Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
समाचार
  • Home
  • समाचार
  • चैते धानखेती घट्दै
चैते धानखेती घट्दै
बुधबार, चैत २२, २०७९
ropai
Hardik health
गण्डकी - गण्डकी प्रदेशमा एकै वर्षमा एक हजार सात ३५ हेक्टर चैते धानखेतीको क्षेत्रफल घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा सात हजार छ सय पाँच हेक्टरमा चैते धानखेती हुँदै आएकामा अघिल्लो हिउँदमा भने किसानले जम्मा पाँच हजार आठ सय ७० हेक्टरमा चैते धान लगाएका थिए । चैते धानखेतीको क्षेत्रफल घटेसँगै उत्पादनमा पनि गिरावट आएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार आव २०७८/७९ मा ३२ हजार सात सय ७३ मेट्रिक टन धान फलेकामा चालु आवमा उत्पादन घटेर २७ हजार चार सय ३७ मेट्रिक टन पुगेको छ । वर्ष दिनको अन्तरमा १६ दशमलव २८ प्रतिशतले चैते धानको उत्पादन घटेको हो । धानको उत्पादकत्वमा भने अघिल्लो आवको तुलनामा आठ दशमलव ४६ प्रतिशतले वृद्धि भएको पाइएको छ । आव २०७८/७९ मा प्रतिहेक्टरमा चार दशमलव ३१ मेट्रिक टन उत्पादन भएकामा चालु आवमा चैते धानको उत्पादकत्व प्रतिहेक्टर चार दशमलव ६७ छ । कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले जिल्लामा जम्मा १० हेक्टर क्षेत्रफलमा मात्र चैते धानखेती हुने गरेको बताए । पछिल्लो समय चैते धानप्रति किसानको आकर्षण घट्दै गएको उनको भनाइ छ । प्रदेशका अरु जिल्लामा पनि चैते धानखेतीमा ह्रास आइरहेको छ । “चैते धान भित्र्याउने बेला वर्षात्को याम पर्ने भएकाले पनि किसानलाई मर्का पर्ने गरेको छ, पानीमा भिजेको धान बेच्न समस्या हुन्छ, पराल पनि बिग्रन्छ”, प्रमुख भट्टराईले भने, “किसानले पछिल्लो समय चैते धानको सट्टा तरकारीलगायत नगदे बाली लगाउन थालेका छन् ।” चैते धानमा ‘सिएच’ ४५, चैते–२, चैते–६ लगायतका जातको खेती हुँदै आएको उनको भनाइ छ । बाह्रैमास सिँचाइ सुविधा भएको ठाउँमा मात्र किसानले चैते धान लगाउने गरेका छन् । तराईदेखि उच्च पहाडसम्म चैते धान फल्छ । किसानले चैतमा रोपेपछि असारमा धान भित्र्याउँछन् । चैते धानको उत्पादन बर्खेको भन्दा दोब्बर हुने भए पनि बर्सेनि खेती हुने क्षेत्रफल भने घट्दै गएको छ । सिँचाइ असुविधा, गुणस्तीय बीउ, मलको अभाव, किसानले धानको उचित मूल्य नपाउनु, हावापानीको समस्या, घरघडेरीका नाममा उब्जाउ जग्गा नासिनु आदि कारणले चैते धानखेती घट्दै गएको हो । निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले चैते मात्र नभएर समग्र धानखेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको उल्लेख गरे । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठुल्ठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा खुम्चँदै गएको उनको भनाइ छ । जग्गा बाँझिने क्रम पनि बढ्दै गएको निर्देशनालयका प्रमुख रेग्मीले बताए । धान कम फल्नुमा क्षेत्रफल घट्नु मुख्य कारण भए पनि अन्य कुराले पनि उत्पादनमा प्रभाव पार्ने उनको भनाइ छ । बेलैमा मल, बीउ नपाउँदा पनि धानखेतीमा असर पर्ने गरेको किसान बताउँछन् । धानमा फूल खेल्ने समयमा वर्षात् हुँदा पनि उत्पादनमा क्षति पुग्ने गरेको छ । रोग, कीरा नियन्त्रण, उन्नत बीउ, मल व्यवस्थापनमा किसानले सधैं चुनौती व्यहोर्दै आएका छन् । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा समग्र धान (बर्खे र चैते) उत्पादनमा गत वर्षको तुलनामा तीन दशमलव ७४ प्रतिशतले कमी आएको छ । गत वर्ष चार लाख ६ हजार तीन सय ३६ मेट्रिक टन धान फलेकामा चालु आवको उत्पादन जम्मा तीन लाख ९१ हजार एक सय २१ मेट्रिक टन छ । अघिल्लो वर्ष एक लाख १२ हजार दुई सय २७ हेक्टरमा धान लगाइएकामा यस वर्ष क्षेत्रफल घटेर जम्मा एक लाख छ हजार तीन सय ८० हेक्टर धानखेतीले ओगटेको छ । गण्डकी प्रदेशमा बागलुङको गलकोट, बलेवा, ग्वालीचौर, गोरखाको पालुङटार, कास्कीको लेखनाथ, स्याङ्जाको आँधीखोला किनार, वालिङ, तनहुँको भिमाद, नवलपपुरको त्रिवेणी, मध्यविन्दु, पर्वतको फलेवासलगायत बढी धान उत्पादन हुने क्षेत्र हुन् ।
प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो
किसानको आकर्षण नगदेबालीतर्फ बढ्दो आइतबार, फागुन १०, २०८२
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित
सहकारीआवद्ध किसान दूध उत्पादनतर्फ आकर्षित शुक्रबार, फागुन ८, २०८२
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री
अन्नपूर्णबाट करिब चार करोड मूल्यबराबरको सुन्तला बिक्री बुधबार, फागुन ६, २०८२
आजका लागि तरकारी भाउ
आजका लागि तरकारी भाउ बुधबार, फागुन ६, २०८२
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै
दाङमा तोरीखेतीको क्षेत्रफल र उत्पादन बढ्दै मंगलबार, फागुन ५, २०८२
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र
खोटाङ उद्यमी कोसेली घर : स्थानीय उत्पादन प्रवर्द्धन केन्द्र सोमबार, फागुन ४, २०८२
हिउँदे वर्षात नहुँदा किसान चिन्तित
हिउँदे वर्षात नहुँदा किसान चिन्तित सोमबार, फागुन ४, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP