Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • जर्मन मिडियामा नर्भिक अस्पताल स्तरीय उपचार सेवाको चर्चा
जर्मन मिडियामा नर्भिक अस्पताल स्तरीय उपचार सेवाको चर्चा
सोमबार, फागुन १५, २०७९
jerman climber
Hardik health
काठमाण्डौ-केही महिनाअघि नेपालका हिमालहरुको आरोहण गर्ने क्रममा अचेत भएकी एक जर्मन पर्वतारोही मार्टिना कुसले थापाथलीस्थित नर्भिक अस्पतालको उपचार सेवाको प्रशंसा गरेकी छिन् । नर्भिकको विश्वस्तरीय उपचार सेवाका कारण मृत्युको मुखबाट फिर्ता हुन सफल उनले स्वदेश फर्किएपछि त्यहाँको एउटा सञ्चारमाध्यममा आफ्नो अनुभव साट्दै नर्भिकको उपचार पद्धतिको मुक्तकण्ठले प्रशंसा गरेकी हुन् । सन् २०२२ नोभेम्बरमा मार्टिना कुस नेपालको तेश्रो पटकको भ्रमणमा आएकी थिइन् । यो पटकको उनको उद्देश्य थियो सगरमाथा आरोहणको । तर, ४००० मिटरको उचाईबाट अगाडि बढ्दै गर्दा उनलाई लेक लाग्यो । स्वास्थ्यमा अनपेक्षितका समस्या एकाएक देखिए । लुक्लाबाट अगाडि बढेको केही दिनपछि उनलाई गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । मार्टिनाका अनुसार उनलाई पल्मोनरी एम्बोलिज्मको समस्या देखिएको थियो । उनले यसअघि पनि नेपालमा हिमालहरुको आरोहण गरिसकेको थिइन् । यसपटक सजिलै हिमाल चढ्ने उच्च आत्मविश्वाससहित आएकी मार्टिनालाई स्वास्थ्यले साथ दिएन । उनलाई हिमाली क्षेत्रबाट हेलिकोप्टरमार्फत उद्धार गरी काठमाण्डौकै एउटा निजी अस्पतालमा उपचार गरिएको थियो । मार्टिनाले लेखेअनुसार त्यहाँ उनको स्वास्थ्य अवस्था झनै बिग्रियो । त्यसपछि चिकित्सक र टूर गाइडको सल्लाहअनुसार थापाथलीस्थित नर्भिक अस्पताल पुर्याइएको थियो । ‘काठमाण्डौको त्यो सानो अस्पतालमा उपचार गरियो, तर, म लगातार कमजोर हुँदै गएँ, मेरो स्वास्थ्य अवस्था झनै गम्भीर बन्दै गयो । मलाई थप र थप पूरक अक्सिजन चाहिने भइसकेको थियो । सीटी स्क्यानले पल्मोनरी एम्बोलिज्मको समस्या रहेको पत्ता लगायो। डाक्टरहरूले मेरो फोक्सोमा पानी र रगत भेट्टाए। एम्बोलिज्म हुँदा रगत जम्छ र यदि त्यो रक्तनलीमा अड्कियो भने मृत्यु हुन सक्छ। निमोनिया पनि भयो ।’ उनले स्मरण गर्दै भनेकी छिन्–‘त्यो सानो अस्पतालले मलाई थप उपचारको लागि काठमाडौंको ठूलो नर्भिक अस्पतालमा सा¥यो। केही दिनपछि औषधि आयो र ज्वरो कम भयो । खान र पिउन मुश्किलले सक्ने भएँ ।’ उनले नर्भिकको उपचार–पद्दति, चिकित्सक तथा नर्सहरुको आत्मीय व्यवहार ‘अविश्वसनीय’ रहेको भनेकी छिन् । ‘नर्भिकका डाक्टरहरुद्वारा गरिएको चिकित्सा उपचार अविश्वसनीय थियो र नर्सिङ स्टाफको सहानुभूति र हेरचाह महान थियो। मेरो हेरचाह गर्न, मलाई सान्त्वना दिन र मलाई अँगालो हाल्न एक नर्स लगभग चौबीसै घण्टा त्यहाँ तैनाथ हुन्थिन् ।’ उनले भनेकी छिन्–‘बिरामी भएर बेडमा लडिरहँदा निराश थिएँ । तर, नर्भिकका डाक्टर र नर्सको मीठो व्यवहारले मेरो दिमागमा सकारात्मक सोंचको विकास हुन थाल्यो । आफ्नै घरमा बसेर उपचार गरिरहेको जस्तो लाग्न थाल्यो । अर्को शब्दमा भन्दा नर्भिकका डाक्टर र नर्स मेरा लागि भगवान बने ।’ उनी नर्भिक अस्पतालमा ४५ दिनसम्म बसेकी थिइन् । सो अवधिमा पूर्ण रुपमा ठीक भएपछि उनी जर्मनीका लागि उडेकी थिइन् । उनलाई लिन नेपालमा उनका भाई आएका थिए । हाल घरमै थप स्वास्थ्य लाभ गरिरहेकी मार्टिनाले फेरि पनि आफूलाई नेपाल भ्रमणमा जाने उत्कट इच्छा रहेको समेत सो क्रममा बताएकी छिन् । ‘मसँग नेपाल र यात्राको सकारात्मक सम्झनाहरू छन्। म त्यहाँ चौथोपटक पक्कै जान्छु। मलाई अग्लो हिमाल चढ्नु पर्दैन ।’ उनले लेखेकी छिन्–‘नेपालमा हिमालयको बीचमा सजिलो पदयात्रा, सांस्कृतिक अनुभव वा विश्रामका लागि प्रभावशाली क्षेत्रहरू पनि छन्।’
प्रकाशित मिति: सोमबार, फागुन १५, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP