Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘रिमै’ चलचित्र
  • #न्वांगी_पर्व
  • #इजरायल_रोजगार
  • #किम_जु
  • #किम_जोङ_उन
  • #सामाजिक सञ्जाल
  • #तामाखानी
  • #महालक्ष्मी _बैंक
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
Search Here
फिचर ४ टप पोस्ट
  • Home
  • फिचर ४ टप पोस्ट
  • विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो हरिलालको जिन्दगी
विदेशबाट फर्केर गरेको तरकारी खेतीले फेरियो हरिलालको जिन्दगी
सम्झना राई
सम्झना राई शनिबार, चैत २५, २०७९
sabji kheti sdvdgds n ,msdfh
Hardik health
काठमाडौं– बञ्चरेढुङ्गाको भिरालो पाखोमा रहेको घरमा राति सुत्नेबाहेक खेतबारीमा नै बित्छ ५४ वर्षीय हरिलाल घिमिरेको समय । सूर्योदयसँगै खेतबारीमा लगाइएको तरकारी खेतीबाट दिनचर्या सुरु गर्ने घिमिरेले राति अबेर घरमा फर्केर खाना खाएपछि मात्र आराम गर्छन् । उनमा युवाको जस्तै जोस र जाँगर कायमै छ । करिब ३५ वर्ष अघि मलेशिया जानुभएका घिमिरेले त्यसपछिका २१ वर्ष खाडी मुलुकमा नै बिताए । मलेशिया, युएई र साउदी अरबमा पैसा कमाउन नसकेपछि थकित र विरक्तिएको मन लिएर उनी गाउँ फर्किए । म्याग्दीको बेनीनगरपालिका–२ बन्चरेढुङ्गाका घिमिरे गाउँ फर्केर हलो र कोदाली बोकी आफ्नै खेतको माटोमा पसिना बगाउन थालेपछि भने अहिले उनको जीवनमा खुशीयाली छाएको हो । घिमिरेले १४ रोपनी खेत र बारीमा बाह्रैमास तरकारी खेती गर्छन् । त्यसबाट वार्षिक रु १० लाख कमाउनुहुन्छ । छोरा, छोरी र श्रीमतीले पनि काममा सहयोग गर्ने हुँदा ज्याला तिरेर अझसम्म कसैलाई काममा लगाउन परेको छैन । हरिलाल जस्तै बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरे, सोही ठाउँका चन्द्रबहादुर कार्की, शोभित सापकोटा र फापर खेतका नवीन घिमिरेले गाउँकै माटोमा विदेशको भन्दा बढी लाभ लिन सफल भएको छ । गाउँकै माटोमा तरकारी, फलफूल र पशुपक्षीपालनमार्फत खुसी र समृद्धि आर्जन गरेका यी पाँच जना मात्रै होइन जिल्लामा कैयौँ युवा छन् । देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइ बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय चन्द्रबहादुर घिमिरे पनि अहिले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएको छ । “सुरुसुरुमा तरकारी खेतीबाट खासै राम्रो कमाइ गर्न नसके पनि मैले हिम्मत हारिन”, हरिलालले भने, “कतिले मलाई विदेशमा त कमाउन नसकेको मान्छेले जाबो माटोमा पसिना बगाएर के कमाउला भनेर गिज्याए पनि तर, म आफ्नो काममा लागिरहेँ ।” विसं २०६६ देखि व्यावसायिक प्राङ्गारिक तरकारी खेती गर्दै आएको घिमिरेले १४ रोपनीमा गोलभेँडा, करेला, साग, भण्टा, रामतोरिया, काँक्रो, मुला, धनियाँ, बोडी, बन्दागोभीलगायतका मौसमी तथा बेमौसमी तरकारी लगाउनुभएको छ । तरकारी बिक्री गरेर घिमिरेले वार्षिक रु १० लाखभन्दा बढी कमाइ हुने गरेको बताए । घिमिरेले भने, “उमेर ढल्केपछि मलाई चेत आयो तर, मैले छोरालाई समयमा नै चिनाइ दिएँ पैसा फलाउने माटो र छेकी दिएँ मुग्लान जाने बाटो ।” अहिले घिमिरेको खेत बारीमा गोलभेँडा, काँक्रो, करेला, बन्दा, काउली, केराउ, धनियाँलगायतका तरकारी लटरम्मै फलेका छन् । खेतबारीमा फलेको तरकारीसँगै घिमिरेको घरपरिवारमा खुसी र सन्तुष्टि पनि छाएको छ । दुई छोरा, श्रीमती र आफू गरी परिवारका चार सदस्यले तरकारीको स्याहार, गोडमेल गर्ने, टिप्ने र बजारमा लगेर बिक्री गर्दै आएको छ । “तरकारी बेचेर नै एक दिनमा रु तीन हजारको आसपासमा कमाइ हुन्छ”, घिमिरेले भने, “महिनाको सरदर रु ८० हजारदेखि रु एक लाखसम्म आफ्नै घरपरिवारसँग बसेर खेतबारीमा नै कमाइ हुन थालेपछि किन जानु विदेश ।” “२१ वर्ष खाडी मुलुकमा बिताउँदा पनि छोराछोरी र श्रीमतीको आङमा गतिलो कपडा र पोसिलो खानेकुरा जुटाउन सकेको थिएन”, घिमिरेले विगत सम्झदै भने, “अहिले रोजीरोजी खान र लगाउन सक्ने भएका छन्, ऋण माग्न कसैकोमा जानुपरेको छैन । सबै खर्च तरकारी खेतीबाट नै जुटेको छ ।” जिल्लाका छ स्थानीय तहका ७० भन्दा बढी युवा र काम गर्न सक्ने उमेरका व्यक्ति व्यावसायिक खेतीमा लागेका कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप फिचर ४ टप पोस्ट
उत्तरी गोरखामा स्याउ टिप्न सुरु
उत्तरी गोरखामा स्याउ टिप्न सुरु बिहीबार, भदौ २६, २०८२
भोजपुरमा धानखेतीको क्षेत्र घट्यो
भोजपुरमा धानखेतीको क्षेत्र घट्यो बिहीबार, भदौ २६, २०८२
प्रकोप पीडित किसानलाई राहत उपलब्ध
प्रकोप पीडित किसानलाई राहत उपलब्ध सोमबार, भदौ २३, २०८२
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री
म्याग्दीमा करिब एक अर्बको आलु र सुन्तला बिक्री आइतबार, भदौ २२, २०८२
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु
गुल्मीमा मकैको पिठो ‘ब्राण्डिङ’ सुरु आइतबार, भदौ २२, २०८२
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ
जुम्ली किसानलाई स्याउ टिप्न भ्याइनभ्याइ शुक्रबार, भदौ २०, २०८२
बागलुङका किसानले गराए ७०५ पशुको बिमा
बागलुङका किसानले गराए ७०५ पशुको बिमा शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
बन्द गरेका २६ सामाजिक सञ्जालमध्ये ८ वटा सम्पर्क
 नयाँ दल खोल्ने  ‘वार्मअप’
 नयाँ दल खोल्ने  ‘वार्मअप’
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम  लुम्बिनीमा सम्पन्न
सिटिजन्स बैंकको लिडरसिप कार्यक्रम लुम्बिनीमा सम्पन्न
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
राष्ट्रिय समृद्धिका लागि युवा
राष्ट्रिय समृद्धिका लागि युवा
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP