Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बर्ड फ्लु
  • #प्रतिनिधिसभा बैठक
  • #टेरामक्स प्रकरण
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राष्ट्रपति चुनावका आयोगले आज मतदाता नामावली प्रकाशन गर्दै
राष्ट्रपति चुनावका आयोगले आज मतदाता नामावली प्रकाशन गर्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन १०, २०७९
vote
RBB RBB
काठमाडाैं – राष्ट्रपति चुनावका लागि निर्वाचन आयोगले आज मतदाता नामावली प्रकाशन गर्दैछ । नयाँ बानेश्वरमा रहेको संसद भवन परिसरमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयले आज मतदाता नामावली प्रकाशन गर्नेछ । आयोगले संघीय संसद र प्रदेश सभा सचिवालयबाट कायम रहेका सदस्यको सूची मागेर मतदाता नामावली तयार पारेको निर्वाचन अधिकृत महेश शर्मा पौडेलले जानकारी दिए  । नामावली प्रकाशनपछि दाबी विरोध गर्ने तथा नाम सच्च्याउन दुई दिनको समय दिइनेछ । आउँदो २५ गते राष्ट्रपति चयनका लागि मतदान हुँदैछ । मतदानका लागि आउँदो १३ गते शनिबार मनोनयन दर्ता हुनेछ । राष्ट्रपतिको चुनावमा सङ्घीय संसद्को दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभा सदस्य तथा सात वटै प्रदेशका प्रदेश सभा सदस्य मतदाता हुने कानुनी व्यवस्था छ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभामा २ सय ७५ र राष्ट्रिय सभामा ५९ तथा प्रदेश सभामा ५ सय ५० मतदाता छन् । आयोगले २०६८ को जनगणनाकै मतभारका आधारमा राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव गर्ने निर्णय गरेको छ । सङ्घीय संसद्का सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुनेछ । उपराष्ट्रपतिका लागि चैत ३ गते चुनाव हुने तालिका छ । राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गर्न तीन दिनमात्रै बाँकी रहँदा शीर्ष नेताहरुको दौडधुप भने बढेको छ । संसद्को ठूलो दल नेपाली कांग्रेस, दोस्रो दल नेकपा एमालेसहित एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्न सक्ने गरी चर्चा र छलफल अगाडि बढेको छ । सत्ताको नेतृत्व गरिरहेको माओवादीले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ । कांग्रेस भने विगतको पाँच दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति आफूले लिन प्रयासरत छ । एमालेले राष्ट्रपतिका विषयमा आधिकारिक उम्मेदवार अघि सारेको छैन । गएको पुस १० गते एमाले र माओवादी केन्द्रका शीर्ष नेताबीच भएको भद्र सहमतिमा प्रधानमन्त्री माओवादी केन्द्रलाई र राष्ट्रपति एमालेलाई दिने समझदारी भएको एमाले नेताहरुको दाबी छ । एमालेलाई सभामुख पद दिइसकेका कारण शक्ति सन्तुलनका हिसाबले पनि अब राष्ट्रपतिमा एमालेबाहेकको शक्तिलाई महत्त्व दिनुपर्ने पक्षमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड देखिएका छन् । एमालेकै नेता राष्ट्रपति हुने अवस्था नदेखेपछि अध्यक्ष केपी शर्मा ओलीले विभिन्न विकल्पमा छलफललाई अगाडि बढाउनुभएको छ । उहाँले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर राष्ट्रपतिमा प्रस्ताव गरेका छन् । त्यस्तै लोसपाका अध्यक्ष महन्थ ठाकुरले पनि दाबेदारीसहित छलफल थालेका  छन् । भावी राष्ट्रपति कसलाई बनाउने भन्नेमा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्ड निर्णायक अवस्थामा छन् । यसैले, कांग्रेस, एमालेलगायतका दलले राष्ट्रपतिमा सहयोग गर्न प्रचण्डलाई आग्रह गर्दै आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीको दोस्रो कार्यकाल आउँदो २८ गते सकिँदैछ ।
प्रकाशित मिति: बुधबार, फागुन १०, २०७९  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप राजनीति
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
तरबुजा मेला सम्पन्न
तरबुजा मेला सम्पन्न शुक्रबार, जेठ २, २०८२
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड
प्राकृतिक जोखिम न्यूनीकरण गर्न तीनै तहको समन्वय आवश्यक रहेकामा सांसदको जोड शुक्रबार, जेठ २, २०८२
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित
समितिबाट संघीय निजामतीसम्बन्धी विधेयक पारित शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित शुक्रबार, जेठ २, २०८२
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री
जलवायु परिवर्तन संकटमा नेपालको भूमिका नरहेकाे : प्रधानमन्त्री शुक्रबार, जेठ २, २०८२
प्रतिनिधिसभा बैठक सुरु
प्रतिनिधिसभा बैठक सुरु शुक्रबार, जेठ २, २०८२
लोकप्रिय
  • Week
  • Month
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
भारत–पाकिस्तान तनाव : नेपालमा चिन्ता
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छ महिनाभित्र नयाँ रोजगारदाता छान्न पाउने
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP