Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • मुटुरोगको समस्या भयावह बन्दैछ : डा. उपाध्याय (अन्तर्वार्ता)
मुटुरोगको समस्या भयावह बन्दैछ : डा. उपाध्याय (अन्तर्वार्ता)
सोमबार, चैत १३, २०७९
heart
Hardik health
नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रुपमा परिचित छन् डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभिन्न महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै सरकारी, गैरसरकारी र निजी तीनवटै क्षेत्रमा कुशलतापूर्वक नेतृत्वदायी भूमिका निर्वाह गरी सात दशकको उमेरमा पनि उनी उत्तिकै क्रियाशील छन्। उनले वीर अस्पतालका अतिरिक्त भक्तपुर, उदयपुर, मेडिकियर, गङ्गालाल, सार्क हार्ट फाउण्डेसनमा संलग्न भई मुटु रोग उपचारमा सेवा पु¥याँदै आएको छ । तत्कालीन सोभियत सङ्घबाट चिकित्सा विज्ञानको मुटु रोग विधामा विशेषज्ञता हासिल गरेका उनको देशका कुनाकन्दारामा पुगेर मुटु रोग उपचार सेवा पु¥याएको छ । जीवन र सङ्घर्षलाई नङ र मासुजस्तै परिपूरक ठान्नु हुने उनी कामको अनुभव विश्वविद्यालयमा पढेर पाइने होइन, त्यसका लागि कार्य गर्नै पर्छ, ठक्कर खानैपर्छ भन्ने मान्यतामा विश्वास गर्छन्। व्यवहारबाट प्राप्त हुने अनुभव भनेको आगोको भुङ्गोमा पगालेर सुन्दर आकार दिइएको सुनजस्तै उनी पनि उच्च शैक्षिक डिग्रीसँगै अनुभवले खारिएका परिपक्व चिकित्सक हुन् । उनले हालै मुटुसँग सहयात्रा नामक आत्मवृतान्त पुस्तक समेत प्रकाशित भएको छ । पुस्तकभित्र एक नेपाली डाक्टरको जीवन कथा, भोगाइ, अवसर र चुनौतीका अतिरिक्त नेपाली समाजको चित्रण, मुलुकको स्वास्थ्य प्रशासन, राजनीतिक र भूगोललगायतका विषयको रोचक चित्र समेटिएको छ । पुस्तकमा रोचक सन्दर्भ, व्यावसायिक जीवन आरम्भ, सुधार गर्न सकिँदोरहेछ, वीरका चुनौतीपूर्ण ती दिन, फरक अवधारणाको अस्पताल, मुटु जोगाउने अभियान, गौरवपूर्ण गङ्गालाल हृदय केन्द्र, न्याम्सको चपेटामा वीर अस्पताल, भिआइपीको उपचार, स्वास्थ्य र राजनीति शीर्षकमा विषयगत महत्वपूर्ण घटनासम्बन्धी लेख समावेश गरिएका छन् । प्रस्ुतत छ, नेपालमा मुटुरोगको अवस्था, रोगको उपचार, निदान र रोकथाममा गर्नुपर्ने पहल तथा आम नागरिकले स्वस्थ मुटुका लागि अपनाउनुपर्ने जीवनशैलीका बारेमा गरिएको कुराकानीको अंश ः यहाँले करिब ४० वर्षदेखि मुटु रोगको उपचारमा क्रियाशील रहँदै आउनु भएको छ । सुरुमा कहाँबाट सेवा आरम्भ गर्नुभयो ? रसियाबाट मुटुमा पोष्ट ग्राजुएट गरेर फर्केपछि २०३५ सालमा वीर अस्पतालमा काम सुरु गरेँ । डा मृगेन्द्रराज पाण्डेले मुटुको छुट्टै युनिट सञ्चालन गर्न दिनुभयो । त्यतिबेला हामीले विदेशबाट केही उपकरणहरु ल्याएर वीर अस्पतालमा मुटुरोगको छुट्टै उपचार सेवा सुरु गरेका थियौँं । हाम्रो टिम राम्रो थियो । डा पाण्डे देशमा मुटुक रोगीको सङ्ख्या बढ्दै गएका कारण यसको उपचारसँगै रोकथाम कसरी गर्न सकिन्छ भन्ने कुरामा बढी नै चिन्तित हुनुहुन्थ्यो । त्यसैले उहाँकै सल्लाहमा उपचारसँगै जनचेतना अभिवृद्धि गराउने उद्देश्यले २०४५ सालमा नेपाल हार्ट फाउण्डेशन स्थापना गरियो । अहिले यसको देशभरि शाखा विस्तार भई जनचेतनामूलक विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । यस फाण्डेशनको स्थापना गर्नुको अर्को उद्देश्य देशमा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्नुपर्दछ भन्ने पनि रहेको थियो । शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको स्थापना यसैको उद्देश्यअनुसार नै भएको हो त ? हो । तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारी बिरामी भएपछि उहाँको उपचारमा वीर अस्पतालबाट म र त्रिवि शिक्षण अस्पतालबाट डा अरुण सायमी खटियौंँ । त्यतिबेलाका स्वास्थ्यमन्त्री पद्मरत्न तुलाधरसँग पनि मुटुरोगको अलग्गै अस्पताल स्थापना गर्नु जरुरी भएको कुरा राख्यौँ । उहाँ हाम्रो कुरामा सहमत हुनुभयो । काठमाडौँको बाँसबारीस्थित त्यतिबेला बाँसबारी छालाजुत्ता कारखानाको जग्गामा सांसद निवास बनाउने योजना रहेछ, हाम्रो अस्पताल बनाउने प्रस्तावपछि मन्त्री तुलाधरले मुटुको अस्पताल बनाउन सहमत हुनुभयो । यसका लागि धेरै मेहनत गर्नुपर¥यो । हाल यो अस्पताल नेपालकै एक स्रोत साधनसम्पन्न, दक्ष जनशक्तियुक्त मुटुरोगको अस्पताल बन्न सकेको छ । गङ्गालालको स्थापनापछि नेपालले मुटुरोगको उपचारमा ठूलो फड्को मार्नसक्यो । त्यसपछि निजी अस्पताल पनि आए । अहिले मुटु रोगको उपचार र निदानका लागि नेपाल बाहिर जानुपर्दैन । मुटुरोगको निदान, उपचार, रोकथाम तथा अध्ययन अनुसन्धान सम्बन्धमा सरकारको केन्द्रीय अस्पतालको रुपमा विस्तार गर्नु आवश्यक छ । नेपालमा मुटुका रोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा तिनको उपचारका लागि चिकित्सकको सङ्ख्या र अस्पतालको अवस्था कस्तो छ ? पछिल्लो समय नेपालमा मुटु रोगीको सङ्ख्या निकै अस्वभाविक रुपमा बढ्दै गएको छ । पहिले दुई÷तीनजना बिरामी आउने गरेकामा अहिले ३०÷४० जना आउने गर्दछन् । त्यसअनुसार ती बिरामीको उपचारका लागि आवश्यक चिकित्सकको सङ्ख्या निकै कम छ भने आवश्यक अस्पतालको सङ्ख्या पनि छैन । केन्द्रमा शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र मात्रै छ भने अन्य सरकारी र निजी अस्पतालबाट सेवा दिन सकेका छौंँ । मुटुरोगको उपचारमा तुलनात्मक रुपले सस्तो र गुणस्तरीय सेवा प्रदान गरी देशकै एक भरोसायोग्य उपचार केन्द्रको रुपमा स्थापित गर्नेतर्फ सरकारको सहयोग जरुरत पर्दछ । काठमाडौँ बाहिरका मुख्य सहरहरुमा चिकित्सक भए पनि जिल्ला तहमा सेवा विस्तार गर्न सकेका छैनौंँ । गङ्गालाल अस्पताल स्थापना गर्दा पाँच वर्षमा सबै अञ्चल र अर्को पाँच वर्षमा सबै जिल्लामा मुटुरोगको उपचार गर्ने अलग्गै अस्पताल स्थापना गर्ने लक्ष्य राखेका थियौँ । यसमा प्रगति हुनसकेको छैन । अहिले जनकपुरमा भने अस्पतालको युनिट स्थापना भएको छ । मुटुरोगको उपचार सेवालाई देशभरि विस्तार गर्न के गर्नुपर्ला ? पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्दछ र त्यहीअनुसार बजेट योजना हुनु आवश्यक छ । गङ्गालाल अस्पताल पूर्वाधार, प्रविधि र जनशक्तिका हिसाबले राम्रो भएकाले तुरुन्तै यसलाई विश्वविद्यालयको रुपमा सञ्चालन गर्न सकिएमा त्यहाँबाट उत्पादित जनशक्तिलाई देशभर परिचालन गर्न सकिन्छ । पहिलो चरणमा कम्तीमा हरेक प्रदेशमा एउटा गङ्गालालजस्तै अस्पताल स्थापना गर्न जरुरी छ । त्यसपछि जिल्लास्तरमा मुटुरोगको अस्पताल विस्तार गर्दै लैजान सकिन्छ । साथै सरकारको एकल प्रयासले मात्रै मुटुको रोग नियन्त्रण गर्न सम्भव छैन । आज जनता र निजी क्षेत्रको पनि उत्तिकै हातेमालोको आवश्यक पर्दछ । नेपालमा मुटुका रोगीका बिरामीको सङ्ख्या तीव्ररुपमा बढ्दै जानुको मुख्य कारण के होला ? नेपालमा २०३५ सातसम्म पनि मुटु रोगको समस्या थिएन । नेपालीको जीवनशैली निकै राम्रो थियो । तर अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ । पश्चिमा देशहरुले खानपीन र जीवनशैलीमा ध्यान दिन थालेकाले ती देशमा अहिले मुटुको समस्या निकै कम भएको छ तर हाम्राजस्ता देशमा स्वास्थ्यप्रतिको सचेतना नहुँदा समस्या बढ्दै गएको छ । तयारी खाना, चिल्लो, माछामासु बढी खाने, सागसब्जी कम खाने, शारीरिक कसरत नगर्ने आदत बढ्दै गएको छ । सानो उमेरमै धुूमपान गर्ने, मध्यपान गर्ने क्रम बढ्न थालेको छ । यसले गर्दा १८÷२० वर्षकै उमेरका युवामा उच्च रक्तचाप, मधुमेहको समस्या बढ्न थालेको छ । पछिल्लो समय धेरै मानिसमा तनावले पनि मुटुको समस्या बढेको पाइन्छ । त्यसैले उचित खानपान, कसरत र तनावमुक्त जीवनशैलीमा ध्यान नदिए ठूलै महामारी आउने निश्चित छ । मुटुको रोग लाग्नै नदिन के कुरामा ध्यान दिन आवश्यक हुन्छ ? उचित आहार, व्यायाम र योगसहितको जीवनशैली नै मुटुरोग मात्र नभइ कुनै पनि नसर्ने रोगबाट बच्ने उपाय हो । एउटा वयस्क व्यक्तिलाई स्वस्थ हुन सामान्यतयाः दिनमा छ÷सात घण्टा सुत्नुपर्छ । दैनिक करिब एकघण्टा हिँडडुल वा अन्य व्यायाम गर्नुपर्छ । आधा घण्टा योग ध्यान गर्दा धेरै फाइदा हुन्छ । खानामा कार्वोहाइटेडयुक्त खानेकुरा कम र प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । बिहान सामान्य खानेकुरा खाने तर साँझमा ढिलोमा छ बजेभित्र हल्का पाँचनदार खानेकुरा खानु राम्रो हुन्छ । हरियो तरकारी, सागसब्जीलाई दुबै छाकमा खानुपर्छ । चिनी र चिल्लो पदार्थलाई बन्द गरेहुन्छ । नून पनि २।५ ग्रामभन्दा कम खाए पुग्छ । घिउ वा तेलमा तारेको खानेकुरा नखाने तर शुद्ध तोरीको तेलमा पकाएको खाँदा खासै बेफाइदा हुन्न । व्यक्तिको शारीरिक बनोटअनुसार यी कुरामा केही तलमाथि पनि हुनसक्छ । मध्यपानले कुनै फाइदा नगर्ने वैज्ञानिक तथ्यबाट पुष्टि भइसकेको छ । मासुमा माछा ठिकै हुन्छ, रातो मासु सकभर नखाने, खानै परे एकदम कम खानुपर्छ । धूमपानबाट टाढै रहन सक्यो भने उच्च रक्तचाप, मधुमेहको समस्या नियन्त्रण गर्न सजिलो हुनुका साथै अन्य रोग पनि लाग्ने जोखिम धेरै नै कम हुन्छ । मुटुका रोगीलाई उपचारसँगै पुनःस्थापनामा पनि ध्यान दिनुपर्ने होइन र ? विश्व स्वास्थ्य सङ्गठनको पछिल्लो अध्ययनले इस्केमिक हार्ट डिजिजलाई विश्वकै सबैभन्दा ठूलो प्राणघातक रोगको रुपमा देखाएको छ । पछिल्ला दिनहरुमा नेपालमा समेत रोगका बिरामी तथा यसका कारण हुने मृत्यु बढिरहेको सन्दर्भमा उनीहरुको उपचारसँगै पुनःस्थापनामा पनि जोड दिनु आवश्यक छ । विकसित देशहरुमा उपचारसँगै पुनःस्थापनाका कार्यक्रममा जोड दिन थालिएको छ । बिरामीलाई अस्पतालबाट घर पठाउनुअघि केही समय पुनःस्थापना केन्द्रमा राखी सही ढङ्गबाट औषधि सेवन गराउने, खानपिनमा अभ्यस्त तुल्याउने तथा व्यायाम गराउनेजस्ता कुरा गराउन जरुरी हुन्छ ।
प्रकाशित मिति: सोमबार, चैत १३, २०७९  १३:००
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP