Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बाथरोगबारे जान्नैपर्ने कुराहरू
बाथरोगबारे जान्नैपर्ने कुराहरू
आइतबार, पुस २४, २०७९
bath rog
Hardik health
प्रा. डा. बुद्धि पौड्याल वरिष्ठ बाथरोग विशेषज्ञ काठमाडौं– सामान्य भाषामा बाथरोग अर्थात आरथ्राईटिस भन्नाले शरीरका विभिन्न जोर्नी र जोर्नी वरपरका संरचनाहरु (हाड, मांसपेशी र यिनीहरुलाई परस्परमा जोडेर राख्ने नसाहरु) दुख्ने, सुन्निने, कक्रक्क हुने र अररो भई राम्ररी चलमल गर्न नसकिने अवस्था बुझिन्छ । नेपाली समाजमा जोर्नी र जीउ दुख्ने समस्याको प्रमुख कारणमा विभिन्न किसिमका बाथरोगहरु पर्दछन । चिकित्सा विज्ञानमा एक सयभन्दा बढी किसिमका बाथरोगहरुको बारेमा बर्णन भएको पाईए तापनि नेपाली समाजमा देखा परेका मुख्य बाथरोगहरुमा जोर्नी खिईएर हुने बाथ (ओस्टियो–आरथ्राईटिस), जोर्नीलाई क्षतविक्षत पार्ने आम बाथ (र्र्युमटोइड् आरथ्राईटिस), यूरिक एसिड बढेर हुने बाथ (गाउटी आरथ्राईटिस), काछको जोर्नी र ढाडमा असर पार्ने बाथ (स्पोंडिलो–आरथ्राईटिस), वाल्यावस्थामै सुरु हुने बाथ (जुभेनाईल आरथ्राईटिस र मुटुको बाथज्वरो), रगतको नसा सुजन हुने बाथ (भास्कुलाईटिस), विशेषगरि युवतीहरुमा बढी देखा पर्ने कडा किसिमको बाथ (लुपस), छाला बाक्लो हुने बाथ (स्क्लेरोडर्मा) र मांसपेशी एवं नसाहरु दुख्ने समस्या (र्र्युमटिज्म) प्रमुख छन् । बाथरोग हरेक उमेर, लिङ्ग र पेशाका मानिसहरुमा हुनसक्ने साझा रोग हो । सामान्यतया बाथरोग लामो समयसम्म रहिरहने दीर्घरोग भएता पनि रोगको किसिम र प्रकृति हेरी कुनै बाथरोग पूर्णतया निको हुने खालको हुन्छ भने धेरैजसोमा लामो समयसम्म (सम्भवत जीवनभरि नै) औषधी सेवन गर्नुपर्ने हुन सक्छ । विभिन्न अध्ययन अनुसार बाथरोगहरु अमेरिका लगायत विश्वभरी नै शारीरिक दुर्बलताको सबैभन्दा प्रमुख कारण भएको थाहा हुन आएको छ । नेपालमा बाथरोग सम्बन्धी यकिन आँकडा उपलब्ध नभए तापनि अरु देशको आँकडासंग तुलना गर्दा कुल जनसंख्याको १० प्रतिशत भन्दा धेरैलाई कुनै न कुनै किसिमको बाथरोग भएको अनुमान गरिएको छ । विभिन्न अध्ययनका अनुसार बाथरोग भएका दुई तिहाई भन्दा बढी बिरामीहरु ६० बर्षभन्दा कम उमेर समूहका र आर्थिक हिसाबले उत्पादनशील उमेर समुहका छन् । कतिपय बाथरोगले त बच्चा र वयस्कहरुलाई मात्रै असर गरेको पाईन्छ । यसबाट बाथरोगले व्यक्ति, परिवार, समाज र देशकै स्वास्थ्य स्थिति र अन्ततस् अर्थ व्यवस्थामा समेत कतिसम्म नराम्रो असर पुर्र्याउन सक्छ भनेर आंकलन गर्न सकिन्छ । कसरी चिन्ने बाथरोग? तल प्रस्तुतमध्ये केही अवधिदेखि एक वा सो भन्दा बढी समस्या देखा परेमा आफुलाई बाथरोग छ कि भनी शंका गर्नुपर्छ र बाथरोग विशेषज्ञ चिकित्सकसंग परामर्श लिनु उत्तम हुन्छ ः - जोर्नीहरू दुख्ने, सुन्निने, अररो हुने - बिहान र साँझपख (चिसोमा) चलमल गर्न गाह्रो हुने -ढाड, गर्दन र फिला दुख्ने - शरीरको बिभिन्न भागका मांसपेशीहरु दुख्ने - हातगोडाका औलाहरु कक्रक्क हुने, राति र बिहानपख सिरक तान्न गाह्रो हुने, झ्यालढोकाको चुकुल खोल्न गाह्रो हुने -चिसो पानी छुँदा हातका औलाहरूको रंग परिवर्तन हुने (क्रमशः सेतो, नीलो र रातो हुने) -हातगोडा लगायत शरीरको छाला बाक्लो हुने - अनुहार र शरीरका विभिन्न भागको छालामा विभिन्न किसिमका दागहरु देखिने, इत्यादि । बाथरोगको असर जोर्नी र मांसपेशीमा मात्रै सीमित नरहिकन शरीरका हरेक अङ्गहरुमा पर्न सक्ने भएकोले बाथरोगका बिरामीहरु अरु नै बिभिन्न किसिमका समस्या लिएर चिकित्सककहाँ पुग्न सक्छन । उदाहरणको लागि आँखा दुख्ने, आँखा रातो हुने, घाममा हेर्न गाह्रो हुने, मुख र गुप्ताङ्गमा घाउहरु आउने, दम बढ्ने, छाती दुख्ने, खोकी लाग्ने, मुटु हल्लिने, पेट दुख्ने, दिसामा रगत जाने, हातगोडाहरू झमझम गर्ने, निदाउने, लुलो हुने इत्यादि । बाथरोगसँग सम्बन्धित भ्रम र वास्तविकता १. भ्रमः बाथरोग बुढ्यौलीसंगै आउने रोग हो । वास्तविकताः बाथरोगले हरेक उमेर समूह (बालबालिका, वयस्क, बृद्धावस्था) का व्यक्तिहरुलाई असर गर्न सक्छ । रोग छिप्पिदैं जाँदा शरीरमा नकारात्मक असर पनि बढ्दै जाने भएकोले बालबालिका तथा वयस्क अवस्थामा देखा परेको बाथरोगले कालान्तरमा जोर्नीमा अझ धेरै असर पार्न सक्छ । २. भ्रमः बाथरोग जोर्नीको मात्रै रोग हो । वास्तविकताः बाथरोगले जोर्नीमा मात्रै सीमित नरहिकन शरीरका बिभिन्न अङ्गहरुमा असर पार्न सक्दछ । बाथरोगको प्रकार, प्रकृति र सिकिस्तपनअनुसार शरीरका विभिन्न महत्वपुर्ण अङ्गहरुमा जटिल असर पार्नेदेखि लिएर समयमा उचित उपचार नभएमा बिरामीको आयुसमेत घटाईदिन सक्छ । ३. भ्रमः रगतमा यूरिक एसिड बढ्नाले बाथरोग हुन्छ । वास्तविकताःहाम्रो समाजमा जुनसुकै उमेर, लिङ्ग वा वर्गको मानिसमा जोर्नी, मांसपेशी वा हातगोडा दुखेमा, सुन्निएमा वा झमझम गरेमा यूरिक एसिड बढेर यस्तो भएको मानिन्छ, जुन धेरै हदसम्म सत्य होईन । यूरिक एसिड बढी भएर हुने बाथ (गाउट) प्रायजसो वयस्क र बढ्दो उमेरका पुरुषहरुलाई हुन्छ । धेरै प्रकारका बाथरोगहरु मध्ये युरिक एसिडको बाथ एक हो । अरु किसिमका बाथरोगहरु यूरिक एसिडसँग सम्बन्धित हुँदैनन्, अरु नै कारणले हुन्छन । ४. भ्रमः दुखाई कम गर्ने औषधी (पेनकिलर) सेवन गरेर बाथरोगको उपचार गर्न सकिन्छ । वास्तविकताः रोगको प्रकृति र सिकिस्तपन हेरी बाथरोगको उपचारमा आवश्यकतानुसार पेनकिलर औषधीको प्रयोग गरिन्छ । तर यसको प्रयोगले मात्रै बाथरोगको उपचार हुन सक्दैन । बाथरोगको मुख्य औषधी सेवन नगरी खाली पेनकिलर मात्रै सेवन गर्दा औषधीको कुप्रभाव स्वरूप पेट, मृगौला, मुटु लगायतका अङ्गमा असर गरि ज्यानै जोखिममा पर्न सक्छ । चिकित्सकसँगको परामर्श बेगर आफूखुसी लामो समयसम्म पेनकिलर औषधी सेवन गर्दा यस्तो समस्या हुनसक्छ । ५. भ्रमः बाथरोगमा प्रयोग हुने औषधीले मृगौलामा असर गरि मृगौलाको कार्य–विफलता (किड्नी फेल) गराउँछ । वास्तविकतास् चिकित्सकको नियमित परामर्शमा रही औषधी सेवन गर्दा बाथरोग बिरुद्दका औषधीहरुले मृगौला लगायत अरु अङ्गहरुमा असर पार्ने सम्भावना एकदमै कम हुन्छ । यसको लागि डाक्टरको निकट निगरानीमा रही बेलाबेलामा रगत परीक्षण गर्नुपर्ने हुन्छ । बरु जथाभावी आफूखुसी औषधी सेवन गर्दा किड्नी फेल भएको उदाहरण धेरै पाउन सकिन्छ । ६.भ्रमःखानेकुरा बारेर बाथरोग निको पार्न सकिन्छ वास्तविकताः बाथरोगबाट ग्रसित बिरामीहरुको अनुभवअनुसार भिन्नभिन्न किसिमको खानेकुराले बाथरोग र दुखाई बढाएको भन्ने कथन पाईन्छ । त्यसैले कुन खानेकुराले आफुलाई अप्ठ्यारो पारेको अनुभव छ, त्यसलाई परहेज गर्नु राम्रो हुन्छ । हरेक बाथरोगीको अनुभव फरक फरक हुने हुँदा उस्तै खानेकुराले सबैलाई समस्या बढाउँछ भन्नु उचित हुँदैन । सामान्यतया धुमपान र मद्धपानको सेवनले समस्या बढ्न सक्छ । धेरै मात्रामा रातो मासु, चिल्लो, बोसोयुक्त खानेकुरा सेवन गर्नु हुँदैन । अरु सामान्य व्यक्तिले जस्तै बाथरोगका बिरामीहरुले पनि सन्तुलित मात्रामा पोषणयुक्त खानेकुरालगायत प्रशस्त फलफूल, हरिया सागसब्जी सेवन गर्नु राम्रो मानिन्छ । ७. भ्रमः बाथरोगलाई स्याल तथा चिप्ले कीराको मासु खाएर वा स्यालको मासुबाट बनाएको रक्सी सेवन गरि निको पार्न सकिन्छ । बिजुलीको तेलले सेक्दा बाथरोग निको हुन्छ । वास्तविकताःनेपाली समाजमा यस्ताखाले विभिन्न खालका भ्रामक चलनहरु बिद्यमान छन् । यी कुनैमा पनि वैज्ञानिक आधार नभएको हुनाले यस्ता कुराको पछी नलागि बाथरोगको शंकास्पद व्याक्तिले सकभर छिटो उचित ठाउँमा गई चिकित्सकको परामर्श लिएर औषधीउपचार गराई हाल्नुपर्छ । प्रभावित जोर्नीमा विभिन्न तेल लगाएर मालिश गर्दा क्षणिक राहत पाउन सकिन्छ, तर बाथरोग निको हुँदैन । ८. भ्रमः प्राकृतिक चिकित्सा, एक्युपंचर, एक्युप्रेसर आदिले बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ । वास्तविकताः प्राकृतिक चिकित्सा लगायतका वैकल्पिक उपचार पद्धतिले जोर्नीको दुखाईबाट क्षणिक राहत दिएपनि बाथरोग बढ्न नदिन र सम्भाव्य जटिलता हुनबाट जोगाउन खासै सहयोग पुर्र्याएको पाईएको छैन । ९. भ्रमः आयुर्वेदिक पद्धति तथा बिभिन्न जडिबुटीको प्रयोग गरेर बाथरोगलाई नियन्त्रण गर्न सकिन्छ । वास्तविकताः आयुर्वेदिक पद्धतिद्वारा पनि बाथरोगको औषधीउपचार गर्ने पुरानै प्रचलन भए तापनि हिजोआज धेरै ठाउँमा आयुर्वेदिक औषधीको नाम दिएर बिभिन्न पेनकिलर र स्टेरोइड औषधीको बेनामी धुलो औषधी सेवन गराएको पाईएको छ । यस्तो औषधीले ज्यानै जोखिममा पर्न सक्ने भएकोले कसैले पनि कहिल्यै पनि बेवारिसे र बेनामी औषधी सेवन गर्ने गराउने गर्नु हुँदैन । १०. भ्रमः बाथरोगको उपचार गर्दा जोर्नीको पानी झिक्नु वा जोर्नीमा सुई लगाउनु हुँदैन । वास्तविकता: बाथरोगको परीक्षण र उपचारको क्रममा आवश्यकतानुसार जाँच–पड्ताल एवं उपचारको लागि जोर्नीको पानी झिक्नुपर्ने वा जोर्नीमा विशेष किसिमको औषधीको सुई लगाउनुपर्ने हुन सक्छ । विशेषगरि एक–दुईवटा जोर्नीहरू दुखेको–सुन्निएको अवस्थामा दक्ष चिकित्सकबाट यस्तो सुई लगाउन सकिन्छ । यसले जोर्नीको दुखाई घटाएर पेनकिलर औषधीको सेवन कम गर्नसमेत मद्धत पुर्र्याउँछ । लेखक पाटन अस्पताल, लगनखेल र आरोग्य स्वास्थ्य सदन (नेपाल बाथरोग उपचार केन्द्र), जावलाखेलसँग आवद्ध छन् ।
प्रकाशित मिति: आइतबार, पुस २४, २०७९  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP