Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • पानीको भरपर्दो स्रोत खोज्दै टौदह
पानीको भरपर्दो स्रोत खोज्दै टौदह
मंगलबार, फागुन २३, २०७९
Taudaha
Hardik health
कीर्तिपुर- साइबेरियादेखि आएका पर्यटक चरा फर्किन थालेका छन् । यी चराहरु वैशाखसम्ममा फर्किसक्छन् । त्यतिबेलैदेखि टौदहको पिरलो पनि सुरु हुन्छ । बर्खा लाग्नु अघिसम्म पानी घट्दै जान्छ र माछालगायत पानीमा आश्रित जलचर अक्सिजनको अभावमा मर्न थाल्छन् । पानी कम हुन थालेपछि दहको आकर्षण पनि कम हुँदै जान्छ । “पानीको स्थायी मुहान वा स्रोत नहुनु टौदहको सबैभन्दा ठूलो चुनौती हो”, टौ दह संरक्षणमा लागि परेका रामप्रसाद आचार्य भन्नुहुन्छ, “बर्खामा वरपरका जमिनबाट रसाएर पुग्ने पानीबाटै टौदह भरिने गर्छ । त्यसकारण यसमा पानीको सतह बर्खामा बढ्ने र हिउँदमा घट्छ ।” हाल पानी भरिएको र आसपासको डिल क्षेत्र झण्डै ९२ रोपनीको छ । तर कुनै बेला पानीले ढाकेका स्थानमात्रै एक सय १२ रोपनी थियो । जसको प्रमाण अहिले पनि वरपरका खेतमा भेटिने तालको सीमाका पिलर अझै भेटिने गरेको उहाँको भनाइ छ । बर्खा र हिउँदको यही चक्रबीच बागमतीको पश्चिमी किनारामा रहेको टौदहलाई अहिले कीर्तिपुर नगरपालिकाको वडा–६ अन्तर्गतपर्ने भू–भागबाट बगेका पानीले भरिदिन्थ्यो । हिउँद र सुख्खायाममा सतह घटदै जान्थ्यो र अर्को वर्षामा फेरि उसै गरी सतह बढने क्रम हुन्थ्यो । करिब दुई दशकयता टौदहमा पानी प्रवाह गर्ने जमिनमाथि कङ्क्रिट रचना थपिँदैछन् । जसले स्वाभाविक रुपमा टौदहमा जमिन रिचार्ज भएर पुग्ने पानीलाई कम गराउँदैछन् । कीर्तिपुुर नगरपालिकाकै धनी वडा मानिने त्यस क्षेत्रमा प्राकृतिक मुहान मानवबस्तीमा खाने पानी पु¥याउनकै लागि ठिक्क बन्दैछन् । अनि नजिकैको खहरे खोला जस्ता स्रोतका पानीमा प्रदूषण बढदै जाँदा टौदहमा हुल्न नमिल्ने बन्दैछन् । “खहरे खोलाबाट पानी ल्याउन पनि मुहान आसपासका उद्योगका दूषित पानी मिसिएका कारण जोखिम छ । विगतमा जस्तो वर्षामा परेको पानी सतहको जमिनबाट सोझै दहमा जाओस् भन्न पनि सकिन्न”, आचार्य भन्नुहुन्छ, “घनाहुँदै गरेको बस्तीबीचबाट बग्ने वर्षे पानी प्रदूषित हुने सोझै दहमा पढाउँदा दह आश्रित् माछालगायतका जलचर र चराचुरुङ्गी लगायतका प्राणीलाई असर पुग्नसक्छ ।” कुनै पनि कारणले दहको पर्यावरण खलबलीएमा टौदहको अस्तित्व नै खतरामा पर्ने उहाँको चिन्ता छ । टौदहमा पानीको कुनै स्थायी स्रोत विगतमा थियो कि रु वा अहिले पनि भूमिगत रुपमा त्यस्तो स्रोत छ कि भन्ने अनुमानका आधारमा अध्ययन नभएको होइन । तर कतैबाट त्यस्तो सङ्केत पाइएको छैन । त्यसो भए कहाँबाट पानी आएर टौदह बन्न पुग्यो होला रु किंबदन्ती अनुसार भगवान कृष्णले दहका रुपमा काठमाडौँ उपत्यकाको पानी कटुवाल दह नजिकैको पर्वत काटेर बगाउन थालेपछि त्यहाँ रहेका नाग पनि पानीसँगै बगेर जान थाले । त्यसपछि कृष्णले ती नागहरुलाई आश्रय दिन टौदह सृष्टी गरेका हुन् । त्यसका लागि भीमसेनले एक कोदालो खनेर टौदह बनाएको र त्यसको माटो नजिकैको डाँडामापरिणत भएको कथन त्यहाँ छ । भूगोलका शिक्षकसमेत रहनुभएका आचार्य टौदह अहिले केही मिटर पूर्वबाट बग्ने बागमतीले बनाएको एउट अक्स बो लेक ९गो खुर ताल० हुनसक्ने बताउनुहुन्छ । नदी बाङ्गो गरी बग्दै जाँदा कुनै स्थानमा गोलाकार बग्ने र पछि त्यो ठाउँ छोडेर सोझै बग्दा पहिले बगेको स्थानमा बाँकी रहेको पानीबाट बनेको ताललाई ‘अक्सबो लेक’ भनिन्छ । यस्तो ताल ‘रिचार्ज’ हुने एक मात्र आधार वर्षे पानी नै हो । त्यही कारण टौदहको क्षेत्रफल पनि सधैँभरी एक नाशको छैन । यसरी पानी घटबढ हुँदाको असर टौदहका माछालाई परिरहन्छ । पानी कम भएको बेला अक्सिजन नपुगेर कैयौँ माछा मरेका छन् । गत वर्षमात्रै टौदह संरक्षण समितिले तीन टन जति मरेका माछा टौदहबाट निकालेर पुरिएको थियो । माछा मार्न प्रतिबन्धित हुनु र बौद्धधर्माबलम्बीले माछाको भुरा अनगिन्ती सङ्ख्यामा ल्याएर छोडिरहँदा दहले नै थाप्न नसक्ने गरी माछा बढेका थिए । एउटै माछा नौ किलोसम्मको फेला परेका आचार्य बताउँनुहुन्छ । असिमित रुपमा भुरा छोडिने र टौदह घुम्न आउने आगन्तुकले माछाको आहाराको रुपमा भटमासको मस्यौरा खुवाउन थालेका कारण माछाको सङ्ख्या बढेको आधारमा समितिले अहिले भुरा छोड्न र मटमासको मस्यौरा बेच्न पनि बन्देज लगाएको छ । त्यति गर्दा मात्रै पनि दहको संरक्षण नहुने सरोकारवाला पर्यावरणविद् जैलव राईको भनाइ छ । टौदहलाई पुरानै तरिकाबाट रिचार्ज गर्ने अवस्था सिर्जना गर्न नसके पनि जैविकविविधता संरक्षण हुने गरी कदम चाल्नुपर्ने उहाँको सुझाव छ । कीर्तिपुर नगरपालिका(६ का अध्यक्ष पृथ्वीमानसिंह बस्नेत अघिल्ला वर्षमा जस्तो टौदहले ठूलो दुःख नदिएकाले यस वर्षको सुुख्खामा पानीको कमी नहुने उहाँ बताउनुहुन्छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP