Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावले डामेको पहिचान
चुनावले डामेको पहिचान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १, २०८०
election
Hardik health
काठमाडौं – सीमान्तकृत समुदायले पछिल्लो डेढ दशकमा अधिकार र प्रतिनिधित्वभन्दा बढी पहिचान मागे । राज्य पुनःसंरचनापछि स्थानीय तह र प्रदेशको नामकरणमासमेत पहिचान देख्ने उनीहरूको चाहना भयो । तर, मधेसबाहेक कहीँ पनि प्रदेश नामाकरण पहिचानसहित गर्न सकेनन् । फेरि, संसदीय प्रणालीमा राजनीतिक मुद्दालाई स्थापित गर्ने र खारेज गर्ने वैधानिक आधार आवधिक निर्वाचन हो । वर्षान्तसम्ममा भएका स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा व्यक्त अभिमतले पहिचानलाई सीधै अस्वीकार ग¥यो । जनमतका आधारमा पहिचानवादीहरू धेरै कमजोर देखिए । संसद्मा प्रतिनिधित्व घट्यो ।
– २०७९ मा भएका सबै चुनावबाट पहिचानको मुद्दा अस्वीकृत – मूलधारका राजनीतिक दलहरूले त्याग्दै – पहिचानवादीहरूले मुद्दाबारे जनतालाई बुुझाउनै सकेनन्
यद्यपि, राजनीतिशास्त्री प्रा.डा. महेन्द्रसुन्दर लावतीको भने पहिचानको आन्दोलन बलियो र कमजोर छुुट्याउने मानक चुनावमा प्रकट भएका मत नहुने विश्लेषण छ । उनले प्रभावसँग भने, ‘पहिचानको मुद्दा कमजोर भएको अर्थमा बुझिनु हुँदैन । भित्रभित्रै भुसको आगोझैँ पहिचानको मुद्दा सल्किरहेको देखेको छु ।’ डा. लावतीको यो विश्लेषणले पहिचानवादीहरूलाई उत्साहित नै बनाउलान् । तर, निर्वाचनहरूमा प्रकट भएका अभिमत र संसद्मा प्रतिनिधित्व भने घटेको सत्य हो । त्यही भएर नेकपा माओवादी केन्द्रले देशको पूूर्वी क्षेत्रको प्रदेशको नाम ‘कोशी’ पारित भएपछि कांग्रेस–एमालेलाई मत दिएपछि कहाँदेखि पहिचानको आधारमा प्रदेशको नाम हुन्छ ?’ भन्दै आक्रोश व्यक्त गर्‍यो । हुन पनि पहिचानको मुद्दा बोकेको दाबी गर्ने दल माओवादीले अघिल्लो संसद्मा भन्दा यसपटक २१ सिट गुमायो । अहिले ३२ सिटसहित संसद्मा माओवादीको प्रतिनिधित्व छ । यही दल हो, जसले पहिलो संविधानसभामा प्रत्यक्षतर्फ स्पष्ट बहुमत प्राप्त गरेको थियो । दोस्रो संविधानसभा निर्वाचन (२०७०), प्रतिनिधिसभा निर्वाचन २०७४ हुँदै गत ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनसम्म आइपुुग्दा झन्झन् कमजोर हुँदै गयो ।पहिचानकै राजनीति गरेको दाबी गर्ने अन्य दलहरू जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादीपार्टी (लोसपा) ले आधाभन्दा बढी सिट गुमाए । आधारभूमि मधेसमै प्रभाव घट्यो । पहिचानको आन्दोलनसँग जोडिएका अन्य दलहरूले त ‘थ्रेस होल्ड’ पार गर्नै सकेनन् । राजनीतिक प्रभावको दृष्टिले किनाराकृत भए । पहिचानवादीहरूकै शब्दमा बरु ‘पहिचानविरोधी’ शक्तिहरू केही बलिया देखिए । उनीहरू कांग्रेस, एमाले र राप्रपालाई पहिचानविरोधी दलरूको कित्तामा राख्छन् ।यिनै तीन दल १७ फागुनमा कोशी नाम राख्न एक ढिक्का भए । पछि माओवादी पनि मिसियो । र, दुुई तिहाइभन्दा बढी मतले पहिचानयुक्त नाम ‘किरात–लिम्बुवान–सगरमाथा’ अस्वीकृत भयो र कोशी नाम रह्यो । यअसघि नै चारवटा प्रदेशको नाम महेन्द्रकालीन अञ्चलको नाम राखिएको थियो । कर्णाली, लुम्बिनी, गण्डकी र बागमती अञ्चलका नाम हुन् । सुदूरपश्चिम भने देशको पश्चिमी भेगलाई अथ्र्याउनेगरी राखियो ।यी नामहरूमा कहीँकतै पनि सीमान्त समुदायको पहिचान मिश्रण भएको देख्दैनन् पहिचानवादीहरू । यस आधारमा उनीहरूको प्रश्न पनि छ, ‘राज्यको पुनःसंरचना होे कि पुरानै राज्य संरचनाको निरन्तरता ? पहिचान सीमान्तकृत समुदायले खोजेको कि खोलानालाले ?’ तर, मधेस नाम भने भौगोलिक पहिचानको आधारमा राखियो । जुनजुन प्रदेशमा एमाले र माओवादी मिलेर बनेको तत्कालीन नेकपाको संसद्मा एकल बहुमत थियो, ती प्रदेशहरूको नाम अञ्चल र भेगीय आधारमा नामकरण भयो । जहाँ जसपा र लोसपाको बहुमत थियो, त्यहाँचाहिँ भौगोलिक पहिचानको आधारमा प्रदेशको नाम ‘मधेस’ राखिएको हो । मधेससँगै सीमा जोडिएको प्रदेश १ को नाम पनि पहिचानकै आधारमा राख्न प्रयास भएकै थियो । तर, केही सांसदले समेत सुुइँको नपाई भित्रभित्रै तयारी गरेर अन्ततः प्रदेश संसद्मा एमालेले कोशी नामसम्बन्धी प्रस्ताव दर्ज ग¥यो । यही प्रदेश संसद् हो, जहाँ अहिले पहिचानको आधारमा प्रदेशको नामकरण हुनुुपर्छ भन्नेहरू अल्पसंख्यक छन् । यही मौकामा कफ्र्यूू आदेश जारी गरेर कोशी नाम संसद्ले राख्यो । नाम राखिएपछि माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भनेका थिए, ‘नामकरणमा बाधक नबन्न कोशीको पक्षमा उभियौं ।’यो अभिव्यक्तिलाई विश्लेषण गर्ने हो भने माओवादीले उठाएको पहिचानको मुद्दा निर्वाचन केन्द्रित हो । पहिचानवादीहरूको मत प्राप्तिका लागि थापेको ‘ढोक्सा’ हो । डा. लावती पहिचानको मुद्दालाई माओवादीले ‘युुज एन्ड थ्रो’ बनायो । कांग्रेस–एमाले र राप्रपा त खाँटी पहिचानविरोधी दल भएको र माओवादी पनि प्रदेश नामकरणसँगै त्यही समूहमा पुुगेको उनलाई लाग्छ ।त्यही भएर वर्तमान संसद्बाट अझ पहिचानको आन्दोलनमाथि प्रहार हुन सक्ने उनको विश्लेषण छ ।‘पहिचानविरोधीहरूले चुनावबाट शक्ति आर्जन गरे । यस्तो अवस्थामा स्वाभाविक रूपमा अड्कल गर्न सक्छौं कि अझ पहिचानको आन्दोलनमाथि प्रहार हुन्छ’, लावती भन्छन् । माओवादी पहिलो संविधानसभादेखि दोस्रो संविधानसभासम्म आइपुुग्दा एकल जातीय पहिचानको पक्षमा थियो । उसले लिम्बुवान, खम्बुवान, कोच, अबध, ताम्सालिङ, मगरात, तमुवान, खसान, थरुहटलगायतका गणराज्य घोषणा ग¥यो । राज्य पुनःसंरचनाबारे बहसको क्रममा प्रदेशको नामकरणको आधार एकल जातीय पहिचानलाई नै मान्नुुपर्ने मतमा अडिक रह्यो । किनभने पहिलो संविधानसभा माओवादी मात्रै होइन, एकल पहिचान चाहने मधेसवादी दलहरू पनि थिए । कांग्रेस र एमाले भने प्रदेश नामकरणको आधार बहुपहिचान हुुुनुपर्ने पक्षमा थिए । सोहीअनुसार प्रदेश नामकरणको प्रस्ताव अघि सारेका थिए । कतिपय राजनीतिक विश्लेषक पहिलो संविधानसभा विघटन हुनुको मूल कारक नै पहिचानको मुद्दामा दलीय असहमझदारी ठान्छन् । जतिबेला संविधानसभामा आदिवासी जनजाति सभासदहरूको समूह (ककस) थियो । एकातिर माओवादीसँगै मधेसवादी दलहरू मजबुुत स्थितिमा थिए । त्यही संविधानसभामा हो, जहाँ संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले व्यवस्थापिका संसद् सञ्चालन नियमावली २०६५ को नियम २१ को आधारमा नेपाली भाषाको अतिरिक्त मातृभाषामा शपथ ग्रहण गर्ने अवसर दिलाए । जतिबेला २५६ जना सभासदले तामाङ, मगर, लिम्बू, हिन्दी, भोजपुरीलगायत विभिन्न भाषामा शपथ ग्रहण गरेका थिए । पहिचानवादीहरूका अनुसार यो (पहिलो) संविधानसभाबाट पहिचानसहितको संघीयता निश्चित भएको संविधान जारी गर्न अनुुकूूल थियो । तर, राज्यको पुुनःसंरचनाको क्रममा प्रदेशको नामकरणको आधारलाई लिएर भएको दलीय मतभेदले अन्ततः गहिरिएको राजनीतिक गतिरोधबीच संविधानसभा विघटन भयो । अनि, दलविहीन सरकार बन्यो । दोस्रो संविधानसभा निर्वाचन भयो । निर्वाचनबाट पहिचानको मुद्दा उठाउने माओवादीसहित मधेसकेन्द्रित दलको दलीय आकार धेरै खुुम्चियो । अर्थात् जनमत घट्यो ।सोही संविधानसभाबाट ३ असोज २०७२ मा प्रदेशको नाम १, २, ३, ४, ५, ६ र ७ उल्लेख गरिएको संविधान जारी भयो । संविधानमा प्रदेश संसद्को दुुईतिहाइ बहुमतले नाम र राजधानी तोक्ने प्रावधान उल्लेख भयो । पहिचानकै आधारमा प्रदेश नामकरण गर्नुुपर्ने भनिएन । पहिलो संविधानसभामा डा. मदन परियार संयोजक रहेको राज्य पुनःसंरचना उच्चस्तरीय आयोगले राज्यको नामङ्कन र सिमाङ््कनका लागि सिफारिस गरेको पहिचानका पाँच र सामथ्र्यका चार आधारको सम्बोधन भएन । र, प्रतिनिधिसभा निर्वाचन २०७४ हुँदै गत ४ मंसिर २०७९ को निर्वाचनसम्म आइपुुग्दा पहिचानवादीहरू झन् कमजोर बने । राजनीतिक विश्लेषक तुलानारायण साह पहिचानको आन्दोलन झन् कमजोर हुनुुमा पहिचानको मुद्दा बोक्ने दलहरू पनि उत्तिकै जिम्मेवार ठान्छन् । उनले भने, ‘प्रदेशको नामकै सन्दर्भमा पनि पहिचानवादीहरूबीच एकमत देखिएन । कोशीमा पहिचानवादीहरू कोही लिम्बुवान मात्रै भन्ने कोही किरातमा विभाजित थिए । कोही चाहिँ खम्बुुवान । नाममा कम्तीमा एकमत भएको भए कोशी राखिँदैन थियो होला ।’ कतिपय राजनीतिक विश्लेषकहरूले अभिव्यक्त गरेको मतलाई आधार मान्दा भने पहिचानवादीहरूले पहिचानको मुुद्दाबारे जनतालाई स्पष्ट पार्न सकेनन् । कुनै एक जातिको आधिपत्य समाप्त पारेर अर्को जातिको आधिपत्य स्थापित गर्न खोजिएको सन्देश पनि गयो । परिणामतः पश्चिम तराईमा साम्प्रादायिक दंगा भड्किने स्थिति बन्यो ।र, ठूूला दलहरूले पनि पहिचानको मुद्दालाई क्रमशः छाड्दै गए । यी अनेकन कारणले क्रमशः पहिचानको आन्दोलन कमजोर बनेको देखिएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP