Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटन सुधारको वर्ष : वर्ष २०७९
पर्यटन सुधारको वर्ष : वर्ष २०७९
बिहीबार, चैत ३०, २०७९
chinese
Hardik health
काठमाडौं– वर्षको उत्तरार्धमा महिनामै एक लाख विदेशी पर्यटकको आगमनले नेपालको पर्यटन क्षेत्रमा उत्साह छाएको छ । कोरोना महामारीपछि कुनै एक महिनामा सबैभन्दा बढी विदेशी पर्यटक भित्रिएको यो आँकडाले वर्ष २०७९ को समापन सुखद् बनाएको छ । यसले नेपालमा विस्तारै विदेशी पर्यटक बढ्ने संकेत समेत गरेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२३ को मार्चमा ९९ सय हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका छन् । अंग्रेजी वर्ष सन् २०२३ को शुरुवातदेखिनै विदेशी पर्यटक आगमन निरन्तर बढ्दो क्रममा छ । जसअनुसार जनवरीमा ५५ हजार ७४ जना र फेब्रुअरीमा ७३ हजार दुई सय ५५ विदेशी पर्यटक नेपाल आएका छन् । कोरोना महामारी आउनुअघि सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए । तर सन् २०२० मा कोरोना महामारीका कारण विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ २ लाख ३० हजार ८५ संख्यामा खुम्चियो । त्यसैगरी सन् २०२१ मा भने एक लाख ५० हजार नौ सय ६२ पर्यटक नेपाल आएका थिए । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले समग्रमा वर्ष २०७९ वर्ष पर्यटन क्षेत्र पुनरुत्थानको वर्ष भएको र पर्यटकको बढोत्तरीले पर्यटन क्षेत्रमा नयाँ उत्साह थपिएको बताउनुभयो । “पर्यटनका हिसावले समष्टिगत रुपमा वर्ष २०७९ सुखद् रह्यो”, उहाँले भन्नुभयो, “हरेक महिना पर्यटक आगमन बढ्दो क्रममा रहेको छ । साउनदेखिनै पर्यटक बढिरहेका छन् । हरेक महिना औसतमा ७० प्रतिशतभन्दा माथि पर्यटन आगमन भएको देखिन्छ । वर्षको अन्त्यमा झण्डै ८० प्रतिशत ‘रिभाइभ’ भएको छ ।” निर्देशक लामिछानेका अनुसार आन्तरिक पर्यटनमा पनि चहलपहल बढेको छ । वर्ष २०७८ मा आन्तरिक पर्यटक झण्डै एक सय २० प्रतिशत चहलपहल थियो भने २०७९ मा एक सय ३० प्रतिशित ‘मुभमेन्ट’ बढेको छ । अर्थात् कोभिडपूर्वको अवस्थाभन्दा ३० देखि ३५ प्रतिशत पर्यटनको चहलपहल बढेको उहाँको भनाइ छ । वर्ष २०७९ मा पर्यटकीय पूर्वाधार थपिएका यसले थप उत्साह थपेको छ । होटल रेस्टुराँमा लगानी बढेको छ भने अन्तर्राष्ट्रिय चेन होटल पनि भित्रिने शृङ्खला शुरु भएकाले यसले पर्यटन क्षेत्रलाई थप उत्साह थपेको छ । होटल सङ्घ नेपाल ९हान० का प्रथम उपाध्यक्ष विनायक शाह समग्रमा वर्ष २०७९ पर्यटनका लागि उत्साहबद्र्धक रहेको बताउनुहुन्छ । यस वर्षलाई पर्यटन सुधारको वर्षको रुपमा आफूहरुले लिएको उहाँको भनाइ छ । “पछिल्लो पर्यटक आगमन र होटल बुकिङ हेर्दा निकै सकारात्मक छ, यसलाई अझ सुदृढ तुल्याउन ‘एयर कनेक्टिभिटी’ बढाउँदै र सडक यातायात स्तरोन्नति गर्नु आवश्यक छ”, उहाँले भन्नुभयो । पर्वतारोहणका लागि पनि उत्साह देखिएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइटेलले यस वर्षको वसन्त ऋतुमा विभिन्न २१ वटा हिमाल आरोहणका लागि विभिन्न देशका ५१२ जना आरोहीले अनुमति लिएका छन् । जसबाट विभागले राजस्व वापत रु ३१ करोड ३ख सङ्कलन गरेको छ । जसमा सबैभन्दा बढी सगरमाथाका लागि एक सय ९७, लोत्से आरोहणका लागि ६० जना र अन्नपूर्ण आरोहणका लागि ५६ जनाले अनुमति लिएका छन् । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्टस् ९नाट्टा० का अध्यक्ष रमेश थापाले वर्ष २०७९ पर्यटनका लागि सुधारको वर्ष भएको र यसले पर्यटन क्षेत्रमा उत्साह जगाएको बताउनुभयो । उहाँले भन्नुभयो, “पर्यटनका लागि सुधारोन्मुक पक्ष भयो, क्रमिक रुपमा विदेशी पर्यटक बढिरहेका छन् । कोभिड महामारीपछि रोकिएका विभिन्न देशका उडान पनि अहिले खुलेका छन्, । चीनले पनि पर्यटक आगमनमा सहज बनाएपछि चिनियाँ पर्यटक बढेका छन् यसले पर्यटन क्षेत्रमा सकारात्मक आशा जगाएको छ ।” ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० का अध्यक्ष निलहरि बास्तोलाले वर्ष २०७९ समग्रमा पर्यटनका लागि उत्साहवद्र्ध रहेको बताउनुहुन्छ । “समग्र रुपमा यो वर्ष पर्यटनका लागि आशावादी रह्यो । अब पर्यटन लगायत सबैक्षेत्र राम्रो हुनुपर्छ । पछिल्लो सुधारले पनि पर्यटन क्षेत्र बुम हुने संकेत गर्छ”, उहाँले भन्नुभयो । चिनियाँ पर्यटक बढे महामारीले झण्डै तीन वर्ष ठप्प प्राय रहेको चीनबाट उल्लेख्य संख्यामा चिनियाँ नागरिक नेपाल आउन थालेका छन् । नेपालको पर्यटनका लागि उत्तरी छिमेकी मुलुक चीन पनि प्रमुख स्रोत बजार मानिन्छ । चीन सरकारले नेपाललाई आफ्ना नागरिकले निर्बाध घुम्न पाउने सूचीमा नेपाललाई सूचीकृत गरेको छ भने चैत १ गतेदेखि चिनियाँ नागरिकलाई नेपाल घुम्नका लागि एजेन्सीहरुले नेपाल भ्रमणका प्याकेज बिक्री सुरु गरेका छन् । वर्षको अन्तिम दिन एक सय ८० जना चिनियाँ पर्यटक हिमालय एयरलाइन्स चार्टर्ड गरेर नेपाल आएका छन् । बोर्डको बिवरणमा सन् २०२३ को मार्च महिनामा दुई हजार छ सय ३५ चिनियाँ पर्यटक नेपाल आएका छन् । त्यसैगरी फेब्रुअरीमा दुई हजार दुई सय ६६ र जनवरीमा एक हजार चार सय ३६ चिनियाँ पर्यटक भित्रिएका छन् । सन् २०१९ मा चिनियाँ पर्यटकको संख्या एक लाख ६९ हजार पाँच सय ४३ पुगेको थियो । नेपाल–चीन हवाई उडान पनि खुलिसकेकाले अझै चिनियाँ नागरिक बढ्ने अनुमान गरिएको छ । अहिले चीनका विभिन्न तीन एयरलाइन्सले नेपालमा उडान गरिरहेका छन् भने नेपालबाट हिमालय एयरलाइन्सले चीनका विभिन्न गन्तव्यमा उडान भर्दै आएको छ । दर्जन बढी तारे होटल पाइपलाइनमा उद्योग विभागका अनुसार गत वैशाख १ देखि चैतसम्म विभिन्न ५६ वटा होटल तथा रेष्टुराँ स्थापनाक लागि करिब रु २४ अर्ब लगानीको प्रतिबद्धता आएको छ । जसमा चार हजार २२१ जनाले रोजगार पाउने उल्लेख छ । विभागका अनुसार यस वर्ष होटल तथा रेष्टुराँ क्षेत्रमा रु नौ अर्ब ४१ करोड बराबरको विभिन्न देशबाट लगानीको प्रतिबद्धता आएको छ । हानका उपाध्यक्ष विनायक शाहका अनुसार नेपालमा पाँचतारेदेखि पर्यटकस्तरका गरी कूल १० हजार होटल छन् । अबको डेढ वर्षभित्र थप १२ भन्दा बढी पाँचतारे होटल थपिदैछन् । हानमा आवद्ध मात्रै चार हजार हाराहारी होटल छन् । हाल नेपालमा सञ्चालित होटलसँग वार्षिक २५ लाख पर्यटक धान्ने क्षमता छ । हवाई पूर्वाधारमा फड्को हवाई पूर्वाधारका हिसावले पनि वर्ष २०७९ उपलब्धीमूलक वर्ष बन्यो । मुलुकमा दुई अन्तर्राष्ट्रिय विमानस्थल थपिएका छन् । मुलुकको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल गत जेठ २ गते उद्घाटन गरिएको थियो भने पुस १७ गते उद्घाटन भएको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको हो । यद्यपि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अझै अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन भने भैरहवा विमानस्थलले पनि राम्रो विजनेश पाउन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अहिले तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । आन्तरिक विमानस्थल स्तरोन्नति भएका छन् । तराई क्षेत्रका हब विमानस्थलमा रात्रीकालीन उडान हुन्छ । आन्तरिक विमानस्थलको उडान समयावधि बढाएर दैनिक १८ घण्टा बनाइएको छ । त्यस्तै अन्तर्राष्ट्रिय विमानस्थल २४ सै घण्टा सञ्चालन हुन्छन् । हवाई सुरक्षा सुदृढिकरणमा प्राधिकरणको सक्रियता वर्षको सुरुआतमा अर्थात् जेठ १५ मा मुस्ताङमा तारा एयरको विमान दुर्घटना र गत माघ १ मा पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनाले नेपालको हवाई सुरक्षामा चुनौती थपेको छ । हालै चैत २६ मा धौलागिरि बेसक्याम्पबाट पोखरा फर्कँदै गरेको हेली एभरेष्टको हेलिकोप्टर दुर्घटनामा परेको थियो भने श्री एयरलाइन्स एयरलाइन्समा प्राविधिक समस्या देखिएका लगायतका घटनाले हवाई सुरक्षा थप सुदृढीकरण गर्नुपर्ने देखिएको छ । नियामक प्राधिकरणले पनि मुलुकको हवाई क्षेत्रलाई सुदृढ र प्रभावकारी बनाउन सक्रियता देखाएको छ । नेपालमा सञ्चालिन आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सेवालाई सुरक्षित र भरपर्दो तुल्याउन प्राधिकरणले विभिन्न तवरले सुधारमा चासो दिएको हो । उडान मापदण्ड पालना नगर्ने र उडानमा लापर्बाही गर्ने विमानचालकलाई कारबाही गर्नुका साथै वायुसेवा कम्पनीको वित्तीय र व्यवस्थापकीय क्षमताको अध्ययन गरी आवश्यक निर्देशन दिएको छ । हवाई सुरक्षा मापदण्ड पालना र सेवाको गुणस्तर अभिवृद्धिका लागि प्राधिकरणले निरीक्षण र अनुसन्धान गरी कानूनी दायरामा ल्याएको छ । पछिल्ला महिनामा मात्रै दर्जनबढी हवाई कम्पनीको सेवा र उडान सञ्चालनबारे निरीक्षण र आवश्यक कारबाही गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, चैत ३०, २०७९  १३:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP