Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर
पर्यटकको रोजाइमा बङ्गलाचुली भ्युटावर
शनिबार, चैत २५, २०७९
bangalachuli-view-tower
Hardik health
काठमाडौं– दाङको बङ्गलाचुली गाउँपालिकामा बनाइएको भ्युटावर पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । जिल्लाको उक्त विकट ठाउँ भ्युटावरका कारण चिनिन थालेको छ । घोराही–१५ की सृजना वली पहिलो पटक बङ्गलाचुली घुम्न पुग्नुभयो । उहाँले भन्नुभयो, “बङ्गलाचुली घुम्न आउँदा मन प्रफुल्लित भयो । घुम्न अन्य जिल्ला जान्छौँ । तर आप्mनै गाउँठाउँका पर्यटकीयस्थललाई प्राथमिकता दिँदैनौं ।” तुलसीपुर–१७ की अनिता शर्मा पनि पहिलो पटक बङ्गलाचुली घुम्न आए । उनले भने, “यहाँ न गर्मी छ न जाडो, ठिक्कको मौसम छ ।” भ्युटावरबाट दाङका साथै छिमेकी जिल्ला प्यूठानका विभिन्न ठाउँका मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । यहाँसम्म पुग्न सडक कालोपत्र गनुपर्ने शर्मा बताउछन् । बङ्गलाचुलीमा भ्युटावर, नाचघरलगायत संरचना निर्माणका लागि रु दुई करोड २९ लाख खर्च भएको बङ्गलाचुली गाउँपालिकाका पूर्वअध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। प्रदेश सरकारअन्तर्गत जिल्ला डिभिजन वन कार्यालयमार्पmत आर्थिक वर्ष २०७६/७७ मा रु ५० लाख र आव २०७७÷७८ मा रु २० लाख, पर्यटन बोर्ड भैरहवामार्फत रु पाँच लाख तथा गाउँपालिकाको रु ४५ लाख खर्च भएको छ । बङ्गलाचुली उद्यान र भ्युटावरलाई व्यवस्थित गर्दै यसलाई आयआर्जनसँग जोड्ने योजना अघि बढाउन आवश्यक छ । बजेट अभावका कारण आवश्यक संरचना निर्माण गर्न नसकिएको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनको भनाइ छ । “सहरबजारको कोलाहलबाट मुक्त पाउन आन्तरिक पर्यटक यहाँ आउने गरेका छन्”, उनले भने । स्थानीय तहमा निर्माण गरिएका पर्यटकीय संरचना संरक्षण र व्यवस्थित गर्न सङ्घ र प्रदेश सरकारकको सहयोग आवश्यक रहेको पुन बताउछन् । बङ्गलाचुली लेकबाट कञ्चनजङ्गा, धौलागिरि, माछापुच्छ«ेलगायतका हिमशृङ्खला देख्न सकिन्छ । चिसो हावापानी, स्वच्छ वातावरण, वरपर देखिने अग्ला पहाडले पर्यटकको मनै लोभ्याउने गर्छ । दाङ सदरमुकाम घोराही उपमहानगरपालिकाको ट्राफिक चोकदेखि ३० किलोमिटर दूरीको यात्रा गरेपछि बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटी बजार पुगिन्छ । मुर्कुटी बजारबाट दुई किलोमिटर कच्ची बाटो पार गरेपछि बङ्गलाचुली लेक अर्थात् बङ्गाचुली भ्युटावर पुग्न सकिन्छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP