Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
समाचार
  • Home
  • समाचार
  • सामूहिक आलु खेती गर्दै कावासोतीका किसान
सामूहिक आलु खेती गर्दै कावासोतीका किसान
आइतबार, माघ ८, २०७९
Hardik health
नवलपरासी– पूर्वी नवलपरासीको कावासोती नगरपालिका–६ का किसानले समूह बनाएर नगदे बालीका रुपमा रहेको आलु खेती सुरु गरेका छन् । विगतका वर्षहरुमा निर्वाहमुखी आलु खेती गर्ने गरेका यस ठाउँका किसानले यस वर्ष करिब तीन बिघा जमिन भाडामा लिएर सामूहिक रुपमा आलु खेती गरेका हुन् । कावासोती नगरपालिकाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत गरेर रु पाँच लाखको लगानीमा आलु खेती गरिएको परिवर्तन कृषक समूहका अध्यक्ष मणिप्रसाद न्यौपानेले जानकारी दिनुभयो । ३५ जनाको समूह बनाएर आधुनिक पद्धतिबाट व्यावसायिक आलु खेती गरिएको न्यौपानेले बताए । विगत वर्षमा थोरै जमिनमा पुरानै तरिकाले आलु खेती गर्दा खासै प्रतिफल आउने नगरेको बताउँदै समूहकी कोषाध्यक्ष कुन्तिकला अधिकारीले यस पटक सामूहिक रुपमा कृषि प्राविधिकको सहयोगमा आधुनिक तरिकाले आलु खेती गरिएकाले राम्रो प्रतिफल पाउने विश्वास व्यक्त गरे । नगरपालिकाको अनुदानमा सामूहिक रुपमा खेती गरिएपछि कृषि प्राविधिकको सहयोग पनि राम्रो पाएको उनको भनाइ थियो । सामूहिक रुपमा उत्पादन गरिएको आलु स्थानीय बजारमै बिक्री गरिने समूहको तयारी छ । अहिले किसानले आलु गोडमेल गरिरहेको समय भए पनि स्थानीय व्यापारी आलु खरिदका लागि अग्रिम सम्पर्कमा आउने गरेका समूहका अध्यक्ष न्यौपानेले बताए । जिल्ला सदरमुकाम कावासोती बजारबाट करिब दुई÷तीन किलोमिटरको दूरीमा उत्पादन गरिएको आलुले सहजै बजार र राम्रो मुल्य पाउने उनले विश्वार रहेको बताए । केही वर्षपहिले केरा खेती गरेर आम्दानी गर्ने गरेका किसान पछिल्लो समय भने स्थानीय बजारमा आलुको माग बढ्दै गएको र स्थानिय तहले आलु खेतीमा अनुदान दिन सुरु गरेपछि सामूहिक रुपमा आलु खेतीतर्फ आकर्षित भएका हुन् । यस क्षेत्रको माटो आलुका लागि राम्रो र स्थानीय बजार कावासोती, डण्डा, दलदले र नारायणघाटबाट यस क्षेत्रको आलु माग बढेकाले पनि किसान आलुखेतीतर्फ आर्कषित भएका कृषि प्राविधिकको भनाइ छ । गत वर्ष जिल्लामा तीन हजार एक सय १५ हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । यस वर्ष थप ६० हेक्टर जमिनमा आलु खेती विस्तार भएको छ । गएको वर्ष जिल्लाभर ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।
प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १३:३७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP