Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #मलुवा_पोखरी
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • दुर्गममा महिलालाई थाहै नदिई परिवार नियोजनको साधन प्रयोग, बच्चा नहुँदा भईन् अपहेलित
दुर्गममा महिलालाई थाहै नदिई परिवार नियोजनको साधन प्रयोग, बच्चा नहुँदा भईन् अपहेलित
बुधबार, चैत १५, २०७९
checkup
Hardik health
काठमाडौं– रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिका वडा नम्बर २ स्यालामा भएको स्वास्थ्य शिविरमा आठबिसकोट नगरपलिका वडा नम्बर २ की २४ वर्षीया एक महिला शिविरमा स्वास्थ्य परिक्षण गर्न आइन । डाक्टरलाइ देखाउन उनी लाइनमा बसिन्। स्त्रीरोग विशेषज्ञ डाक्टर केहल विक्रम जिसीलाई उनले आफनो समस्या सुनाइन्। उनले तल्लो पेट दुखेको र सेतो पानी बग्ने समस्या भएको बताइन् । पुन:डाक्टरले सोध्दा भावुक हुँदै उनले गर्भ नरहने समस्या भएको बताइन्। त्यसपछि उनलाई युएसजी गर्न सल्लाह दिएर शिविरमा खटेका मेडिकल अधिकृत डा।राजकुमार भसजेलले उनको युएसजी गरे। त्यसपछि थाहा पाइयो उनको लामो समयसम्म हुने गरी परिवार नियोजनको साधन कप्पर–टी राखिएको रहेछ। त्यो कुरा थाहा पाएपछि उनी भाबुक बनिन् । उनको त्यस कप्पर–टी नर्सले निकाल्र्दै डस्टबिनमा फालिदिईन् तर उनले कप्पर–टी टिपेर खल्तीमा राखिन्। कप्पर–टी टिपेको देखेर स्वास्यकर्मी छक्क पर्दै किन यसो गरेको भनेर प्रश्न गर्दा उनले आफनो ब्यथा सुनाइन् । उनको विवाह करिब ५ वर्ष पहिले भएको रहेछ। श्रीमान–श्रीमती दुवै कामको शिलशिलामा भारतको हिमांचल प्रदेश पुगेका रहेछन्। त्यहाँ उनी सुत्केरी भएकी रहिछन्। त्यसपछि अस्पतालले उनमा कप्पर–टी राखिदिएको रहेछ। उनलाई कप्पर-टी राखिदिएको कुरा थाहा रहेनछ। श्रीमानले बच्चा पाए लगत्तै उनलाई छोडी दिएछन्। श्रीमानले सुत्केरी हुँदा पाठेघर उल्ट्याइएको कारण अब बच्चा पाउन नसक्ने बताएछन्। त्यसपछि उनी दुईबीच सम्बन्ध रहेनछ। उनले छोरीको स्याहारसुसार गरेर २ वर्षसम्म बसिन्। त्यसपछि उनलाई विवाहको प्रस्ताव आयो। उनले दोस्रो विवाह गरिन्। २ वर्षसम्म श्रीमानसँगै बस्दा बच्चा नभएपछि धेरै अपहेलित भइछन्। जसका कारण सम्बन्धबिच्छेदको कुरा समेत चलेको रहेछ। सोही दिन श्रीमान घर छोडेर भारत समेत हिँडेका रहेछन्। उपचारपश्चात उनको अनुहारमा व्याख्या गर्न नसकिने खुसी थियो। अब बच्चा हुने कुरामा उनी विश्वस्त थिइन्। डाक्टरले पनि सोही अनुसारको परामर्श दिए । त्यसपछि शिविरमा सेवा लिन आएका आफन्त र अन्य साथीहरूसँग खुसी साट्दै घरतिर लागिन् । उक्त शिविरमा २१० जनाको भिआइए परीक्षण, १६९ जनाको भिडियो एक्सरे गर्दा ७ जनाको रिङ पेसरी सेवा, शंकास्पद पाठेघरको मुखको क्यान्सर १० जनामा, चौथो डिग्री अर्थात प्रोसिडेन्सिया आङ खस्ने समस्या भएका ३ जनामा देखियो। यस्तै मुलेरियन एजेनेसिस भएको १ जना, रेक्टोभजिनल फिस्टुलाको साथ इम्परफोरेट गुदा भएको १ जना र अधिकांश महिलाहरूमा प्रजनन अङ्गको संक्रमण (पेल्विक इन्फ्लेमेटरी रोग) भएको आठविसकोट नगरअस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर संयमचन्द्र घिमिरेले जनकारी दिए । कम उमेरमै हुने विवाह,अशिक्षा ,गरिबी,जनचेतनाको कमी, महिनावारी र अन्य समयमा सरसफाइको कमी, आधारभूत स्वास्थ्य सेवाको पहुँचबाट बञ्चित हुनुपर्ने कारणले पनि त्यहाँ प्रजनन उमेर समुहका अधिकांश महिलाहरूमा पेल्विक इन्फ्लेमेटरी रोगको समस्या विकराल भएको डाक्टर घिमिरेले बताए । उक्त शिविर आठबिसकोट नगरपालिकाको आयोजनामा शान्ति नेपाल र नगरपालिकाको संयुक्त लागतसँगै साझेदारीमा एक कार्यक्रम आयोजना गरिएको थियो। आठबिसकोट नगरपालिकाका १,२ र ३ नम्बरका वडाका महिलाहरूका निम्ति प्रजनन रूग्णता निस्शुल्क स्वास्थ्य शिविर फागुन २८ र २९ गते नगरपालिका मातहतमा कार्यरत मेडिकल अधिकृत डा।संयमचन्द्र घिमिरे लगायत स्वास्थ्यकर्मीसँगै जिल्लास्थित जिल्ला अस्पतालमा कार्यरत महिला तथा स्त्रीरोग विशेषज्ञ डा।केहल विक्रम लगायतको उपस्थितिमा शिविर आयोजना गरिएको थियो
प्रकाशित मिति: बुधबार, चैत १५, २०७९  १२:३२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप
नवलपरासी पूर्वमा ४६ हजारले लगाए जापानिज इन्सेफलाइटिस विरुद्धको खोप बुधबार, चैत ४, २०८२
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो
र्जेन्टिना विश्व स्वास्थ्य संगठनबाट बाहिरियो बुधबार, चैत ४, २०८२
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी
दादुराका ६७ बिरामी उपचारपछि घर फर्के, २० जनाको ‘आइसोलेसन’ उपचार जारी मंगलबार, चैत ३, २०८२
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य
क्यान्सर परीक्षण गर्न काठमाडौँ महानगर र वीर अस्पतालबीच सहकार्य मंगलबार, चैत ३, २०८२
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन
ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन मंगलबार, चैत ३, २०८२
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै
नवलपरासीपूर्वमा ‘जापनिज इन्सेफ्लाइटिस’ सङ्क्रमणदर उच्च : ३५ वर्षमाथिलाई खोप लगाईँदै मंगलबार, चैत ३, २०८२
सोह्र औषधि पसल निलम्बनमा
सोह्र औषधि पसल निलम्बनमा सोमबार, चैत २, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP