Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #भेडाच्याङ्ग्रा
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित
मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित
सम्झना राई
सम्झना राई सोमबार, चैत २०, २०७९
cahupaya
Hardik health
काठमाडौं– कैलालीको जानकी गाउँपालिका वडा नं १ दुर्गौलीमा मरेका चौपाया व्यवस्थापन नहुँदा गौशाला दुर्गन्धित बनेको छ । गाउँपालिका कार्यालयबाट करिब तीन सय मिटरको दूरीमा गौशाला बनेको छ । केही समय किसानको अन्न बाली जोगाउनका लागि बनाइएको गौशालामा गाउँपालिका र स्थानीय किसानको लगानी छ । संयुक्तरुपमा लगानी भएको गौशाला बाहिरबाट राम्रो देखिए पनि त्यसभित्रको नाजुक अवस्थाका बारेमा समिति र गाउँपालिका कोही जानकार छैनन् । मरेका चौपाया व्यवस्थापन हुन नसकेर गौशाला आसपासको क्षेत्र दुर्गन्धित बनेको छ । नाक छोपेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय महेश चौधरी बताउछन् । गौशालाभित्र मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्रका स्थानीयलाई बस्नसमेत गाह्रो भएको स्थानीय बपल रावत बताउछन् । “मरेका गाईको व्यवस्थापन नहुँदा आसपासका क्षेत्र दुर्गन्धित बनेका छन्, त्यसमा समिति पनि जिम्मेवार बन्न सकेको छैन, गाउँपालिकाको कुरै छोडौँ”, रावत भन्छन् । वडा नं १ मा गौशाला व्यवस्थापनकै लागि स्थानीय कृषकबाट चन्दा सङ्कलनको काम पनि भइरहेको छ । गाउँका बडघरमार्फत चौपायाको आहाराका लागि स्थानीयबाट प्रतिघर रु एक सयका दरले रकम सङ्कलन भइरहेको वडाध्यक्ष सुरेशकुमार चौधरी बताउछन् । स्थानीयबाट सङ्कलन भएको रकमले जग्गा भाडामा लिएर घाँस खेती गर्ने योजना चौपाया व्यवस्थापन समितिले बनाएको छ । “मैले जिल्ला समन्वय समितिको पहिलो बैठकमै सामुदायिक चौपाया व्यवस्थापनका लागि सबै पालिकाले काम गर्नेगरी निर्णय गराएको थिएँ, त्यसलाई कार्यपालिकाको बैठकमा पनि छलफलमा ल्याए”, गाउँपालिकाका अध्यक्ष गणेश चौधरी भन्छन्, “त्यसैअनुसार स्थानीयको पनि लगानी रहने गरी काम सुरु भएको थियो, चौपाया व्यवस्थापन गर्ने कुरा सहज थिएन र समाधानतिर लैजान सकिएन ।” उनले चौपाया व्यवस्थापन समितिले माग गरेअनुसार गाउँपालिकाले सहयोग गरेको जनाउँदै सबै काम गाउँपालिकाको स्रोत र साधनले नभ्याउने बताए। “वडास्तरबाट चौपाया व्यवस्थापन गर्नेगरी काम सुरु भएको हो, त्यसमा हाम्रो मात्रै लगानी नरहने गरी समुदायको पनि लगानी हुनेगरी काम अगाडि बढाएका थियौँ”, अध्यक्ष चौधरीले भने, “आज दोषी गाउँपालिका मात्रै देखिन्छ, दोष हाम्रो छैन, जसले गलत गरेको छ त्यसैले विरोध गर्ने काम भएको छ”, अध्यक्ष चौधरीले मरेका गाईको व्यवस्थापनका लागि गाउँपालिकाले काम गरिरहेको बताए।
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेशबाट आएर खोले साहले जर्निज
विदेशबाट आएर खोले साहले जर्निज बिहीबार, असार २१, २०८०
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी
पाकिस्तानको व्यापार घाटा ४३ प्रतिशतले कमी बिहीबार, असार २१, २०८०
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ
पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ बिहीबार, असार २१, २०८०
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि...
श्रीमतीको दुई नामबाट दुई नागरिकता बनाएपछि... बिहीबार, असार २१, २०८०
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध
पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित
आगलागी भएपछि लुम्बिनी प्रदेश सभाको बैठक स्थगित बुधबार, असार २०, २०८०
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP