Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #निष्क्रिय_इच्छामृत्यु
  • #मलुवा_पोखरी
Search Here
माैसम
  • Home
  • माैसम
  • यसपालि मध्य माघसम्म हिउँ न वर्षा
यसपालि मध्य माघसम्म हिउँ न वर्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १८, २०७९
mausam chiso
Hardik health
काठमाडाैं - “हावा मात्र चल्छ, हिउँ पर्दैन”, मुस्ताङको ठिनी गाउँका आशबहादुर थकालीले भन्नुभयो, “पोहोरपरार यतिबेलासम्म धेरैपटक हिमपात भइसक्थ्यो, यसपालि कुनै छाँटकाँट छैन ।” मध्यजाडो गुज्रिसक्दा पनि मुस्ताङमा हिउँ परेको छैन । गाउँबस्ती सुक्खा छन् । डाँडाकाँडा फुस्रा र नाङ्गा । हिमपात नहुँदा किसानलाई खेतीबालीको पिरलो छ । सिँचाइ नभएका ठाउँमा त अन्नपात माटोमै सुक्ने स्थिति छ । हिउँ नपरे उवा, जौँ, गहुँ, लसुन, आलुलगायत बाली नसप्रने थकालीले बताए  । हिउँमा खुल्ने मुस्ताङका पर्यटकीयस्थल पनि उजाड देखिन थालेको उनको भनाइ छ । घरपझोङ–२ मार्फाका स्याउ किसान दीपक लालचनले हिमपात नहुँदा फलफूल र अन्नबालीलाई चाहिने चिसोपना कम हुने उल्लेख गरे  । “चिस्यान पुगेन भने स्याउ उत्पादनमा पनि ह्रास आउन सक्छ”, उनले भने, “मार्फामा भने सिँचाइ सुविधा भएकाले आत्तिहाल्नुपर्ने छैन ।” जौँ खेती बढी हुने थासाङ गाउँका किसानलाई भने मौसमले चिन्ता थपिदिएको उनको भनाइ छ । थासाङमा सिँचाइको उचित प्रबन्ध छैन । हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ । लालचनले कडा जाडो हुनुपर्ने याममा न्यानो महसुस हुन थालेको बताए । “यो वर्ष पुस, माघमा पनि उति साह्रो जाडो भएन”, उनले सुनाए । चिसो छल्न बेँसी र सहर झरेका मुस्ताङी पनि हिउँ नपरेको सुन्दा अचम्मित छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका निमित्त प्रमुख प्रकाश बस्ताकोटीले मौसमअनुसार हिउँ र पानी नपर्दा बालीनालीको उब्जनी र गुणस्तर खस्कने बताए । “स्याउको फूल खेल्न र फल लाग्न जति चिसोपना चाहिने हो त्यो पुगेन भने उत्पादन घट्छ”, उनले भने । जौँ, गहुँ, उवा छरिसकेका र आलु लगाउने तयारीमा रहेका किसानले हिमपात पर्खिरहेको निमित्त प्रमुख बस्ताकोटीले बताउनुभयो । “माघ घर्किन लाग्दासम्म हिमपात नुहुन जलवायु परिवर्तनको असर पनि हुनसक्छ”, उहाँले भन्नुभयो, “यस्तो क्रम दोहोरिरहे हिमाली भेगमा नयाँ बालीले प्रवेश पाउने, रैथानेको उत्पादन घट्ने हुन्छ ।” पछिल्लो समय मुस्ताङको उपल्लो भेगमासमेत काँक्रा, गोलभेँडाजस्ता तरकारीजन्य बाली उब्जाउ हुन थालेको उनले सुनाए । मुस्ताङमात्र नभएर गण्डकी प्रदेशका कुनै पनि हिमाली जिल्ला र उच्च पहाडी भेगमा अहिलेसम्म हिमपात भएको छैन । छिटपुट वर्षासमेत हुनसकेको छैन । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले मुस्ताङ, मनाङ, म्याग्दी र बागलुङको उच्च क्षेत्रमा लगाइएको हिउँदे बालीमा बढी असर पुगेको बताए । “बेलामा पानी नपर्दा, हिमपात नहुँदा असिञ्चित ठाउँको खेतीमा त क्षति नै पुग्छ”, उनले भने। बाह्रैमास नहर र कुलो सिँचाइको सुविधा भएका ठाउँमा भने समस्या नहुने प्रमुख रेग्मीले बताए । हिउँदे वर्षा होला र खेती सप्रला भन्ने आशमा रहेका किसानलाई भने खडेरीबाट ठूलो मार पर्ने उनले उल्लेख गरे । खडेरीले पहाडी क्षेत्रमा गहुँ, तोरीसहित तरकारी र फलफूलजन्य बालीमा बढी असर पर्ने उहाँको भनाइ छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले गण्डकी प्रदेशमा तत्काल पानी पर्ने सम्भावना नरहेको बताए । आकाश धुम्म भए पनि अहिलेको मौसम प्रणालीले वर्षा नहुने उनको भनाइ छ । “गण्डकी प्रदेशसहित देशैभर सामान्यतया मौसम बदलीको अवस्था रहेको छ”, उहाँले भन्नुभयो, “यो बदली वर्षामा परिणत हुने सम्भावना भने छैन ।” हिमाली भेगका केही ठाउँमा हल्का हिमपात भने हुनसक्ने महाशाखाको अनुमान छ । “यसपालिको हिउँदमा अहिलेसम्म हिमपात र वर्षा हुनसकेको छैन, नयाँ मौसम प्रणाली आएर वर्षा र हिमपात गराउन पनि सक्छ तर त्यो यकिन छैन”, मौसमविद् अधिकारीले भने।  
प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  ०८:३६
प्रतिक्रिया दिनुहोस्
थप माैसम
आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमानः कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना मंगलबार, चैत ३, २०८२
आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना
आजको मौसम पूर्वानुमान : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना सोमबार, चैत २, २०८२
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै
पश्चिम क्षेत्रबाट वर्षा सुरु, वर्षा गराउने प्रणाली पूर्वतर्फ सर्दै आइतबार, चैत १, २०८२
वर्षासँगै घट्यो वायु प्रदूषण
वर्षासँगै घट्यो वायु प्रदूषण शुक्रबार, फागुन २९, २०८२
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना
मौसममा पश्चिमी प्रणालीको आंशिक प्रभाव, केही स्थानमा वर्षा र हिमपातको सम्भावना शुक्रबार, फागुन २९, २०८२
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान
पहाडी र हिमाली भागमा हल्का वर्षा र हिमपातको पूर्वानुमान बिहीबार, फागुन २८, २०८२
 आजको मौसम पूर्वानुमान
 आजको मौसम पूर्वानुमान बुधबार, फागुन २७, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
लायन्स क्लबबाट १११ जना महिलाहरुलाई विशेष सम्मान
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP