Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #चितुवाको उद्धार
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
Search Here
समाचार
  • Home
  • समाचार
  • माओवादीलाई तर्साउने मुद्दा
माओवादीलाई तर्साउने मुद्दा
मंगलबार, फागुन २३, २०७९
prachanda-baburam-biplov
Hardik health
काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालको तीन वर्ष पहिलेको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा रिट दर्ता भएपछि जनयुद्ध लडेका सबै माओवादी घटक प्रतिवादमा उत्रिएका छन् । उनीहरूले रिटलाई शान्ति सम्झौता खल्बल्याउने र देशलाई फेरि द्वन्द्वको भड्खालोमा पु¥याउने आधारको रूपमा विश्लेषण गरेका छन् । संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगबाटै द्वन्द्वकालीन घटनाहरूको न्यायिक निरुपण हुनुपर्नेमा उनीहरूको जोड छ । ५ मंसिर २०६३ मा भएको विस्तृत शान्ति सम्झौताको मूल भावना पनि यही हो । तर, अधिवक्ता ज्ञानेन्द्र आरणले न्यायलयबाट द्वन्द्वकालीन घटनाहरूको न्यायिक निरुपण गराउन सर्वोच्चमा दायर गरेको रिट दर्ता भएपछि माओवादी घटकका नेताहरूले गम्भीर आपत्ति जनाएका हुन् । १० वर्षे जनयुद्धको क्रममा माओवादी आन्दोलनलाई वैचारिक ढंगले पनि मजबुत बनाउने श्रेय पाएका पूर्वप्रधानमन्त्रीसमेत रहेका डा. बाबुराम भट्टराईले चेतावनीपूर्ण भाषामा भनेका छन्– ‘माओवादीहरूसँग निहुँ नखोजियोस् ।’ यो अभिव्यक्तिलाई आधार मान्दा प्रधानमन्त्री दाहाललाई विपक्षी बनाएको रिटमा पक्षको माग दाबीअनुसार फैसला भए त्यसलाई नमान्ने र फेरि हतियार उठाउन तयार रहेको भन्ने चेतावनी भट्टराईले दिएका हुन् । उनी माओवादी पार्टीसँग अलग छन् । माओवादी विचारधारा पनि त्यागिसकेका छन् । लोकतन्त्रमा आधारित समाजवादको पक्षमा उनको जोड छ । उनै भट्टराईले न्यायालयबाट द्वन्द्वकालीन घटनाहरूको न्यायिक निरुपण गर्न खोज्नु माओवादीसँग निहुँ खोजेको रूपमा अथ्र्याएका हुन् । ‘संक्रमणकालीन न्यायको सिद्धान्तलाई टेकेर द्वन्द्वको क्रममा राज्य र माओवादी पक्षबाट भएका घटनाहरूको न्यायिक निरुपण गर्नुपर्छ । यो भन्दा अर्को विकल्प छैन,’ भट्टराईले भने । बारम्बार १७ हजार जनाको हत्या गरेको आरोप लागेपछि प्रधानमन्त्री दाहालले पाँच हजार जनाको मात्रै जिम्मा लिने अभिव्यक्ति तीन वर्षअघि दिएका थिए । दाहालको यही अभिव्यक्तिलाई आधार मानेर अधिवक्ता आरणले सर्वोच्च रिट दर्ता गराएका हुन् । आरण द्वन्द्वपीडित परिवारका सदस्य हुन् । रामेछाप घर भएका उनका बुबा टीकाराजको माओवादी पक्षबाट हत्या भएको थियो । आरणले माओवादीबाट हत्या भएका पाँच हजार जनामध्ये आफ्ना बुबा पनि परेको दाबी गरेका छन् । सोही कारण प्रधानमन्त्री दाहालविरुद्ध सर्वोच्चमा रिट दिएका हुन् । जनयुद्ध लडेका पूर्वमाओवादी नेता तथा हालका नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ त रिटलाई लिएर झन् आक्रोशित छन् । उनले देशको राजनीतिक व्यवस्थामा आमूल परिवर्तन गर्ने जनयुद्धका योद्धाहरूलाई जिस्काउने कोसिस नगर्न चेतावनी दिए । ‘गौरवमय जनयुद्ध लडेका हामीविरुद्ध देशी–विदेशी शक्तिहरूले घेराबन्दी गरिरहेका छन्,’ उनले सोमबार नै भनेका छन्, ‘यो हामी सहन सक्दैनौं । ऐतिहासिक जनयुद्धका योद्धाहरूलाई नजिस्काइयोस् ।’ २०६० सालको माओवादी हुन तयारी गर्नुपर्नेमा पनि उनको जोड छ । जतिबेला माओवादी रणनीतिक प्रत्याक्रमणको योजनाअनुसार माओवादीकै शब्दमा भन्दा ‘प्रतिक्रियावादी राज्यसत्ता’को ढाडमा टेकेर टाउँमा प्रहार गर्ने रणनीतिमा थियो । यसलाई माओवादीहरू एक सफल युद्ध रणनीति भएको ठान्छन् । सोहीअनुसार माओवादी घटकहरू अहिले पनि एक ठाउँमा आएर प्रतिक्रियावादी शक्तिहरूसँग लड्नुपर्ने बेला आएको विप्लवको ठहर छ । माओवादी महासचिव देवप्रसाद गुरुङ द्वन्द्वकालीन घटनाको न्यायिक निरुपण सत्य निरुपण तथा बेपत्ता छानबिन आयोगको अधिकारक्षेत्रभित्रका विषय भएको बताउँछन् । दुई आयोगको अधिकारक्षेत्र मिच्दै जनयुद्धको एक पक्ष माओवादीमाथि कारबाही अगाडि बढाउन निर्णय गर्न नमिल्ने प्रस्ट पारिसकेका छन् । उसो त विस्तृत शान्ति सम्झौताअनुसार द्वन्द्वकालीन घटनाहरूको न्यायिक निरुपण छ महिनाभित्र गर्नुपर्ने हो । १६ वर्ष बित्दा पनि जस्ताकोतस्तै छ । शान्ति प्रक्रिया तार्किक निष्कर्षमा पुगेको छैन । जबकि, शान्ति सम्झौताका हस्ताक्षरकर्तामध्येका एक जना प्रधानमन्त्री दाहाल हुन् । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि छन् । यति हुँदाहुँदै पनि शान्ति प्रक्रिया टुंगोमा पुगेको छैन । संसद्का प्रमुख दलहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि यसप्रति गम्भीर छैनन् । अर्कातिर, सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पनि जागिर खाने अड्डा मात्रै बनेको छ । युद्ध सकिएको डेढ दशकसम्ममा पनि बेपत्ता पारिएका व्यक्तिको स्थिति सार्वजनिक भएको छैन । जनयुद्धका क्रममा भएका गम्भीर प्रकृतिका मानव अधिकार उल्लंघनका घटनाका दोषी किटान गरिएको छैन । जसले गर्दा विश्व समुदायबाट द्वन्द्वकालीन घटनाका पीडितहरूलाई न्याय दिन नसकेको भन्दै सरकारको आलोचना हुँदै आएको छ । यहीबेला जनयुद्ध गर्ने दल माओवादीका तत्कालीन ‘सर्वोच्च कमाण्डर’ दाहालविरुद्ध सर्वोच्चमा फौजदारी मुद्दामा आवश्यक अनुसन्धान गरी कारबाही अघि बढाउन माग गरिएको रिट दर्ता भएको हो । रिटका कारण जनयुद्ध लडेका माओवादी घटकका नेताहरू झस्किएका छन् । किनभने, दाहालविरुद्धको यो रिटमा पक्षको मागदाबीअनुसार फैसला भए जनयुद्ध लडेका अन्य नेता कार्यकर्ताहरू पनि लहरै तानिने छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २३, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध
सीमानाकामा सवारीसाधन सञ्चालनमा निषेध सोमबार, फागुन ११, २०८२
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’
‘चुनावमा वाचा गर्छन्, जितेपछि बिर्सन्छन्’ सोमबार, फागुन ११, २०८२
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ
देश गफले होइन, कामले बन्छः अध्यक्ष साम्पाङ सोमबार, फागुन ११, २०८२
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान
प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई निर्वाचन प्रचारप्रसारमा संलग्न नहुन आह्वान सोमबार, फागुन ११, २०८२
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल
धादिङ बस दुर्घटनाको छानबिन गर्न कार्यदल सोमबार, फागुन ११, २०८२
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा
वैदेशिक श्रमिक सेवा वितरणमा एकीकृत प्रणाली आवश्यक:राष्ट्रिय जीवन बिमा सोमबार, फागुन ११, २०८२
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति
पर्सामा सर्वपक्षीय बैठकदद्धारा दोषीलाई कानुनी दायरामा ल्याउने सहमति सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP