगिने तयारी कस्तो छ ? शुक्रबार, वैशाख २६, २०८२
हात्तीको विध्वंश रोकिएन
हात्तीको विध्वंश रोकिएन शुक्रबार, वैशाख २६, २०८२
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण  शुक्रबार, वैशाख २६, २०८२
लोकप्रिय
  • Week
  • Month
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे सांगितिक धुन
मंगलबार सार्वजानिक विदा
मंगलबार सार्वजानिक विदा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
स्वदेशमै रोजगार प्रवद्र्धन गर्न ‘श्रम संसार’ पोर्टल सञ्चालनमा
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
'आठौं राष्ट्रिय समावेशी म्युजिक अवार्ड' सम्पन्न 
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
मलेसिया रोजगारीमा सिण्डिकेटको हल्ला
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा  ५ जना निलम्बनमा 
व्यवसायी संघकाे चुनाव नजिकिदै गर्दा ५ जना निलम्बनमा 
तेमाल जात्राको ऐतिहासिक पाटो
तेमाल जात्राको ऐतिहासिक पाटो
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
तेमाल जात्रामा दुई दिन बिदा दिन माग
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP